Skip to main content

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                   सहर, सम्भोग र भ्यालेन्टाइन डे

फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो ।
यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार ।
राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए ।
यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अडिदैन काँधमा; तीन, गोरुको सट्टा ट्रयाक्टर आइसके, चार, गोरुले दूध दिँदैन । सायद यी र यस्तै कारणहरू मिले अनि राँगा र बहर सहरको चिसो खान आइपुगे ।
दिउँसो एकछिन् घाम लाग्दा सबै खुशी हुन्थे । म पनि घाम ताप्न सडकतिर निस्किएँ । राँगा र बहरहरूलाई दुवैतिरबाट तातो आएछ । घामको तातो र वैँशको तातो । नाकमा बाँधेका राँगाहरूलाई स्वतन्त्र बहरहरू जिस्क्याउँदै रहेछन् । इत्रिदै थिए राँगाहरू पनि, फोरप्लेमा मस्किँदै थिए बहरहरू वरिपरि घुमिदिँदा ।
फेब्रुअरी महिना । म नै तात्न लागेँछु तर छिट्टै सेलाएँ फेरि । म सेलाएँ किनकी यिनीहरूको जोडि अमिल्दो थियो, जात नमिल्दो थियो । सेलाउनु मात्र होइन, म तब पुरै चिसिएँ जब यो सोचेँ कि यी दुई जनावरहरूले यो सहरमा र यो जीवनमा सम्भोग गर्न पाउने छैनन् । राँगाहरू छिट्टै काटिनेछन् र ओत, दानापानीको अभावमा बहरहरू ख्याउटे हुँदै बाटातिर छेर्दै हिँड्नेछन् र कुनै सवारी साधनसँग ठोक्किएर मर्नेछन् । आजको घाममा यिनीहरूले जे गरे त्यो नै यिनीहरूको रोज डे देखि हग डे सम्म थियो । यिनीहरूको भ्यालेन्टाइन डे खोसिएको थियो र यो खोस्ने काम म आफँैले गरेको थिएँ ।
फेब्रुअरी महिनाको महोत्सव विगारा म भएको थिएँ । मैले मासु नखाइदिएको भए सायद यी राँगाहरूले सम्भोग गर्न पाउँथे होलान् । कलिलो उमेरमा नै सहर पस्नु पर्ने थिएन होला । एकाध मायाँलु क्षणहरू गाउँमा नै साट्न पाउँथेहोला कतै आहालतिर वा कतै चरनमा ।
म सहर नपसेको भए यी वाछाहरूले पनि सहर छिर्नु पर्ने थिएन होला । मैले गाउँमा भ्यालेन्टाइन डे सुन्दासम्म कति स्थानीय बाछाहरू हाम्रै गोठमा जन्मिए, हुर्किए, सजातीय सम्भोग गरे, सिम खेत जोते र मरे । म सहर आउँदा उनीहरू उतै छोडिए । यिनका पुस्ता उतै रम्दैछन् ऋतुकालीन भ्यालेन्टाइन डे हरूमा । म गोठ छोडेर सहर पसेँ तर दूध खाने रहर मसँगै सहर आयो । किनेर खाएँ किनकी यो पौष्टिक आहार थियो । आजको दृश्यले पो यो सोच पलायो कि म कस्तो दूध खाँदैछु भनेर ।
मैले खाने दूध ठिमाहा, हाइब्रिड प्रजातिको गाईको हो । धेरै दूध निकाल्नका लागि गाईलाई हाइब्रिड गरिएको हो । यसो गर्ने क्रममा गाईहरूलाई जवर्जस्ती उच्च नश्ल गोरुबाट सम्भोग गराइयो । सकभर धेरैवटा डोरीले गाई बाँधेर गोरुलाई छोडियो । यो सम्भोग इच्छाइएको भ्यालेन्टाइनबाट गरिएको थिएन । कतिपय गाईहरूलाई त कृतिम गर्भाधान गराइन्छ जसले सम्भोग त के आफ्नो भ्यालेन्टाइनलाई देख्न पनि पाउँदैन । सहरमा र भ्यालेन्टाइन डेका नजिकका दिनहरूमा म यस्तै गाईको दूध खाँदैछु ।
यस्तै सोचमा एउटा चिसो दिन सकियो । बेलुका यही लेख लेखियो । आउँदो फेब्रुअरी चौधमा मेरी भ्यालेन्टाइनलाई यही लेख उपहार दिने भइयो, ह्याप्पी भ्यालेन्टाइन डे माइ स्वीटहार्ट भन्दै ।

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...