सल्लाहकार समिति
बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर, राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई, मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो, प्रधानपञ्चको धारो, प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।
गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका सत्तलका जमराहरू दशैँमा बाँडिन्थे गाउँभरी । उत्सव हुन्थ्यो गाउँमा उसले सामान्य पूजाआजा गर्दा । गाग्रीहरू दूधले भरिन्थे । इज्जत, प्रतिष्ठा र पहुँच थियो राजासाहेवको । पारिवारिक इतिहाँसको मायाले पनि माया पाएको थियो राजासाहेवले । होला एकदुईजना रिसाएका थिए होलान् तर चुपचाप थिए ।
राजा साहेवको दोस्रो विवाह भएको पनि चार –पाँच वर्ष बितिसकेको थियो । दोस्रो विवाहमा पनि त्यत्तिकै रमाइलो भएको थियो गाउँमा, जति पहिलोमा भएको थियो । सुरुमा बेहुलाको घरबाट बेहुला अन्माएर बेहुलीका घरसम्म पुग्दा पनि जन्तीको लस्कर बेहुलाको घरबाट निस्कदै थियो । लामो थियो जन्तीको लस्कर । पछिल्लो विवाह पनि त्यही सल्लाकार मण्डलीले दिएको थियो जसले प्रथम विवाहका लागि दुलही खोजिदिएको थियो ।
आÇनै सल्लाहअनुसार भित्रयाइएकी पहिली दुलहीबाट सन्तान नभए पछि अर्को विवाह गर्ने सल्लाह दिएका
थिए ती मण्डलीका सदस्यहरूले । दोस्रो विवाह पछि पनि नारायण र हरिवंश पुराण लगाउने सल्लाह, निर्णयसिन्धुको पुस्तक किनेर ल्याउने सल्लाह, ज्योतिषाचार्यबाट सहयोग लिने सल्लाह दिइसकेका थिए तर कुनै पनि सल्लाहले छोएको थिएन राजासाहेवलाई ।
मण्डली अलिक डरायो राजासाहेव देखि । टुक्रियो मण्डली आपूm आपूmबाट र तँ सक कि मसक गरी सल्लाह दिन थाले गतिला गतिला । तर सल्लाहले सन्तान नहुने रहेछ । वर्षेनी जन्मिएका भए पाँच सातओटा बच्चा भईसक्थे घरमा तर त्यसो भएन । राजासाहेवले विघटन गरिदिए ती सबै गुट र उपगुटका मण्डलीहरूलाई र गठन गरे अर्कै सल्लाहाकार समितिको नयाँ दस्ता ।
दोस्रो पुस्ताका मण्डलीहरू निकै बाठा थिए । कहलिएका विद्वानहरू, जीवन भोगेका विचारीहरू र भविष्य देख्नेहरू थिए यस समितिमा । आÇनो कार्य गर्न तत्पर भए सबैजना र वैठक बसे राजासाहेवलाई उचित सल्लाह दिन । पहिलो दोस्रो र अन्तिम वैठकले सधैँ एउटै निश्कर्ष निकाल्यो र निश्कर्ष यो थियो कि अबका सल्लाहहरू राजा साहेवलाई सामान्य खालका र दोस्री रानी साहिवालाई विशेष खालका दिनुपर्छ ।
एकदिन बिहानै मोहोर चढाउँदै सल्लाहाकार समितिका सदस्यहरू पुगे राजासाहेवका घरमा । सातओटा धारा र सातओटा हिटिको नियमित पानी खाने र सातओटा जडिबुटीको स्वरस बनाएर खाने सल्लाह राजा साहेवलाई दिए । अनि केही हप्ताका लागि दोस्री रानी साहिवालाई माइत पठाउने सल्लाह दियो समितिले ।
राजा साहेवका स्वकीय कर्मचारीहरू वृद्धि हुँदै गए । सातैजना थपिए हिटी र कुवाको पानी ल्याउन र दुई तीन थपिए जडिबुटि खोजी स्वरस तयार पार्न । पानी निरन्तर पिए उनले र स्वरस कहिल्यै टुटाएनन् ।
पानी कडा नै परेछ क्यार र ओखती पनि गजबको नै । माइती गाउँबाट फर्किएपछि रानी साहिवालाई महिनावारी बार्नु पर्ने भएन । एक चौथाइ सम्पत्ति बाँडिदिए उनले आÇना सल्लाहकार दस्तालाई । पानी खान अझै छोडेका थिएनन् । के थाहा, छोरी पो हुने हो कि . औषधि पनि लगातार चलाईरहे दसै महिना सम्म ।
फेरि अर्को उत्सव भयो दशैँको जस्तै । गाउँभरी पूजा भयो । प्रसाद भेटे गाउँलेले । पूmलमालाले पुरिए राजासाहेव । ढिलै सही छोरो नै जन्मियो राजा साहेवको । कान्छी श्रीमतीको खुलेर प्रशंसा गरे उनले । छोरो बढ्यो घरमा । सन्तानको वृद्धि भयो कुलमा र अर्को पुस्ताको सुरुवात भयो खान्दानी परम्परामा ।
वर्तमान सल्लाहकार समिति अन्तर्गत काम गर्ने सर्तमा अन्य स्वयंसेवकहरू नियुक्त गरिए छोरो हुर्काउन । कसैले दूध खुवाउनु पथ्र्यो, कसैले नुहाइदिनु पथ्र्यो । तेल लगाइदिने टोली, कपडा धोइदिने, कपडा फेरिदिने टोलीहरू नियुक्त गरिए । ठीक समयमा र ठीक ठाउँमा तैनाथ गरियो सबै टोलीहरूलाई । सुताउन चाहीँ राजा साहेवले आफैसँग मन गरे । बेलुका करिव दश बजेको हुँदो हो, रानीसाहिवा निदाइसकेकी थिइन् । राजा साहेवले मण्डली सदस्यहरूलाई सोधे – मेरो छोरो को तिर गएको जस्तो देखिन्छ. सबैले एकैस्वरमा उत्तर दिए हजुरतिर नै छ राजा साहेव .
खुसीले सुत्नेबेलामा फुकालेका सुवर्ण सिक्रीहरू बर्सिए मण्डलीमाथि र विदा दिए राजा साहेवले ।
भोलिपल्टको बिहान राजा साहेव सायद पाइखाना गएका थिए । समितिको पुनः उपस्थिती भयो । रानी साहिवाले सोधिन् साँची मेरो छोरो को तिर गएको छ . राम्ररी सोचेर भन्नुस त . मण्डलीले एकै स्वरमा जवाफ दियो, हजुरतिर नै छ रानी साहिवा . काट्टीकुट्टी हजुर जस्तै . उनी पनि खुशी भइन् र बोलिन् –हेर्नुस त यस्ता खालका आँखा र नाक त हाम्रा माइती गाउँतिर मात्र देख्न पाइन्छ ।
नुहाएर भित्रिए राजा साहेव । अलि अलि लजाए जस्ता पनि देखिन्थे तर दिलै खुलेर कुरा गरे । “के गर्नू, छाती भरी, भुँडी भरी गरिदिएछ मेरा छोराले । यता फर्काएर सुताइरथें । केटा मान्छेको जात न प¥यो ।”
ओच्छ्यान फेरियो राजा साहेवको । भोलि पनि त्यस्तै भयो । शरीरमा त त्यति परेनछ तर डस्ना भिजेर सुत्नै नहुने भयो । दिनै पिच्छे सिरक, डस्ना फेर्नु पर्ने भयो । सुकिहाले पनि गन्हाउने भए । सकेसम्म त नयाँ नै फेरे तर पसल नै रित्तिन लागे वरिपरिका । छोराको सुले हैरान पा¥यो उनलाई ।
एकदिन सबेरै समस्या पोखे राजा साहेवले मण्डलीलाई । होइन, कसरी समाधान गर्ने यो दिनै पिच्छेको समस्या . पिसाव गराएर सुताउने, राती पनि ब्यूँज्याएर गराउने, तन्नामुनी प्लास्टिक ओच्छ्याउने, जस्ता धेरै सल्लाह दियो समितिले तर समस्या झन थपिन लाग्यो । मण्डलीलाई आपत पर्न लाग्यो ।
फेरि मण्डलीको लामो र गोप्य वैठक बस्यो र एउटा नयाँ निश्कर्ष निकाल्यो । त्यही निश्कर्ष राजासाहेव एक्लै भएको मौका पारी सुनाइदिए । “राजा साहेव , एउटा मसिनो धागोले त्यसको पिसाव फेर्ने अङ्गलाई सात पटक दह्रो फन्को मारेर गाँठो पारीदिनूस् . अनि सात दिनसम्म त्यसमा कसैका पनि आँखा नपरुन्, आँखा परे भने त्यो उपायले पनि काम नगर्न सक्छ । यस बीचमा बच्चाले धेरै झगडा पनि गर्न सक्छ तर त्यसको पनि वास्ता नगर्नू, विस्तारै आफँै ठीक हुन्छ ।”
राजा साहेवले त्यसै गरे अनि उनको त्यो समस्या सदाका लागि समाधान भयो ।
Comments
Post a Comment