उन्नाइस, जिज्ञासु मन
लगभग तेह्र दिन बिताइन् श्रुतीले गुम्बामा र अब त्यहाँको रुटिन् थाहा पाइसकिन् बिहानदेखि बेलुकासम्मको । एउटै पोशाक, एउटै काम, एकै खालको धूप र चियाको स्वाद । परसम्म जान पनि पाइने र कोठा भित्रै बसे पनि हुने । अमिलो पनि पाइने र चौरमा नै सुत्न पनि पाइने । आफूभन्दा धेरै तल देखिने वादल, जुन बार जस्लाई पनि भेट्न पाइने, जोसँग पनि काम गर्न पाइने । रमाइलो थियो जीवन ।
बिहान र बेलुका एकाध घण्टा पलेंटी मारेर गुरुहरूको सामुन्ने बस्नु पथ्र्यो र बेला बेलामा प्रवचन सुन्नु पथ्र्यो । जीव सम्बन्धी र जीवनको अन्तसम्म काम लाग्ने जीवन्त हुन्थ्यो प्रवचन् । सङ्गीहरू, आनी सँगसँगै सङ्घम् शरणम् भन्न बानी परिसकेकी थिइन् श्रुती । चारैतिर रमाइलो थियो आठै प्रहर ।
– गौरी जी ! ल जाउँ ऊ त्यहाँको चौरमा । म तपाईंलाई एउटा काम गर्न दिन्छु । एकदम रमाइलो काम । अब हामीसँगै बस्ने भएपछि अलि अलि हाम्रो काममा सघाउनु पनि पर्छ । काम सिक्नु पनि पर्छ, हैन र ?
– हो । ल जाउँ ।
– .......... ।
– .......... ।
– यहाँनेर बस्नुस्, यतातिर फर्किएर । आरामले पलेंटी कसेर बस्नुस् । चिसो लाग्छ जस्तो लाग्छ भने यसमा बस्नुस् र ऊ त्यो परको ठूलो बुद्धको मूर्ति हेर्नुस् र हेरिरहनुस् जबसम्म म आउँदिन । यही हो आजको तपाईंको सिक्ने काम । रमाइलो छैन त ? अनि रमाइलो लागेन भने तपाईं नै आउनुस् म भएको ठाउँमा, है त । म अहिले गएँ ।
अलमल्लिइन् श्रुती एकछिन् कि यी आनीले के गराएकी होलिन् मलाई भनेर । बालक सरह हेरिन् बुद्धको विशाल मूर्तिलाई । राम्रो र रङ्गीन थियो । हेर्नलाई आकर्षक पनि थियो र हेरिरहिन् आनी नआउन्जेल ।
लगभग एक घण्टा पछि आइन् आनी र बोलिन् ।
– सजिलै लागेछ तपाईंलाई गौरीजी र त तपाईं आउनु भएन । म नै आएँ तपाईंसँग अब । ल भन्नुस्, के के देख्नु भयो त ?
– मैले ..... ।
– पर्दैन, पर्दैन । म कहाँ द्रोणाचार्य हुँ र तपाईंका उत्तरको विवेचना गर्ने । ल सुन्नुस्, तपाईंको अर्को काम । जस्तो मूर्ति छ त्यो, त्यस्तै बस्ने बानी गर्नुस् । हात जस्ता छन्, त्यस्तै गरेर बस्नुस् । हात माथि हात राखेर । मान्नुस् त्यहाँ माथि टिलपिल भरिएको घडा छ जुन पोखिनु हुँदैन । नहल्लिकन बस्ने बानी गर्नुस् । हेर्नुस् मूर्तिका आँखालाई र त्यसै गरेर बस्ने बानी गर्नुस् केही दिन जब हामी बिहान र बेलुकाको नित्य कर्म गरिसक्छौं । मात्र सास फेरेर बस्नुुस् । हावा चल्दा पनि पात नहल्लिने रूख सरह । ऊ त्यो मूर्ति पछाडिको रूख जस्तै । ढाडको यहाँदेखि यहाँसम्म चाहिँ सकेसम्म सीधा पार्नुस् । मान्नुस् कि यति चाहिँ ठेकी हो जो स्थीर रहन्छ र तपाईंले फेरेको सास नेती जस्तै हो जसले मदानी मार्फत् केही कुरा मन्थन गर्न सहयोग गर्छ ।
अनि गौरी ! यदि तिमी भित्र कसै प्रति रीस राग छ भने त्यगिदेऊ । अरूलाई घृणा गर्न छोड र माफ गर्न थाल । यतिसम्मकि मैले नै तिमीलाई मार्न आएँ भने पनि तिमीलाई मार्नका लागि मलाई सजिलो पारिदेऊ । माफमा कति शक्ति हुन्छ र इतिहासमा क–कसले माफ दिएका छन् भन्ने कुरा सोच, बदलाको भावना कसैप्रति छ भने त्यागिदेऊ । प्रेम गर सबैलाई र माफ गर सबैलाई । एक जनालाई रीस गर्न चाहिने शक्तिले हज्जार जनालाई प्रेम गर्न पुग्छ,गौरी ! रीस पाल्यो भने रीस नै हुर्किन्छ र रीस नै साथी–सङ्गी हुन्छन् तर आफूभित्र प्रेम पाल्यौ भने प्रेम नै हुर्किन्छ र साथी–सङ्गीहरू पनि प्रेमिकाहरू नै हुन्छन् । अनि सक्छ्यौ भने प्रेम आफंैलाई र आफू भित्रकोलाई नै गर । आमाहरूले आफूभित्र दश महिना रहेको बच्चालाई त त्यति माया गर्छन् भने जो तिमी भित्र तिमी बाँचुन्जेल बस्छ त्यसलाई कति प्रेम गर्नुपर्छ होला ? त्यसैलाई सम्झ र उसैलाई प्रेम गर्न सिक ।
बेलुका भयो । बसिन् श्रुती पलेंटी कसेर । नहल्लिकन, आँखा चिम्लिएर बस्नु भनेको थियो आनीले । बुद्धको जस्तै हात माथि हात राखेर काखमा । चिम्लिन् आँखा । कृष्ण सम्झिइन् र अगाडिका दृश्य देखिन् । बोलि सुनिन् उनै कृष्ण बोलेको र दृश्य देखिन् उनैसँग भेटेको । बिर्सिन मन गरिन् अगाडिका दृश्यहरू तर अझ स्पष्ट देखिए । आँखा बेस्सरी चिम्लिन् । आँखा मात्रै दुखे तर तिनै दृश्य आइरहे दुबै आँखा वरिपरि ।
एउटा पिँडुलाले अर्को थिचेर बसेकाले थिचिएको पिँडुलो दुख्न थाल्यो । बसाइ नमिले जस्तो लाग्यो । हलचल नगर्नू भनेको थियो आनीले । सीधा बस्नु थियो बुद्धको मूर्ति जस्तै । सीधै छु जस्तो लाग्यो । त्यही पनि टाउको अझै सीधा पारिन् र आँखा चिम्लिरहिन् ।
दिक्क लाग्यो एकछिन् पछि । शायद दश मिनेट बिताएकी थिइन् होला । सोचिन् ः के यसरी मन शान्त होला त ? के मैले यसो गरेको ठीक हो ? यदि मलाई कसैले चिन्दैनन् भने मैले त बरु मेरा परिवारका हत्याराहरू पत्ता लागउनु पर्छ । कसरी पत्ता लगाउनु म एक्लैले ? म आफू त्यहाँ हुँदाहुँदै पनि मैले चिनिनँ । अब कसरी चिन्नु ? मारेको देख्दा देख्दै त आफ्नै दाइज्यूलाई दोषी ठह¥याएकी थिएँ । आखिर दाइज्यू होइन रहेछ । पहिले देखिका कर्मचारि वा दाइज्यूका साथी हुन् कि भनेर सोध्नलाई दाइज्यू र बुबाज्यू नै हुनुहुन्न, कसलाई सोध्नु ? फेरि कसले सोध्नु ? म श्रुतीले खोजें भने मलाई नै मारिहाल्छन् । दरबार भित्रका सबैले मलाई चिनिहाल्छन् । बाहिरकाले सोधपुछ गर्ने कुरै भएन । फेरि समाचारमा छानविन समिति गठन गरियो भनेका छन् । अब मैले के गर्ने ! यसै गरि पलेंटी कसेर बसिरहने ?
आफैंले उत्तर दिइन्, बसिरहिने । अब म के नै गर्न सक्छु र ? मलाई कसैले चिन्ने बित्तिकै मार्न सक्छन् । जसले मलाई बास दिइरहेका छन्, उनीहरूलाई पनि आपत् पर्न सक्छ । कि भनिदिउँ यी आनीलाई की म गौरी होइन श्रुती हुँ भनेर ? तर भन्दिन । कुरा सुन्दा यिनीहरूले मलाई राम्ररी पाल्छन् जस्तो छ । खान र बास बस्न दिए भने त, उनीहरूले देख्ने गरी यसरी नै पलेंटी कसेर बसे त भइगयो । यिनीहरू पनि खुशी हुन्छन् । मलाई पनि गाँस बास मिलिहाल्छ । यतातिर बिबाह गर्न पाइँदैन रे । त्यो पनि मलाई ठीकै भयो किनकि बिबाह गर्ने मान्छे नै नभेटे पछि मलाई किन बिबाह गर्नु प¥यो ।
खुट्टा एकदमै दुख्न थाले । टाउको अलिक निहुरिए जस्तो लाग्यो, सोझो पारिन् । फेरि सीधा भएन कि जस्तो लाग्यो र अझ ठाडो पारिन् तर सीधा भएन । कृष्णको चिठीमा वर्णन गरेजस्तो, मदानी सीधा ठाडो हुन नसके जस्तो भयो उनको ठेकीरूपी शरीरमा मदानीरूपी टाउको । यसो गर्ने अनुमति थियो वा थिएन थाहा भएन ।
बिस्तारै एउटा आँखो खोलिन् । नजिकै आनीहरू देखिनन् तर आसनमा हेरफेर गरिनन् । सोचिन् ः दुखाइ सहनु प¥यो । त्यस्ता पीरहरू त सहेर यहाँसम्म आएँ भने, यो त के हो र ? बस्नु त छ आँखा चिम्लिएर । तर यो काम चाहिँ अरू भन्दा गाह्रो हुँदोरहेछ । मैले मेरा बुबा मुमाज्यूको हत्यारालाई भेटेर साजाय दिनु प¥यो भने यही दिन्थें । हल्लियो भने मारिदिन्छु भन्थें । धेरैमा पन्ध्र बीस मिनेट बस्थ्यो होला ।
मुडुलो टाउको लेकको बतासले चिसो भयो । ढाड दुख्न थाल्यो । खुट्टा सबै निदाए जस्ता भए । नाँक भित्र घाँटीसम्म चिसो भयो । आँखा भित्र सेता थोप्लाहरू घुम्न थाले । तिनै थोप्लाहरूलाई हेर्न थालिन् । कहिले तल आउँथे कहिले माथि जान्थे, सप्तषर््िा जस्तै एकैसाथ तलमाथि गर्ने । हेरिरहिन् चिम्लएर । उनको प्रदर्शनको एब्स्ट्रयाक्ट पेन्टिङ्ग जस्तो थियो । आखिर बेकार भयो मेरो श्रवणिका सो पनि । कति योजना बनएकी थिएँ मैले, सबै उडे । के गर्दा हुन् अब ती मेरा पेन्टिङ्गहरूलाई ? त्यति राम्रो मेरो कृष्ण ! त्यसै च्यातिने भयो अब । हुन त अब के काम पनि छ र ? असली कृष्णले त साथ दिएन आपत्को बेला । त्यो तस्वीरको कृष्णको के को माया मलाई । पेन्टिङ्ग भन्दा छिटो मर्ने यो मूला मान्छेको शरीरले के गर्दो रहेछ र ? यो कुरा मलाई आज थाहा भएको पनि होइन । जसलाई भोलि थाहा छैन, त्यस्तीले के यत्रो योजना बनएकी हुँला मैले । म नै नहुन सक्छु एकछिन पछि । अनि म अहिले पनि योजना बनाउँदै छु ।
अति नै भयो उनलाई । बसिबसी ढल्छु जस्तो लाग्यो । बिस्तारै आँखा खोलिन् र उठिन् । जिऊ तनक्क पारेर परसम्म हेरिन् । सोचे जति दुखेको रहेनछ शरीर । अघि मैले के गरें भनेर सोचिन् । एकाग्र बस्नू, मन कतै पनि नडुलाउनू, भनेको सम्झिइन् । तर किन त्यसो हुन्थ्यो । शायद पहिलो पटक उनको मन यति धेरै दौडिएको थियो र उनको मनले त्यति धेरै कुरा सोचेको थियो ।
तर अलिकति भएपनि खुशी नै लाग्यो उनलाई किनकि मन पो दौडियो त, एकछिन् भए पनि शरीर स्थीर बस्यो । ढाड हल्लियो होला, कम से कम हातखुट्टा त स्थीर भए । बिस्तारै होला यो पनि ।
फेरि बसिन् त्यही आसनमा । सकेसम्म र दिमागले भ्याएसम्म मदानी सीधा पारिन् र शरीर नहल्लिने गरी बसाइन् । आँखा चिम्लिइन् र सोचिन् आनीले भनेका कुरा – मन कतैतिर नलानू, आँखा बन्द गर्नू, तातो चिसोको खासै वास्ता नगर्नू । केही सुन्न र सुँघ्नतिर ध्यान नदिनू । यी हाम्रा ज्ञानिन्द्रीयहरू हाम्रा शत्रुहरू हुन् । यिनले धेरैकुरा चाहन्छन् र कर्मेन्द्रियलाई अह्राउँछन् । यिनीहरूले भनेको हामीहरूले टेर्नुहुँदैन । यी हाम्रा एक प्रकारका भित्री शत्रु हुन् । हाम्रा पाँचै ओटा ज्ञानेन्द्रियहरूलाई पाँचसूते बत्तिसरह एकै ठाउँमा बटारेर यिनलाई जलाई आफैं भित्र ज्ञानको दीपक बाल्नु पर्छ । यिनीहरूलाई हामीले जित्नुपर्छ । सासको तीर, मनको एकाग्रता र ढाडको धनु मार्फत् आफ्नै शरीरको रथमा चडेर युद्ध गर्नु पर्छ । आदि अदि ।
मैले आँखा बन्द गरें, ठीक छ । गरिरहन्छु एकछिन् । म सीधा बसिरहेकी छु र नदुखुन्जेल बसिरहन्छु । नाँकले मात्र सास फेर्छु । यहाँ खासै गâाउने केही पनि रहेनछ । मुखै बन्द गरेपछि जिब्रोले केको स्वाद पाओस् । सबै ठीकै रहेछ त । के अब मेरा सबै शत्रु मरे त ?
पर चरो कराएको सुनिन् सुरिलो स्वरमा, शायद कतै रूखमा । केही सुन्नतिर ध्यान नदिनु भनेको थियो आनीले । त्यो चाहिँ पूरा भएन । आपत् प¥यो उनलाई । आँखा चिम्लियो, देख्न बन्द, नहल्लिइ बस्यो, चाल बन्द । केही नखायो, स्वाद बन्द । स्वच्छ ठाउँमा बस्यो, बासना बन्द । तर चरो करायो अहिले । अब कसरी कान बन्द गर्ने ? कान चिम्लिन पनि भएन, बाँध्न पनि भएन । जिति नसक्नुको रहेछ यो कान त । राती पनि, दिउँसो पनि, गâाएको बेला पनि नगâाएको बेला पनि र जहिले पनि आफ्नो काम गर्दो रहेछ यसले । राजा नै रहेछ अङ्गहरूमा, त्यसैले पो दुर्योधनले घनिष्ट मित्र बनाएको रहेछ अङ्गराज कर्णलाई ।
एक पटक कराएर रोकिने खालको चरो नै रहेनछ त्यो । बिहानै कराइ रहने अलार्म जस्तै रहेछ, शायद अरू चराहरूलई उठाउनै पर्ने जागीरमा नियुक्ति पाएको थियो उसले । आवाज त सुनु–सुनु लाग्ने थियो, विनोदी थियो र कर्णको प्रिय कर्णप्रिय थियो । मधूर थियो तर के गर्नु त्यही मधूर आवाज नै उनको कानबाट पसेर उनको ध्यानमा कटुता पैदा गर्दै थियो, मधु–कैटभले जस्तै । कानबाट पस्ने र मनलाई एकाग्र गर्न नदिने राक्षस जस्तो । आफू स्थीर बसे पनि हल्लाइदियो श्रुतीलाई भित्रैदेखि जसरी हल्लए ब्रह्मालाई तीनै राक्षसद्वयले र कर्णद्वयले । तिनैका विरुद्ध युद्ध गर्न थालीन् श्रुती । चरो कराउन्जेल युद्ध गरिन् र कराउन छोडेपछि पनि त्यही आवाजले हल्लाउन खोजीरह्यो धेरै बेर ।
ध्यान दिइनन् चराको आवाजतिर । जबर्जस्ती त्योबाट अन्तै दिमाग लगाउन, अन्तै मन लागउन प्रयास गरिन् । तर मन पनि अन्त नलानू भनेको थियो । यो त गइहाल्छ । कसरी रोक्ने थाहै भएन । मन अन्त जान खोज्छ उनी रोक्न थाल्छिन् । तर मन फेरि जान खोज्छ । के यही हो त युद्ध ? के मैले युद्ध हारें त मेरो कानसँग र मेरो मनसँग ? के म दरबारबाट पनि हारेर, लुकेर आएकी श्रुती अब आफैंसँग पनि फेरि हारें त ? के म हार्नकै लागि जन्मिएकी हुँ त ?
आँखा खोलिन् । हेरिन् । अघिभन्दा बढी आनीहरू आएर बसिसकेका रहेछन् । सबैजना आँखा चिम्लिएर बसेका । कृष्णको चिठीको शिवालय जस्तै देखिन्थे तिनीहरू । तल फ्यात्त परेका, जति माथितिर गयो त्यति नै शरीर सानो हुँदै गएका र अन्तमा गोलाकार मुडुलो टाउको । मात्र गजुररूपी टुप्पी थिएन । तर थिए तिनै मन्दिर जस्ता । स्थीर र डाँडाका टुप्पामा । रमाइलो लाग्यो उनलाई र हेरिरहिन् उनैलाई । सोचिन् ः के यिनीहरू पनि मलाई जस्तै आपत् परेर यहाँ आएका होलान् त ? के भगवान् देख्न नै आँखा चिम्लिएका हुन् त ? के यसरी आपत् टर्ला त ?
उत्तर आएन कहिँबाट । आओस् पनि कसरी । यी प्रश्नहरू उनी आफैंका र आफैंलाई थिए र उत्तर पनि आफैंले दिनु पथ्र्यो । त्यसै विना उत्तर मन बुझाइन् र तर्क गरिन् आखिर के नै गर्न सकिन्छ र ? म जस्ती दरबारमा हुर्किएकीलाई त यत्रो पीर छ भने यी त कुनै समयका मेरा जनता हुन् । मलाई त अझै नयाँ कुरा खान, नयाँ कुरा लगाउन र नयाँ ठाउँ हेर्न मन लाग्छ भने यिनीहरूलाई किन नलाग्नू ? बरु यही ठीक रहेछ । यिनीहरू वास्तवमा नै ठीक रहेछन् ।
खाएर पनि जीवन पक्कै सकिँदैन । आज यो खायो, भोलि त्यो खायो, पर्सि नयाँ खानेकुरा आउँछ । यसको अन्त नै छैन । लगाउनको पनि त्यस्तै हो । सिङ्गो पृथ्वी कहिले घुमेर पार गरिसक्नू ! ग्रहमा जान अझै बाँकी हुन्छ । घुमेर पनि कहिल्यै पार पाइने होइन । मेरो पेन्टिङ्ग त झन् असम्भव नै भयो । कतिथोक र कहिलेसम्म पेन्टिङ्ग गरेर सक्नू ! पढ्नको त झन् कुरै नगरौं । कति ओटा किताब पढ्नु ? एकदिनमा संसारभरि कतिओटा किताब छापिएलान् ? कति भाषाका पढ्नू ? कति जनाका पढ्नू ? बिबाहको रहर पनि त्यही हो । अहिले मलाई कृष्ण राम्रो लाग्यो, ऊ पाइएन । अब फेरि अर्को मान्छे राम्रो लाग्ला । त्यसलाई पनि पाइन्छ नै भन्ने छैन । अफू बूढो भएपछि तरुना र साना मन पर्लान् । ती कहिले बढ्लान् ? बढेपछि आफूलाई मन नपराउलान् । मेरै भएपनि सधैं राम्रा भइरहँदैनन् । बूढा भइहाल्छन् । कहिलेसम्म चाहना गरेर बस्ने ? बरु यही ठीक रहेछ । बेलैमा आँखा चिम्लियो, बस्यो । यिनीहरूले नै जानेछन् बेलैमा ।
बस्यो, हे¥यो, आँखा बन्द ग¥यो, ढाड तन्कायो, फेरि आँखा बन्द ग¥यो गर्दै दिन बित्यो श्रुतीको । आनीहरू उठे । धपाएका चौंरीहरू शायद पल्लो डाँडाबाट दूध दुहिन हिंडे लर्को लागेर । लर्को माथि हरियो हरियो डाँडा, डाँडा माथि सेता सेता हिमाल र हिमाल माथि नीलो अनन्त आकाश । आकाश मुनिको लमतन्न परेको हरियो चौरमा श्रुती । आँखाले देखेसम्म वरिपरि विना पर्खालको खुल्लापन र विना क्रान्तिको स्वतन्त्रता र यही स्वतन्त्रता बीच हुर्किएको सहयोगी संस्कार जहाँ म जस्ता ढँटुवालाई पनि भोजन र वासस्थान दिने हातहरू र ज्ञानदिने विवेकशील मानवहरू छन् । यस्तो स्वर्गीय स्थानमा के पाउँला भनी कृष्णले क्रान्ति गरेको होला । जब कुनै बन्धन नै छैन तब किन यत्रा जनतालाई आफ्ना पक्षका भन्दै एउटै सूत्रमा बाँधेको होला ?
– गौरी ! आऊ । अब भित्र जाउँ, जाडो पनि हुन्छ अब त ।
– हवस् ।
नुन, घीउ र दूध हालेर मथेर बनाइएको चियाबाट रातको सुरुवात गरिन् श्रुतीले । झ्यालबाट राता हिमाल देखिएका थिए साँझमा । ती हिमालसँग अब उनको नाता जोडिनेवाला थियो केही दिनसम्म र शायद धेरै दिनसम्म । उनैलाई देख्नुपर्ने र उनैका काखमा बस्नुपर्ने थियो । मनमनै प्रार्थना गरिन् ः हे हिमालय ! तिम्री पुत्री समान भएर गौरी बनी तिम्रो काखमा विना योजना यहाँ आइपुगेकी छु र शरण परेकी छु । गौरी नाम बिकाएकी छु । अब तिम्रो इच्छा, जे गर ।
गलेको शरीर र दशैदिशामा कुदिरहने दिमागलाई आफ्नो हदसम्म आराम गराउन लागिन् रातभर । झ्याल बन्द गर्ने बेलामा हिमाल काला भइसकेका थिए । बिहान भयो । फेरि अर्को बिहान शुरू भएकोमा श्रुतीलाई दिक्क लाग्यो । तर पहेंला घाँम सहितको नयाँ बिहानी संझिएर फेरि बाँच्न मन लाग्यो अर्को दिन । झ्याल खोलिन् । राता हिमाल हाँस्तै थिए पूर्वतिर ।
त्यहाँको प्रातःकालीन क्रिया सक्दा हिमाल सेता भइसकेका थिए । पृथ्वीको आफ्नै परिक्रमाका कारण पृथ्वीमा कति परिवर्तन हुँदैथियो, त्यो त थाहा पाइनन् तर हिमालका रङ्गहरूमा भने प्रत्यक्ष परिवर्तन थियो । सेता थिए हिजो दिउँसो, राता थिए साँझमा, काला देखिन्थे सुत्ने बेलामा, राता र पहेंला थिए आज बिहान र फेरि सेता देखिए अहिले ।
कृष्णले पान्धारेमा सोधेको रङ्गी विरङ्गी टीका सम्बन्धी प्रश्नको उत्तर भेटेजस्तो लाग्यो श्रुतीलाई । नेपाली महिलाहरूले के का आधारमा निधारमा रङ्गी विरङ्गी टीका लगाएका रहेछन् र सूर्यलाई कसरी जीवनको आधार मानेका रहेछन् भन्ने थाहा पाएजस्तो लाग्यो । पुरुषहरू सूर्यका उपासक र महिलाहरू त्यसैका प्रतीकका चिनारी ! संस्कार जोगाउने अनुपम प्रयासको मनमनै स्वागत गरिन् श्रुतीले । संसारका सबै सभ्यता, धर्म र संस्कारहरू आखिर यिनै सूर्यका रङ्ग वरिपरि र पानीका वरिपरि रहेछन् भन्ने स्वतर्क गर्दैश्रुती लागिन् हरिया डाँडातिर ।
चिसो भूइँमा बसिन् पूर्व फर्किएर । स्थानीय वृद्धाहरू पनि डाँडातिर निस्कदै थिए । बिहानको जाडोमा उनले फेरेको सास वाफ जस्तै भएर निस्किएको देखिन्थ्यो । चुरोटको धुवाँ नाकबाट निस्किए जस्तो देखिन्थ्यो । आफैंले लामो फू गरिन् । परसम्म वाफ गएको हेरिन्, पुसमा काठमाडौंमा सास फेरे जस्तो ।
आखिर जसरी भएपनि बस्नै त हो भन्ने सोचिन् र हिजोकै आसनमा पलेंटी कसेर शिवालय समान, ठेकी समान भइन् । बानी भएका आँखा स्वत बन्द भए । जाडोले शायद चराहरू उठेका रहेनछन् । मन नियन्त्रण गर्न खोजिन् तर दिमागले राता पहेंला हिमाल, र सेता, काला, पहेंला टीकातिर सोच्न थालिगयो । तिलक र अक्षतातिर गइगयो । विभूत र चन्दनतिर गइगयो । बिशप र वृहस्पतितिर गइगयो । आनीका कपडातिर गइगयो । अनि गयो पिताम्बर र गेरु वस्त्रतिर । हाकुपटासीतिर, विधवा रङ्गतिर र बुर्कातिर । रङ्गमात्र घुम्न थाले उनको दिमाग भरि ।
अहिलेको ध्यानमा उनको शत्रु भयो रङ्ग । रङ्गसँग युद्ध गरिन् केहीबेर र ऊ नै बलवान् सावित भयो । वर्षौं वर्ष गुफामा किन बस्ता हुन् ऋषिहरू भन्ने थाहा पाइन् । पक्कै पनि रङ्गहरूबाट टाढा बस्नका लागि र चरादिको आवाजबाट बँच्नका लागि । रङ्ग चञ्चले हुँदो रहेछ, कुमारको वाहन मयुर जस्तै । उडिहाल्दो रहेछ सुमेरु पर्वतलाई परिक्रमा गर्न । बरु मुसो नै ठीक रहेछ । एक रङ्गी । आफ्नै बा आमालाई मात्र घुम्ने र पुरस्कार पाउने । आनीहरूको पनि त एक रङ्गी नै कपडा हुन्छ । यहीं बसें भने मेरो पनि यस्तै नै हुन्छ ।
उनको कहिँ नजाने भनेको मन रङ्गतिर गयो । मनलाई जितेर अघि बढ्नु भनेको शिवजीले विष पिउनु जत्तिकै भयो उनलाई । तर मनमनै खुशी पनि भइन् उनी किनकि कम से कम यो त थाहा पाइन् कि विष कतिबेला निस्कँदो रहेछ समुन्द्र मन्थनका क्रममा ।
आँखा खोलिन् । उत्तरतिर फर्किएर एकजना वृद्धा उनैको जस्तो आसनमा बसेकी रहिछन् । वृद्धाको ढाडको बुढो हड्डि सर्प जस्तै देखिन्थ्यो त्यहाँबाट । आधि आँखा चिम्लिएर उनै वृद्धालाई हेरिन् एकछिन् र हेरिन् उनले फेरेको धुवाँ जस्तै सासलाई । चलायमान त्यही थियो उनका आँखाले देख्ने ठाउँमा, त्यही वृद्धाको धुवाँ समान सास । उनैलाई हेरिन् धेरैबेर । उनको दिमागको वर्तमान केन्द्रविन्दु तिनै वृद्धा भइन्, र वृद्धाको पनि विशेष गरी बाहिर आएको वाफिलो सास ।
वृद्धाको सास बाहिर आयो । हावासँग मिसियो । सकियो । केही सेकेण्ड पछि फेरि सास बाहिर आयो । हावासँग मिसियो । सकियो । फेरि त्यही क्रम । रमाइलो लाग्यो श्रुतीलाई । हेरिरहिन् । फेरि उस्तै प्रकृया । सास लिएको नदेखिने, फालेको देखिने । क्रमबद्ध रूपमा र एउटै समयान्तरमा । एउटै तहमा । एउटै मात्रामा । अनि एउटै प्रवेगमा । मोही पारे जस्तो, र नेती ताने जस्तो । मन्थन गरेजस्तो । निरन्तर प्रकृया । नाकबाट तीर चलाएर पर फालेजस्तो ।
सोचिन् ः यो सास कसरी निस्कियो होला ? मुख बन्द छ वृद्धाको त्यसैले नाकबाट सास गयो । नाकका प्वालबाट बाङ्गो–बाङ्गो हुँदै उँभो आँखा पछाडितिर गायो । मुखसम्म तल झर्यो । तर बाहिर आउन सकेन किनकि मुख बन्द छ । पछाडि फर्किएर फेरि फोक्सोतिर तल गयो । उहिबाटो बाहिर आयो र नाकबाट निस्कियो । केही नाभितिर गयो । मलद्वार र मूलाधार भन्दा उँधो जाने बाटो छैन । नाभिबाट केही मेरुदण्डको बीच इडा पिङ्गलातिर बाट उँभो गयो । घाँटीमा बाङ्गियो । कति जनाको ब्रम्ह्रन्ध्रबाट बाहिर गयो, र कतिको गएन ।
त्यही वृद्धालाई आधार मानिन् सासको बाटोलाई । र त्यही बाटोको काल्पनिक रेखाङ्कन गरिन् शरीर बाहिरैबाट । कता–कता देखे जस्तो र चिने जस्तो आकार बन्यो । छुट्टिएको चन्द्रविन्दु सहितको ॐ को आकार जस्तो बन्यो । ॐ कार भेटे जस्तो भयो वृद्धाको सास हिड्ने बाटोमा । मन–मनै नमस्कार गरिन् वृद्धालाई । खुशी भइन् श्रुुती ।
हतार हतार आँखा चिम्लिइन् श्रुतीले । संझिइन् वृद्धाको सास फेर्ने बाटो र घटाइन आफ्नै शरीरमा । उही बाटो । पुच्छर ठाडो पारेर बसेको वाँदरको जस्तो आकार । रामका सेनाको जस्तो आकारको बाटो । ॐ कारको बाटो । सोचिन् ः के देवनागरिलिपिका अक्षरहरूको आकारको आधार पनि यही हो त ?
– गौरी आऊ । गुरुको प्रवचन शुरू हुनेबेला भयो ।
– हवस् आनी जी ! ऊ पर बस्नु भएको वृद्धा को हुनुहुन्छ ? मलाई उहाँको बारेमा केही बताउन सक्नु हुन्छ ?
– किन नसक्नु, तर धेरै मलाई नै थाहा छैन किनकि उहाँ त्यति बोल्न मन पराउनु हुन्न । जहाँसम्म मैले सुनेकी छु, आज भन्दा करिब पच्चीस–तीस वर्ष अगाडि दरबारी सुसारे हुनुहुन्थ्यो रे । तर त्यहाँको शारीरिक र मानसिक पीडा सहन नसकी भागेर यहाँसम्म आउनु भएको रे ।
भर्खरै खुशी भएकी श्रुतीलाई फेरि नरमाइलो लाग्यो । भित्रै देखि अमिलो भएर आयो । आफू भित्रदेखि र पर्खाल भित्रदेखि । सतीले सरापेको देशमा सधैं अशान्ती, अविकास, अस्थीर, अभद्रता भए जस्तै श्रुतीले सरापेको दरबारमा पनि फेरि त्यस्तो होला भन्ने डरले केही अशुभ नबोलि लागिन् आनीको पछि–पछि तर भावना त दिमागमा आइहाल्यो । ओठको काम नै परेन । जिभ्रो हल्लिनै परेन ।

Comments
Post a Comment