Skip to main content

श्रुती, बाईस, भ्रष्ट मन

बाईस, भ्रष्ट मन

सफल क्रान्ति र  लोकतन्त्र प्राप्तिको प्रथम बिहानी पछि पनि धेरै पटक राता घाम उदाउँदै अस्ताउँदै गरिसके । देख्नेले लोकन्त्र पत्रिकामा देखेहोलान् र सुन्नेले लोकतन्त्र रेडियोमा सुने होलान् तर कृष्णकी आमा लगायत अन्य गाउँलेले देखेनन् पनि र सुनेनन् पनि ! गाउँलेलाई क्रान्ति र लोकतन्त्रको प्रत्यक्ष प्रभाव भनेको वार्षिक श्राद्धमा वृद्धि भएको थियो धेरै घरमा र पिण्ड दिने व्यक्तिको सङ्ख्या कमि भएको थियो कृष्णका जस्ता परिवारमा ।
आज कृष्णको दोस्रो वार्षिकी । वर्षे झरी शुरू भइसकेको थियो । बादल मडारिएको थियो आकाशमा । दरर्र आंशु दर्कियो आमाको आँखाबाट । ठूलो हावाको झोंकाले पानीलाई त पल्लो डाँडातिर पु¥याइदियो तर आकाश कालै थियो । विगतका वर्षहरूमा भन्दा छिट्टै र बढी मनसुन भित्रीसकेकको थियो उनको मनमा । नबेचि राखेको एउटा मात्र घरबारी पनि बगाउला कि जस्तो लाग्यो ।
बाहिर आँगनमा आएर उँभो आकाशतिर हेरिन् । आफ्नै मनलाई देखिन्, आफ्नै मनलाई सुनिन् र छिटो छिटो भल काट्न गइन् बरको फेदतिर । तिनै बरका पुराना पुस्ताका पातहरूले कुलो छोपिएको थियो । रूखतिर हेरिन् । नयाँ पुस्ताका मनग्गे पातहरूले पालुवा फेरिसकेका थिए ।
खसेका पत्कर हातमा लिएर रामका बुबालाई संझिइन् । माथि आकाशका पालुवालाई देखेर रामलाई संझिइन् । सोचिन् ः धन्न तिमी बर, मान्नै पर्छ तिमीलाई र पुज्नै पर्छ तिमीलाई । मेरा त दुई पुस्ता मात्रै हो । फरक यत्ति हो कि अब मेरो नयाँ पालुवाको सम्भव छैन । आखिर समयको अन्तर सँगै सबैले चल्नु नै पर्ने रहेछ । कुलो बनिँदै गयो । मन पनि बुझिँदै गयो र मनसुन पनि बुझिँदै गयो समयसँगै, समयको अन्तर सँगै र कालान्तर सँगै ।
घरमा आएर त्यही भित्ताको कालान्तरलाई पल्टाइन् । असार देखिए ठूला अक्षरमा ।
– असारमा छोरीहरूलाई भ्याई नभ्याई हुन्छ ।
– साउन । साउने सक्रान्तीमा ....... ।
– भदौ । भदौको तीन चारतिर बोलाउनु प¥यो छोरीहरूलाई । तीजमा बोलाए जस्तो पनि हुन्छ र अलिक दिन् बस्छन् पनि । फुर्सदिला नै हुन्छन् त्यतिखेर । त्यहीबेलामा कुरा गर्नु प¥यो आश्रम बनाउने ।
एक्लै फत्फताउँदै थिइन् उनी ।
– के हेर्दै हुनुहुन्छ भाउजू ?
– ए ! के हेर्नु नि ? कति गते तीज पर्दो रहेछ यो वर्ष भनेर हेर्दै थिएँ । छोरीहरूलाई लिन पठाउनु प¥यो भन्ने सोच्दै थिएँ । रामको नाममा आश्रम बनाउने भनेको पनि दुई वर्ष बितिसक्यो । यसो सल्लाह पनि गरौं भनेको ।
– अँ । अस्ति पल्ला घरतिर पनि कुरा सुन्दैथिएँ । आ ..... भाउजू । झरी चाहिँ सकियोस् है । गाउँका मान्छेपनि फुर्सदिला हुन्छन्, कर्मी पनि भेटिन्छन् अनि शुरू गर्नु पर्छ ।
– लौ है नानी । तपाईं त हिँडिरहनु हुन्छ । यसो मान्छे भेटेका बेलामा खबर गरिदिनू ।
– भइहाल्छ नि । अनि रामका साथीहरूलाई भेटेर खबर गर्न पाए हुन्थ्यो ।
– खै कसरी भेट्नु र ?उनीहरू आउँदैनन् यता । म कता जानु र ?
– आ..... भाउजू । पहिले त्यत्रा आएर रातारात खान्थे, बस्थे अहिले कोही आउँदैनन् । यिनले केही पनि गर्दैनन् हाम्रालागि ।
– होइन नानी, गर्लान् है केही त । देश र जनताका लागि केही गर्छौं भनेर नै यत्रो गरे ।
– आ..... भाउजू । दाइ मरेर भाइ नेता भएका, लोग्ने मरेर स्वास्नी नेता भएका, कोही नभएर समानुपातिकमा परेका छन् नेताहरू । अहँ, के गर्लान् र खै । बुद्धि यही हो तिनीहरूको ।
– एक दुई वर्ष अझै हेरौं न नानी । नयाँ कुरा त गर्दै छन् नि, अलि अलि ।
– आ ..... भाउजू । अस्ति सुन्नु भएन समचार । आफूचाहिँ त्यत्रो खाँदा रहेछन् । बरू एउटा राजाले भ्रष्टाचार गर्दा एक पटकमा एक करोड त गर्थे होला । यत्रा छन् अहिले । यी सबले एक एक करोड खाए भने सक्दैनन् त देशलाई ।

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...