तेइस, अलमल मन
चार पाँच दिनसम्म लडाकू र कार्यकर्ताहरू विजय जुलुस र भाषणमा नै व्यस्त रहे । कति घरतिर जान हतारिए र कति पार्टीको निर्णय सुन्न ।
क्रान्तिकारी पक्षका पहिला र दोस्रा तहका कमाण्डर र क्याप्टेनहरू क्रमशः जम्मा हुन थाले काठमाडौंतिर । प्रायः सबैको एउटै मत थियो कि लोकतन्त्र प्राप्ति पश्चात् शीर्ष व्यक्तिहरू बसेर अब के गर्ने भन्ने योजना बनाउनु पर्छ । पार्टीमा सूचनाहरू प्रसारण हुँदै गए । विदेशमा भएका पार्टीका सोच–ट्याङ्करहरू र स्वदेशमा नै रहेका जनमुक्ति कमाण्डरहरू भेला भए होटलको ठूलो कक्षमा ।
– आदरणीय कमाण्डरहरू, हामी सबैलाई बधाई छ । हाम्रो पार्टीको सोच सार्थक भएको छ । विश्वले पनि हामीबाट धेरै कुरा सिक्ने मौका पाएको छ । अब यो महत्वपूर्ण उपलब्धिलाई हामीले संस्थागत गर्दै लाने क्रममा के कसरी अगाडि बढ्ने भन्ने बारेमा आयोजना गरिएको यस विचार गोष्ठीमा म तपाईंहरू सबैलाई म हार्दिक स्वागत र लालसलाम गर्दछु । साथै आ–आफ्ना प्रस्तावहरू औपचारिक एवं अनौपचारिक रूपमा प्रस्तुत गर्न आग्रह गर्छु । आज दिनभरि त के भोलि र पर्सि भरि नै भएपनि हामीले केही नयाँ कुरा लिएर मात्र यस होटलबाट बाहिर निस्कनु पर्छ । सम्पूर्ण जनताले हामीबाट केही नयाँ आश गरेका छन् र यही आशलाई सार्थक बनाउन क्रान्तिकालमा हामीलाई साथ दिएका छन् ।
लोकतन्त्र प्राप्तिको सशक्त कारक तत्वहरू मध्ये एक हाम्रा जनशहीदहरू हुन् र उनीहरूकोसम्मानमा एक मिनेट मौन धारण गरिदिनुहुन सम्पूर्ण कमाण्डरहरूलाई म अनुरोध गर्दछु ।
आधा मिनेट पनि शायद भएको थिएन होला । ‘धन्यवाद’ सुनियो हलभरि र सबैजना बसे आ–आफ्नो कुर्सिमा ।
शान्त भयो धेरैबेरसम्म । कसले बोल्ला र के बोल्ला अनि देश विकास सबन्धि कस्तो कस्तो प्रस्ताव पेस गर्ला भन्नेमा सबैको ध्यान थियो । उद्घोषक अलमलमा परे एकछिन् र पुनः आफैं बोले ।
– अबको समय प्रस्ताव र छलफलका लागि हो । हामी मध्ये जो पनि अगाडि आएर बोल्न सक्छौं र आफ्ना विचारहरू प्रस्तुत गर्न सक्छौं । धन्यवाद ।
गाइँगुइँ गफ हुन थाल्यो शीर्ष व्यक्तित्वहरूको । ठाउँ फेरेर बस्न थाले कतिजना । भूगोल विशेष, मिशन विशेष, लिङ्ग विशेष र उमेर विशेषहरूको समूह निर्माण भयो बसाइका क्रममा ।
– ओ हो कमरेड ! बाँची राखे त भेट हुँदो रहेछ है ।
– ओ हो ! ल यसमा बस्नुस् । यताबाट आउनुस् । झण्डै मरियो है त्यसदिन त । सालेहरूले घेरिहाले नि चारैतिरबाट । धन्न ओडार ठूलै रहेछ ।
– हैट् । सम्ँिझदा पनि त्यसबेला भन्दा अहिले पो डर लाग्छ । अनि के प्रस्ताव ल्याउनु भएको छ त ?
– अरूका सुनौं न पहिले, कस्तो भन्दा रहेछन् अनि बोलिहालिन्छ नि ! यही बोलेकै भरमा यत्रो आन्दोलन गरियो । यहाँ त के र ! आउनुस्, बस्नुस् यो कुर्सीमा ।
– हो, हुन त । हामीसँगै हिडेंका कमरेड कृष्ण बस्न पाएनन् त यहाँ । बाँचेकाहरू बसौं न एकछिन् । कति राम्रा रहेछन् है कमरेड यी कुर्सी ।बस्नलाई सजिला पनि रहेछन् ।
– कहाँ पाइँदा रहेछन्, थाहा पाइराख्नुस् है । पछि पार्टीलाई भनेर एकदुई ओटा ...... ।
विगतको नै गफ सुनिन्थ्यो सबै समूहमा । साथीका गफ सुनिन्थ्यो र आफ्ना सुनाइन्थ्यो । आगामी गफ यदि हुन्थे भने कुर्सीका गफ जस्ता सुनिन्थे । एक एक छिन्मा बसाइक्रम बदलिन्थ्यो अनि शुरू हुन्थ्यो टाउकाको मोलदेखि आफूले खोसेका खसीका तौलसम्मका गफ ।
खाजा खाने समय भयो र सबैजना होटलको अर्को कक्षमा गए । उद्घोषकले खाजा पश्चात्को समय तोक्तै थिए तर कसैले त्यतातिर ध्यान नै दिएनन् । खाजा खाइरहे धेरैबेरसम्म । नयाँ ग्राहहरूलाई सेवा गर्न पाएकामा कामदारहरू फुर्तिला देखिन्थे र खुशि देखिन्थे । हुन त खुशि देखिनु उनीहरूको जागीरको एक अङ्ग पनि थियो । मौसम अनुसार थरि–थरि वस्तुका परिकारहरू आउँथे टेबलमा । कति सकिन्थे र कति त्यसै फर्किन्थे ।
– अब आज त कति जनाले बोल्नु र ? अब वेलुकको खाना खाने बेला हुन लागि गयो । भोलिलाई राख्नु पर्छ यो कार्यक्रम । रातभर काम गर्नुपर्ने पहिलाको जस्तो हतार पनि छैन ।
– हो,हो ! यसै गर्नुपर्छ ।
सुन्ने जतिले यही कुरालाई समर्थन गर्दैरहे र अरूलाई पनि सुनाउँदैरहे । एकमत देखिए सबैजना र खानाको पर्खाइमा बसे ।
निर्भय दिमाग र सजिलो ओच्छ्यान । सिमेन्टको पर्खाल, शीशाको झ्याल अनि झ्याल ढोकामा पर्दा । न त चिसो हावा छिरोस् न त बिहानको उज्यालो, न त कुखुराको बास । घाम झुल्किएको धेरैबेरसम्म पनि निद्राले छोडेन कमरेडहरुलाई । अन्तमा पेटले सम्झायो रात सकिएको । जैविक घडिको अलार्म लागेछ भित्रैदेखि, अनि शुरू भयो बिहानको परिकार ।
दोस्रो दिनको करिब एघार बजेको थियो होला सबैजना विचार गोष्ठीको कक्षमा पुग्दा । हिजोको भन्दा अलिक फरक मुडमा देखिन्थे । मेरो पालो आयो भने के भन्ने, भन्ने सोचमा डुबेजस्ता देखिन्थे किनकि प्रस्ताव भन्ने बित्तिकै रङ्ग अर्कै हुन्थ्यो अनुहारको ।
– आ .... कमरेड, क्रान्तिकाल नै ठीक रहेछ । बन्दूक हातमा भएपछि सोच न विचार ! एकै दिनमा प्रस्ताव हुन्थ्यो, काम बनि हाल्थ्यो । अहिले पो झन् गाह्रो जस्तो भयो बाँच्न । तिनै नेताहरूले ल्याउनुपर्छ प्रस्ताव पनि । क्रान्तिको प्रस्ताव उनीहरूकै हो, हामीले सफल पारिदिइ हाल्यौं । अब के गर्ने भन्ने पनि उनीहरूले नै प्रस्ताव ल्याउनु पर्छ । हामी छँदैछौं नि कार्यकर्ता परिचालन गरेर काम गराउने, होइन र ?
– हुन त हो, तर यो बेला हामीले केही न केही त बोल्नु पर्छ । पछिका पदहरू आज बोल्ने क्षमता अनुसार पनि हुन्छन् के । केही सोच्दै गर्नुस् ।
उद्घोषणमा अर्कै आवाज सुनियो ।
हाम्रा हिजोका उद्घोषकज्यू केही बिमार पर्नुभएको छ । उहाँको स्थानमा आज म आएको छु र यो हाम्रो अति महत्वपूर्ण समयमा बोल्नको लागि महिलाबाट शुरू गराउने गर्ने जमर्को गरेको छु । र बोलाउँदै छु, कमरेड सरितालाई ।
– अप्ठ्यारा–अप्ठ्यारा अवस्थामा महिलालाई अगाडि लगाएकोमा उद्घोषकज्यूलाई धन्यवाद ! तर अब जस्ता सुकै अप्ठ्याराहरू पनि महिलाले पार गर्न सक्छन् भन्ने सन्देश यो हाम्रो सफल क्रान्तिले जनाइसकेको छ । डोलीमा राखेर हतियार ओसार्दा पनि महिलालाई नै प्रयोग गरिएको थियो र पोल्टा भरि बारुद बोक्न पनि हामी नै गएका थियौं । त्यसैले पनि होला अप्ठ्याराको सामान्य सामाना गर्न सिकिसक्यौं ।
मैले खासै योजना वा प्रस्ताव त ल्याएकी छुइँन तर महिला भएकै नाताले नेपाली महिला सम्बन्धी केही कुरा गर्न चाहन्छु र तपाईंहरूले पनि बेला बेलामा मलाई सम्झाउँदै जानुभयो भने एउटा निष्कर्ष निस्किन्छ भन्ने आशा राखेकी छु ।
महिलालाई अंग्रेजीमा वोम्यान भन्दा रहेछन् र पुरुषलाई म्यान । अब म्यानको आफैं अर्थ हुँदोरहेछ र वो मात्रै भन्यो भने अर्थ हुँदो रहेनछ । वोको अर्थ म्यानसँग जोडिए पछि मात्रै हुँदो रहेछ र हाम्रा नेपाली महिलाको अर्थ पनि ठ्याक्कै त्यही छ । त्यो वो त उपसर्ग जस्तै रहेछ, विना अर्थको । विना पुरुषको महिलालाई कसैले पनि अर्थपूर्ण दृष्टीले हेर्दै हेर्दैनन् । महिलाको शब्द नै गलत प्रकृतिको रहेछ ।
– माफ गर्नुहोला कमरेड सरिताजी ! यो कुरा ठीक हो । अदालतमा अझै पनि श्रीमान् भन्ने चलन छ । भोलि तपाईंहरू त्यहाँ पुग्नुभयो भने, वकिलहरूले तपाईंहरूलाई ‘श्रीमती’ भन्ने कि नभन्ने ? हाम्रो पार्टीबाट यसको नयाँ प्रस्ताव ल्याएर जनतामा नयाँ कुरा दिनुपर्छ । धन्यवाद ।
– फेरि हेर्नुस् न, धर्म पनि उस्तै छन् हाम्रा । हिन्दू धर्मका सबै भन्दा ठूला देवताहरू ब्रम्हा, विष्णु र महेश्वर छन् । यी मध्ये एक जना त महिला हुनु ! बुद्ध धर्म हे¥यो, बुद्धकी श्रीमतीको नाम नै थाहा छैन कतिलाई । क्रिश्चियनमा पनि त्यस्तै रहेछ । पहिला चाहिँ एडम भन्ने केटा बनाएको रे भगवान्ले र उसको नशा कि करङ्गबाट पो इभा भन्ने केटी बनाएका रहेछन् । सबै धर्ममा नै यस्तो रहेछ त हामी त्यसै पछाडि पर्ने भइगयौं । देवी नभएकै हैनन्् भन्ने पनि होइन । स्वस्थानी पढ्छन् र महिलाको इज्जत गर्छन् भनौं भने त्यो पनि पुरुषकै दीर्घायूको लागि गर्छन् । सरस्वती, चण्डी, दुर्गा त छन् तर आपत् पर्दा र अप्ठ्यारो ठाउँमा मात्र अघि सार्छन्, उद्घोषकज्यूले आज मलाई अघि सारेजस्तै ! यस विषयमा महिलालाई के नयाँ कुरो दिने, मलाई थाहा छैन । महिलाहरूलाई धर्म नमान भनौं भने पनि असी प्रतिशत त हिन्दू नै छन् र ती मध्ये आधा प्रतिशत महिला छन् र ती भोट हामीबाट टाढिए भने अबको निर्वाचनमा हामीले भाग नलिए पनि हुन्छ । यस विषयमा कस्तो निर्णय लिने भन्ने काम पछि गरौंला ।
क्रान्तिकालमा हेर्ने हो भने पनि जुनसुकै डिभिजनमा महिलाहरू कम थिए । कम किन थिए भने घरबाट बाहिर निस्किन डराउने थिए । यो डर हटाउनु प¥यो हामीले । राजनीतिमा पनि महिला कम, कर्मचारीतन्त्रमा पनि कम, जहाँ पनि पछि छन् नेपाली महिलाहरू । त्यसैले अब हर क्षेत्रमा समावेशी पु¥याउनु प¥यो महिलाहरूलाई । सकिन्छ आधा आधा, सकिँदैन एक तिहाई महिलालाई सरकारका जुनसुकै कार्यक्रममा अनिवार्य आरक्षण गर्ने नीति हाम्रो पार्टीले लिनु पर्छ ।
– एकछिन् कमरेड सरिता ! यसका लागि आगामी निर्वाचनमा हाम्रो पार्टीले एक तिहाई महिला सदस्य उठायो र आरक्षण ग¥यो भने मात्र यो कुरा बाहिर ल्याउने नत्र बेइज्जत हुन्छ आफ्नै पार्टीको । धन्यवाद ।
– फेरि हामी कतिलाई त थाहा पनि छ कि हामी महिला लडाकूहरू मध्ये कतिले बीचैमा क्रान्ति छोड्नु प¥यो किनकि उनीहरू गर्भवती भएका थिए । नचाहेको बेलामा सन्तान जन्माउने कर पनि छ महिलालाई र बाध्यता पनि छ । यस विषयमा चाहेको बेलामा महिलालाई गर्भपतनको अधिकार दिनुपर्छ हाम्रो नयाँ पार्टीले । गर्भपतनका औषधिहरू सर्वसुलभ ढङ्गले पु¥याउनु पर्छ गाउँगाउँमा ।
– एकछिन् कमरेड सरिता ! आर्थिक दृष्टिकोणबाट हेर्दा अहिले के देखिन्छ भने परिवार नियोजन लगायतका सामान किन्दा पनि हाम्रो देशको पैसा बाहिर जाँदैछ । अनि त्यही साधनको प्रयोगले जन्मिएको अन्य रोगहरूको औषधि किन्दा र पाठेघरको अप्रेशन गर्दा पनि हाम्रो पैसा विदेशिँदैछ । यससँग मिल्दो नयाँ प्रस्ताव पनि आर्थिक पक्ष सोच्नेहरूले गरुन् भन्ने चाहन्छु । विदेशी चुरोट र रक्सी खायो, पैसा उतै । अनि क्यान्सर लाग्छ हामीलाई । उपचार ग¥यो र औषधि किन्यो, पैसा उतै । यो साह्रै नराम्रो छ हाम्रो, आर्थिक पक्षमा । धन्यवाद ।
– युद्धकालमा हामीले सारी चोलो लगाएर जङ्गल पसेका भए के हुन्थ्यो हाम्रो हालत ! तराइमा आपत् पर्दा पौडी खेल्नु पर्छ, पहाडमा रूख चढ्नुपर्छ, हिमालमा हिउँमा चिप्लिनु पर्छ । त्यसैले केटाहरूको त ठीकै होला, केटीहरूको राष्ट्रिय पोशाकले पनि उनीहरूलाई अघि बढ्न नदिए जस्तो लाग्छ मलाई । भद्दा देखिए देख्नमा पनि र काम गराइमा पनि । यस विषयमा पनि पार्टीले केही सोचोस् ।
– महिलाहरूलाई हाम्रो पार्टीमा राखि राख्ने हो भने अर्को के पनि गर्नुपर्छ भने आमाको नामबाट पनि नागरिकता दिनुपर्छ र बिबाह पछि पनि पहिलेकै थर लेख्न पाउनु पर्छ ।
– हुन त आर्थिक प्रस्तावहरू अन्य साथीहरूले ल्याउनु नै हुनेछ होला तरपनि महिलाको अर्थिक स्थिति एकदमै कमजोर छ । रातदिन घाँस काटेर गाईवस्तु पाल्छन् तर एउटा पाठो बेच्नु प¥यो भने चाहिँश्रीमान्लाई सोध्नुपर्छ । महिलालाई हाम्रो पार्टीले विशेष आर्थिक अधिकार प्याकेज पनि देओस् भन्ने मेरो आग्रह छ । सकिन्छ भने एस.एल.सी वा आइ. ए. पास गर्ने बित्तिकै छोरीलाई अंश दिने व्यवस्था गर्नु प¥यो र अनिवार्य शिक्षा दिनुप¥यो उनीहरूआई, स्थानीय सरकार मार्फत् होस् वा प्रोजेक्ट मार्फत् होस् ।
– एकछिन् कमरेड सरिता! प्रोजेक्ट भन्ने बित्तिकै हाम्रो सामाजिक र आर्थिक पक्षसँग जोडिएको कुरा छ । युद्ध क्रममा हामीले गाउँ गाउँमा के देख्यौं भने प्रत्येक गा.वि.स. मा घटिमा दुई तीन ओटा प्रोजेक्ट पुगेका रहेछन् र कसैको नियन्त्रण विना आफ्ना कामहरू गरिरहेका रहेछन् । परीक्षणका लागि बीऊ बाँढ्दा रहेछन् र कतिले परीक्षणका लागि औषधि बाँढ्दा रहेछन् कतिले । यी कुराहरूलाई हाम्रो पार्टीले नियन्त्रण गरोस् । ठूला प्रोजेक्टमा पनि विदेशी पैसा त आउने तर उतैतिरका इन्जिनियर र उतैतिरका मेशिन औजार किन्दा त्यो पैसा उतै जाँदो रहेछ । दिए जस्तो र बनाइदिए जस्तो हुने तर हाम्रो आर्थिक पक्ष कहिल्लै नसुध्रिने ! यो पनि भएको छैन । धन्यवाद ।
– महिलाकै पक्षमा कुरा गर्दा र व्यक्तिगत रूपमा मैले भन्नु पर्दा के चाहिँ सत्य हो भने, जबसम्म महिलाहरूले बच्चा जन्माउन छोड्दैनन् र जबसम्म पुरुषहरूको दूध आउन थाल्दैन तबसम्म महिला र पुरुष बराबर हुँदैनन् । यो हाम्रो एउटा नारा, बोलि खाने र लेखि खाने विषय मात्र हो । फेरि तीन प्रतिशत अधिकार पाएकी कान्छी मैना, तेत्तीस भन्दा बढी प्रतिशत अधिकार पाएकी माइली लेवेन्स्की र एक सय तेत्तीस प्रतिशत अधिकार पाएकी जेठी फुलन्देवीहरूको इतिहास हामीलाई थाहा नै छ ।
मलाई लाग्छ म बाँचुन्जेल समान अधिकार कहिल्लै हुँदैन तर हामीले हाम्रो पार्टीमा महिलाहरूको आस्था रहिरओस्, हामीलाई पत्याइरहुन् भन्नका लागि मात्र यी कुरा भनेकी हुँ । तर आशा चाहिँ के छ भने अलिक राम्रा नीतिहरू बनाएर कडाइका साथ पालना गर्ने, गराउने हो भने महिला हिंसा चाहिँ रोक्न सकिन्छ । उनीहरूलाई शिक्षित बनाउन चाहिँ सकिन्छ र स्वरोजगारोन्मुख चाहिँ बनाउँन सकिन्छ ।
– एकछिन् कमरेड सरिता ! कडा कारबाही भन्ने बित्तिकै मृत्युदण्डको कुरा गर्नुपर्छ । हाम्रो पार्टीले के पनि निर्णय गरोस् भने नयाँ संविधानमा मृत्युदण्डको व्यवस्था गर्ने कि नगर्ने ? हामीलाई के लाग्छ भने अब हामीले मृत्यु दण्डको कानून बनाउन लाग्यौं भने विश्वका मानवाधिकार पक्ष र राष्ट्रले विरोध गर्छन् तर त्यसो भन्दैमा चुप चाहिँ लाग्नु हुँदैन किनभने विश्वका ती सम्मृद्ध मुलुकहरू जो मृत्युदण्डको विरोध गर्छन्, उनीहरूको देशमा चाहिँ यो कानून अझसम्म पनि छदैंछ । सकिन्छ भने हाम्रो पार्टीले पनि यसको कुरा निकालोस् तरत्यस कानूनले हामीलाई चाहिं अप्ठ्यारोमा नपारोस् । बरु अन्य दलहरूले मानेनन् भनेर पछि नबनाएपनि हुन्छ । यो कानूनले आर्थिक पक्षलाई पनि समेट्छ किनकि भ्रष्टाचार एकदम कम हुन्छ । धन्यवाद ।
– कुरा उठाइहाल्नु भयो कमरेडले । हुन त यस विषयमा राजनैतिक र परराष्ट्र सम्बन्धी हेर्ने कमरेडहरूले कुरा गर्नुहुन्छ होला तर हाम्रो देश एउटा उपनिवेश राष्ट्र जस्तो भइरहेको छ । एउटा देशको स्पष्ट उपनिवेश उहिल्यै भइदिएको भए बरु आजसम्म स्वतन्त्र भइसक्थ्यो होला । तर अहिले आएर धेरै देशको सामूहिक उपनिवेश जस्तो भइरहेको छ । विकसित राष्ट्रहरूको ल्याबोरेटरी जस्तो भएको छ नेपाल । भाषिक उपनिवेश भएको छ, सांस्कृतिक र साहित्यिक उपनिवेश भएको छ । कृषि प्रधान देश अरे, कृषि क्षेत्रमा नै उपनिवेश भएको छ । एक वर्ष मात्र मल नआओस् त नेपालमा ! यी सब समस्याका समाधानका लागि पहिले त हाम्रौ पार्टीले प्रत्येक विषयमा दीगो सोच बनाउनु प¥यो र दीगो शिक्षाको शुरूवात् गर्नुप¥यो । धन्यवाद ।
– एकछिन् कमरेड ! शिक्षामा जति भद्रगोल शायद अन्य पक्षमा नहोला पनि । यस विषयमा हामीले पहिले देखी नै भनिरहेका छौं र अब पक्कै केही नयाँ काम गर्नुपर्छ । दशथरी विद्यालय र बीसथरी मास्टरका प्रकारलाई कसरी मिलाएर लाने भन्ने हाम्रो पार्टीले धारणा बनाउनु पर्दछ । धन्यवाद ।
– हाम्रा कुराहरू त ठीकै हुन् कमरेड, केही गर्नैपर्छ । तर राम्ररी बुझ्न थालियो भने हामीले पनि केही पनि गर्न सक्दैनौं । केही नगरी पनि बस्नु भएको छैन । आशा धेरै राखेका छन् यी जनताले हामीसँग । त्यसैले उनीहरूलाई हामीले नै क्रान्ति गरेर ल्याएको भान पर्ने खालका र दिन सकिने खालका कुराहरू दिइरहनुपर्छ । यी जनताहरू राजतन्त्र फाल्यौं भन्दा खुशी भएका छन् अहिले । अब राज, राजा, रोयल, शाही नाम गरेका सम्पूर्ण कुराहरू हटाउनु पर्छ । सकिन्छ भने राजधानी शब्द पनि हटाउनु पर्छ, यो पनि राजासँग सम्बन्धित छ । यी कुराहरू दिन सजिलो हुन्छ र हामीले दिएको जस्तो पनि हुन्छ । एक वर्षसम्म यसैले पुग्छ उनीइहरूलाई । अर्को वर्ष यस्तै केही अर्को कुरा दिनुपर्छ, संविधानका कुरा दिनुपर्छ ।
– अघि नै एकजना साथीले भनिहाल्नु भयो नि, एक्लै शासन चलाउन पो सजिलो हुन्छ, सबैसँग मिल्न गाह्रो हुन्छ । औपनिवेशिक समस्याबाट जनतालाई मुक्त पार्न पनि गाह्रो हुन्छ । आफ्नो देशमा केही छैन । छैन भनौं भने पानी छ तर बिजुली उत्पादन गर्ने साधन र व्यक्ति नै छैन । खानी छ तर खन्ने यन्त्र नै बनाउन जान्दैनौं हामी । दर्शन छ तर बुझ्नै सक्दैनौं हामी । अनि एकै चोटी के गर्ने ! सबैको समाधान सही शिक्षाले मात्र गर्न सक्छ तर त्यो पनि सजिलो छैन । संस्थागत र बोर्डिङ्गहरू भन्ने बित्तिकै उतातिरकै भाषा र संस्कृति पढाइन्छ । सार्वजनिक विद्यालयहरूका शिक्षकको तलव उतैबाट आउँछ, हामीले दिन सक्दैनौं । अनि जसले पैसा दिन्छ, त्यसैले भने अनुसारको पाठ्यक्रम र पाढ्यपुस्तक तयार पारेर पढाउनु परिगयो । भने जस्तो गरेनौं भने पैसा नदेला भन्ने डर छ । फेरि जागीर पनि बाँढ्नै छ कार्यकर्तालाई !
– माफ गर्नुस् कमरेड ! शिक्षमा पनि सकिदैंन, स्वास्थ्यमा पनि औषधि किन्दा पैसा विदेश जाने, लैङ्गिक समानता पनि नहुने, कृषिमा पनि सुधार गर्न नसकिने, भाषामा पनि थिचिएरै बस्नु पर्ने हो भने र हामीले पनि केही नयाँ कुरा दिन नसके त फेरि हाम्रै विरुद्ध क्रान्ति भइहाल्छ नि, दुइ–चार वर्षमा ! धन्यवाद ।
– केही गर्छौं भनिरहने । अलि अलि गर्दै पनि जाने । अब के गर्ने तपाईं नै भन्नुस् त । उहीलेदेखि राजनीति गर्दै आएका पार्टीहरूले त बल्ल यहाँसम्म ल्याइपु¥याए देशलाई भने हामीले पनि एकै चोटी के नै गर्न सकछौं र ? देश उही हो, उनीहरूका र हाम्रा जनता एउटै हुन्, एउटै खालको बुद्धि छ । उनीहरूलाई नै परिचालन गर्नुपर्छ जसरी पनि । क. कृष्णले एउटा विशेष योजना बनाएको छु भन्नुहुन्थ्यो, उहाँको पनि दुर्घटना भइहाल्यो । अब यस्तै हो । अन्तरक्रिया गर्दै रहनुपर्छ यसैगरी, नयाँ विचार ल्याउँदै गर्नुपर्छ, कार्यान्वयन गर्दै रहनु पर्छ । हाम्रा यी वर्षका युद्धमा जनताको रगतमात्रै हाम्रो पार्टीको भएको छ । जब यिनीहरूको शुक्र र बुद्धि पनि हाम्रै पार्टीको सिद्धान्तले बन्छ तब हामी जे पनि गर्न सक्छौं तर त्यसका लागि समय लाग्छ । बरु भरेतिर पत्रकारहरूले सोधे भने चाहिँ के भन्ने भनेर सबैले तयार रहनु पर्छ । सबैले एउटै कुरा बोल्नु पर्छ ।
दिनभरिको अन्तरक्रिया पश्चात् अन्त्यमा त्यसै दिनको रातमा त्यहाँ उपस्थित सम्पूर्ण कमरेडहरूका केही आफन्तलाई पनि त्यही होटलमा बोलाएर सामूहिक भोजको कार्यक्रम गर्ने निर्णय भयो ।

Comments
Post a Comment