सत्ताइस, ध्यान मन
– बेलपत्र ठीक पार्दै हुनुहुन्छ आमा ?
– हो गौरी । आज मेरो सोमबार । भरेलाई चाहिन्छ । बेलुकातिर अलिकति फूल चाहिँ खोजिदेऊ है । अहिले आऊ बस ।
– हुन्छ ।
– लौ गौरी ! तिम्रो भाग्यमा पनि दुःख नै लेखेको रहेछ । यत्तिको उमेरमा यहाँ आएर यस्ता थोत्रा बूढाबूढीको सेवा गर्न लाग्यौ । आफ्ना छोरीहरूलाई बिबाह गरेर पठाइहालियो । बुहारीहरू भिœयाउनै पाइएन । जेठो कहाँ छ कहाँ ! कान्छाको त्यस्तो भइहाल्यो । तर बाँचेको भए पनि त्यसको बिबाह चाहिँ हुने थिएन नै होला । तिमी जस्तै बस्थ्यो होेला बिबाह नै नगरि ।
– किन र आमा ?
– कुरा नगर नानी ! मरेकाको के कुरा गर्नु ! दुबै जनाको मृत्यु भइसक्यो गौरी । राम पनि गइगयो । उसले रोजेकी केटीको पनि हत्या भयो ।
– मेरो भन्दा बढी दुःख त तपाईंलाई रहेछ आमा । मलाई के दुःख । अनि को थिइन् रामले रोज्नु भएको ? किन हत्या भयो त उनको ? उनी पनि क्रान्तिकारी नै थिइन् कि क्या हो ?
– होइन नानी, होइन । किन क्रान्ति गर्थिन् नि बिचरा । कसका विरुद्ध क्रान्ति गर्नु प¥यो र । के को कमी थियो र उनलाई ?
– अनि किन मारियो त विनासित्ति ?
– के गर्नु नानी, विनासित्ति नै मा¥यो त्यो मोराले । सम्झिदा पनि माया लागेर आउँछ । भरखर जुँगा पलाउन लागेको भाइ, त्यति राम्री बहिनी । आफूले भनेको ठाउँमा बिबाह गर्न पाइँन भन्दैमा सबै परिवारलाई मार्न पाइन्छ, तिमी नै भन त ? बिचरा ती भाइ बहिनाको के दोष ।
– कस्को कुरा गर्दै हुनुहुन्छ आमाले ?
– भन्न पनि अप्ठ्यारो नानी, के गर्नु र खै ? राजकुमारी श्रुतीको कुरा गरेकी । मेरो राम पनि केटाकेटी जस्तो थियो क्या गौरी ठूलै हुउन्जेलसम्म । श्रुतीलाई बिहे गर्छु भन्थ्यो । बहुलाहा मोरो ! मैले उनको बारेमा कुरै नगर भन्दा पनि ः हेर्नु आमा, एक दिन श्रुती तपाईंकै अगाडि आएर उभिनेछिन्, बुहारी भन्नु वा नभन्नु चाहिँ तपाईंकै हातमा छ भन्थ्यो । कहिले काहिँ तिमी आएर मेरो अगाडि उभिँदा उसका त्यही कुरा सम्झिन्छु अनि रुन मन लाग्छ । रुन्न भन्यो आइहाल्छ । तिम्रा पनि आँखा त रसाए जस्ता छन् त गौरी ?
– भाइलाई सम्झिएँछु आमा । त्यसै बहकिएँछु म पनि ।
– तिम्रो पनि भाइ छ र गौरी ?
– होइन आमा, तपाईंले भन्नु भयो नि, ती भाइबहिनाको के दोष भनेर । उसैलाई सम्झिन पुगेंछु । म त समचारहरू भन्दा अलिक टाढा थिएँ ती वर्षहरूमा । ध्यानतिर लागिरथें । पछि तिनै अस्ति यहाँ आउने आनीहरूले सुनाएका हुन् अलि अलि । यतातिर चाहिँ कस्तो हल्ला थियो त आमा ?
– के हुनु नि नानी, त्यही दाइ चाहिँले भ्याट्याट्याट्या गोली हानेर मा¥यो अरे आफ्ना जति सबैलाई । डिनर हो कि के थियो अरे त्यस दिन । सबैजना खाना खान लागिरथे अरे । अस्ति कहिले पो हो मान्छेहरू कुरा गर्दै थिए गाउँतिर ःश्रुतीलाई हेर्न केटा पनि बोलाएको थियो अरे त्यस दिन । धन्न ऊ चाहिँ मरेनछ । बिचरा ऊ पनि अहिले त विदेशतिरै बस्छ अरे । नेपाल नै आउँदेन अरे । हुन त के आउनु पनि, आउने बित्तिकै त्यही दिन सम्झिन मन लाग्दो हो । उसको पनि उस्तै बिजोक । मर्नेहरू मरिहाले, त्यसै नराम्रो । मेरो राम पनि धेरै निराश थियो अरे त्यो हत्याकाण्ड सुनेपछि । ल्याउन नपाएपनि श्रुतीलाई माया चाहिँ गर्दो नै रहेछ है गौरी ?
– होला आमा । तर त्यसरी नै मा¥यो होला त उसले आफ्ना बुबाज्यू मुमाज्यूहरूलाई ?
– खै नानी, छानविन समितीले त्यस्तै भन्यो । अब हो नै भन्नु प¥यो नि । त्यस्तै इतिहास बनिहाल्यो अब । भित्रैदेखि त मलाई पनि होइन जस्तो लाग्छ । गाउँलेहरूले पनि पत्याएका छैनन् । फेरि होइन भन्न पनि कसको आँट छ र ?
– तर आफैंले चाहिँ कसरी मा¥यो होला त । माया त गर्थे नै होला उसलाई पनि ।
– यो माया साया पनि दुःखको पोको नै रहेछ गौरी । हेर न, मलाई कतिको माया छ अहिले । बेकारको माया । मायाले नै घरभरि मान्छे भरिए कुनैदिन । अहिले कोही छैन । नहँुदा पनि लाग्ने, हुँदा पनि लाग्ने । बाउ–आमा मार्ने माया, भाइबहिनी मार्ने माया भन्दा बरु तिमीले नै बेलैमा जानिछौं । बिबाह गर्दिन भन्छ्यौ । ठिक्क पा¥यौ । कसैलाई माया पनि गर्नु परेन । आफंैलाई माया ग¥यो,भइहाल्यो । बरु अब चिया पकाउँ र खाउँ अनि आफ्नै शरीरलाई नै माया गरौं । मर्नेहरू मरिहाले ।
ठूलो र कालो कित्लीमा गनेर अठार गिलास पानी हालिन् तीनधारेको । अगेनामा बिहानको भुङ्ग्रो सकिएको थिएन । भारबाट सुकेका दाउराका छेस्का उप्काइन् एकमुठ्ठी र उस्तै कालो ढुङ्ग्रीले बालिन् आगो । चिया तयार भयो । स्टीलका गिलासमा भाग लगाएर पु¥याइन् सबै वृद्ध–वृद्धाहरूलाई । फर्केर गफ गर्न भने कृष्णकै आमासँग आइन् ।
– ल आमा, आफैंलाई माया गर्नुस् र यो चिया खानुस् । मलाई पनि अघि तपाईंले भने जस्तै माया बन्धन नै हो र यसले कहिल्यै पनि छोड्दैन जस्तो लाग्छ । यसको लहरो जन्म पूर्वदेखि मृत्युपश्चात् पनि चलिरहन्छ । तर यस लहरोलाई चिन्न समात्न चाहिँ सक्नु पर्छ । अब त्यही चिन्नुस्, बस्नुस् । के गर्नु छ र अब ।
– अठाह्रै ओटा गिलास जम्मा पारिन् र धारातिर लागिन् । धारो ठूलो थियो र एकै छिनमा पखालि सकिन् । तरकारीका लागि साग रोपिएको थियो करेसा बारीभरि र त्यतैतिर लागिन् सानो हाते कुटो बोकेर ।
उनी सोमवारका लागि फूल लिई फर्किएर आउँदा कृष्णकी आमा लगायतका अरू वृद्धाहरू चामल केलाउँदै थिए बिहानका लागि । भान्सामा गइन् । अहिलेको भात पाकिसकेको थियो । सन्ध्या कालमा कतिजनाहरू माला जप्दैथिए । कति त्यसै बसिरहेका थिए । अगाडि मन्दिरतिर निस्कँदै थिएकति तुलसीको माला लगाएर । माला गाँस्न थालिन् श्रुती ।
– पर्दैन, गौरी पर्दैन । माला गाँस्नु पर्दैन । फूल मात्र भए हुन्छ ।
– होइन आमा, एकैछिनमा सकिहालिन्छ नि । शिवजीले माला लाउँदिन भन्दैनन् क्यारे । झन् रमाएर लाउँछन् । त्यसमाथि गौरीले उनेको यति शुद्ध र पवित्र फूलको ।
– शुद्ध त के होला र गौरी । माहुरी र भँवराको जुठो परेकै होला ।
– त्यसो त तपाईंले चढाउने दूध र दहीमा पनि त बाछाको जुठो परेको छ नि । पानीमा पनि माछाको जुठो परेको होला, त्यो पनि नचढाउने त ?
– ल ! ल ! उन न त उन । चढाउँला माला नै । तर मालै चढाउनु पर्छ भन्ने छैन क्या गौरी । यी सबै भगावान्हरू हामी भित्रै छन् । शिव पनि हामी भित्रै छन्, शक्ति पनि हामी भित्रै छन् । तर मेरो चाहिँ शक्ति अलिक कमजोर हुँदै गयो अब । बूढाबूढी भइयो । चबिँदैन, रुच्दैन, पच्दैन । यति नगरे शक्तिलाई होम गर्न गाह्रो हुन्छ । के गर्नु, जठराग्नी पनि राम्ररी बल्दैन क्यारे बूढेसकालमा । मेरी द्रौपदी त कमजोर हुँदैछे है, गौरी । ऊ नै पहिले मरिरथी उकालो हिड्न नसकेर । हाम्रो शरीर पनि त्यस्तै रहेछ ।
– हो आमा, हो । त्यसपछि पनि उस्तै त हो नि ! सबै शक्ति सकिएपछि लगिहाल्छन् र डढाइहाल्छन् । उनै श्रुतीलाई जस्तै, उही रामलाई जस्तै । आगोले सहदेव भन्दैन । द्रौपदी पछि मर्ने उही हो क्यार, होइन आमा ?
– होला गौरी ! सबै त मलाई थाहा छैन । आफ्नै राम त म¥यो । जो सुकै मरुन् । अगाडि मरुन् कि पछाडि मरुन् । म त हिँडे एकछिन् । बरु तिमी पनि हिँड बत्ति बाल्न ।
दुबैजना निस्किए बाहिर मन्दिरतिर । बत्ति बल्दै थिए अरूले नै बालेका । कृष्णकी आमाले अरू बत्ति बालिन् दुबै मन्दिरमा र लागिन् भित्री कोठामा जहाँ शिव पार्वतीका फोटाहरू टाँसेका थिए । चिन्तन गरिन् एकछिन् । बाहिर आउन लाग्दा देखिन् श्रुतीलाई । पलेंटी कसेर बसेकी रहिछिन् उहींनेर, हातमाथि हात राखेर । बोलिन् ।
– तपाईंको ब्रतको दिन एकछिन् भए पनि गफ गरौं न उनै शिवजीको ।
– मैले के भन्नु र गौरी । अघि नै भनिसकें नि, शिवजी हामी भित्र नै छन् भनेर । मैले मान्ने त त्यही हो । बाहिरका शिवजी खोज्दै कहाँ हिँडौं म । म त के मान्छु भने यी शिवजीको शरीरमा भएको खरानी बराबर छ यो बाहिरी संसार । माया, प्रेम, छोरा, छोरी, श्रीमान्, श्रीमती सबै खरानी बराबर छन् । हाम्रा वरिपरिका सबै कुरा यस्तै हुन् ।
यिनका तीनओटा शूलका त्रिशूल भनेका हाम्रा तीनओटा आँखा हुन् । हेर त, यो चित्रका त्रिशूलमा पनि बीचको शूल अरू भन्दा ठूलो र तीखो देखिन्छ । म के मान्दछु भने हाम्रा पनि तीनै ओटा आँखा छन् । यी दुईओटा आँखाका बीचमा अर्को पनि छ, यो ठूलो शूल भएको ठाउँमा जहाँ तिमी हामी टीका लगाउछौं चन्दनको । होइन भने यहीं लगाउनु पर्छ भन्ने के थियो र । हो, यही आँखाले चाहिँ अरू दुई आँखा भन्दा सही कुरा देख्छ किनकि यो अँध्यारोमा हुन्छ, जङ्गलभित्र हुन्छ र गुफाभित्र हुन्छ । ऋषिहरू मात्रै पुग्ने ठाउँमा हुन्छ यो । रुद्रको तेस्रो अक्ष यही हो र यो तिमी हामीसँग पनि छ । यो रुद्राक्ष तिमीमा पनि छ गौरी र म मा पनि ।
सँगैकी पार्वती भनेकी शक्ति भइहालिन् जो विना हामी सास फेर्न पनि सक्दैनौं । यिनका छोराहरू हाम्रो जस्तो बिबाह गरेर जन्मिएका पनि होइनन् । सुन्दैछ्यौ त ?
संसार भरिको विना सुर र तालको बाजा भनेको शायद डमरु नै होला गौरी । यसको सधैं भरि र जसले बजाए पनि एउटै ताल हुन्छ । छाला भित्रबाट आउने आवाज हुन्छ यसको एकै सुरको । छातिमा हात राखेर एकछिन् सुन्ने प्रयास गर गौरी तिम्रो आफ्नै डमरुको । रीस गर्दा त्यो सूर दीर्घ र व्यञ्जन हुन्छ अनि ध्यान गर्दा ह्रश्व र स्वर । तिमीले त अनुभव गरेकी नै हौली ।
अब अरू त के भनौं । बरु तिमी नै भन न । तिमी नै ध्यान गर्थें पहिले गुरुहरूसँग भन्थ्यौ । अँ, अनि अर्को कुरो, शिवजीको मालाको । माला भन्ने बित्तिकै तिमीलाई थाहा नै छ, जब चुडिन्छ तब त्यो माला हुँदैन । माला हुनलाई दुई छेउहरू जोडिनै पर्छ र यो घुमेको हुन्छ । घाँटीबाट तल झरेको हाम्रो सास, यहाँसम्म पुगेर जहाँसम्मको हामी माला लगाउँछौं, त्यहाँबाट फर्किएर फेरि पहिले कै ठाउँमा आइपुग्छ र जोडिन्छ । यो नै हाम्रो शरीरको माला हो । जो शिवजीले घाँटीमा लगाएका छन् । यो हाम्रो शरीरमा निरन्तर घुमिरहन्छ जबसम्म हाम्रो शरीरमा पार्वती छिन् र शक्ति छ । जब यो माला टुट्यो, तब हामी गयौं ।
अब कुरो रह्यो, सर्पकै किन लगाए त भन्ने कुरा । हाम्रो पछाडिको मेरुदण्ड कहिले याद गरेकी छ्यौ तिमीले, कहिले छामेकी छ्यौ ? यो सर्प जस्तै हुन्छ । र यसभित्र पनि, गुरुहरूले भने अनुुसार साना साना तीनओटा नशा हुन्छन् रे । इडा पिङ्गला र अर्को चाहिँ .... अर्को चाहिँ मैले बिर्सिएँ अहिले । सम्झेको बेला भनौंला । यी एकदमै साना हुन्छन् अरे । बर्बरेकले लुकाएका तीनओटा बाण भन्दा पनि साना । यी तीनओटा नशाहरू पनि हाम्रो ढाडको हड्डी भित्र सर्पजस्तै बाङ्गिएर घाँटीदेखि यहाँसम्म पुगेका छन् रे । एकआपसमा बटारिएर र फन्को मार्दै । यिनलाई सर्पिणी पनि भनिन्छ अरे । हो, हाम्रो शिवले पनि यिनैको माला लगाएका हुन् । म त कहिले काहिँ यसो हेर्दा हेर्दै आफूलाई नै शिवजी देख्छु । त्यही भएर त मैले यो आश्रम पनि उहाँ नै ढल्किएको जस्तो आकारमा बनाउन लगाएकी छु । अस्ति सगुन बाबु पनि भन्दैथिए ।
हेर त, अहिले हामी बसेको कोठा टाउकोनेर छ । हाम्रो भान्सा कोठा उहाँकै मुखनेर छ । यो परको ढोका घाँटी हो । हामी बस्ने सुत्ने उहाँको ठूलो भुँडि भएको ठाउँमा छ र बाहिर जाने दुइओटा ढोका भन्दा अगाडिको बाटो उहाँका खुट्टा भएका ठाउँमा छन् । यी नै चरणमा शीर निहु¥याउन नै मैले दुबै ढोका नेर मन्दिर बनाउन लगाएकी हुँ । सुन्दैछ्यौ त ?
तिमी पनि भाग्यमानी छ्यौ गौरी । भाग्यमानी यो अर्थमा कि तिमी अहिले जुन गाउँमा बस्दैछ्यौ त्यो गाउँ नै शिवजीको शरीर जस्तो छ । नपत्याए भोलि बिहान सानो डाँडामा गएर विचार गर्नू ।
गाउँको शिरानमा शिवालय छ । शिवजीको टाउको जस्तै गोलो परेको । त्यसैको बराबर तेर्सोमा कालो जङ्गलको बीच तीनधारे गङ्गा बहेकी छिन् शरीररूपि गाउँमा । तीन धारे देख्दा लाग्छ हाम्रा शरीरका अघि भनेका तीनओटा नशाहरू यिनै हुन् जो टुप्पीदेखि शुरू भई यहाँसम्म आइपुग्छन् । गाउँको देब्रे हात खोलापारी डाँडादेखि शुरू भएर धाइपासम्म पुग्छ । गजबको कुरा के हो भने धाइपामा पाँच औंले औषधि पनि पाइन्थ्यो रे पहिले । त्यसैगरि दाहिने हात पर कामी गाउँसम्म पुगेको छ । त्यहाँका मानिसहरू कहिले खाली हात बस्दैनन् । अब हात नै त्यहीं छ त के गरुन् । सुन्दैछ्यौ त ?
यो अहिले हामी बसेको आश्रम ठ्याक्कै मुटुमा पर्छ । क्षार समुद्रले वेष्ठित हाम्रो मुटुमा, नुनीलो रगतको एकतृत हुने समुद्रको बीचमा । धड्कनको शुरूवातको बीचमा । त्यसैले पनि यो बारी चाहिँ नबेचेको । अलिक तल रमिते डाँडाको सीधा बराबर काली खोल्सो छ । खोल्सो चाहिँ कालो छ तर पानी चाहिँ सङ्लै छ । सुरुङ्ग पनि छ सानो सानो । यो चाहिँ उहाँको यौनाङ्ग भएकै ठाउँमा पर्छ । त्यहाँ देखि तल एकातिर चौतारे खेत र अर्कोतिर सल्लाघारी छ तलसम्म । यी गाउँका खुट्टा हुन् तिनीहरू । यी खुट्टाको फेदमा दोभाने घाट छ जहाँ यो गाउँ भरिका मान्छेहरू जलाइन्छन् । हेर त ! कति राम्रो छ हाम्रो गाउँ । शिवालयबाट शुरू भएको गाउँ घाटमा गएर सकिन्छ ।
हाम्रो घर पनि विचार गर त, तीनतले छ । स्वर्ग, मत्र्य र पाताल बराबरको । घाँटी भन्दा माथि स्वर्ग । घाँटीदेखि तल र तिम्रो काली खोल्सो भन्दा माथि मत्र्य, र त्यहाँदेखि तल तिम्रो पैतालासम्म पाताल । तिम्रा शरीरका नौओटा प्वाल भए जस्तै यसमा पनि झ्याल र ढोका गरेर नौ ओटै छन् । यहाँ बस्दा मलाई मेरो शरीर, यो घर, यो आश्रम, यो गाउँ, र शिवजीमा केही फरक छैन जस्तो लाग्छ । कहिले काहीं त सोच्छु ः सकभर यो पूरै ब्रह्माण्ड पनि मान्छेको नै आकारमा होला भनेर । शिवको नै आकारमा र कृष्णको नै आकारमा होला भनेर । सुन्दैछ्यौ त गौरी ?
– स्वाँ .. स्वाँ .. ।
– गौरी ! आज कति छिटै ध्यानमा बसेकी ? ए गौरी !
– स्वाँ ........ स्वाँ ....... स्वाँ .......
समाप्त

Comments
Post a Comment