सत्ताइस, ध्यान मन – बेलपत्र ठीक पार्दै हुनुहुन्छ आमा ? – हो गौरी । आज मेरो सोमबार । भरेलाई चाहिन्छ । बेलुकातिर अलिकति फूल चाहिँ खोजिदेऊ है । अहिले आऊ बस । – हुन्छ । – लौ गौरी ! तिम्रो भाग्यमा पनि दुःख नै लेखेको रहेछ । यत्तिको उमेरमा यहाँ आएर यस्ता थोत्रा बूढाबूढीको सेवा गर्न लाग्यौ । आफ्ना छोरीहरूलाई बिबाह गरेर पठाइहालियो । बुहारीहरू भिœयाउनै पाइएन । जेठो कहाँ छ कहाँ ! कान्छाको त्यस्तो भइहाल्यो । तर बाँचेको भए पनि त्यसको बिबाह चाहिँ हुने थिएन नै होला । तिमी जस्तै बस्थ्यो होेला बिबाह नै नगरि । – किन र आमा ? – कुरा नगर नानी ! मरेकाको के कुरा गर्नु ! दुबै जनाको मृत्यु भइसक्यो गौरी । राम पनि गइगयो । उसले रोजेकी केटीको पनि हत्या भयो । – मेरो भन्दा बढी दुःख त तपाईंलाई रहेछ आमा । मलाई के दुःख । अनि को थिइन् रामले रोज्नु भएको ? किन हत्या भयो त उनको ? उनी पनि क्रान्तिकारी नै थिइन् कि क्या हो ? – होइन नानी, होइन । किन क्रान्ति गर्थिन् नि बिचरा । कसका विरुद्ध क्रान्ति गर्नु प¥यो र । के को कमी थियो र उनलाई ? – अनि किन मारियो त विनासित्ति ? – के गर्नु नानी, विनासित्ति नै मा¥यो त्यो मोरा...
Collection of English articles, Nepali essays, Nepali stories and other writings