लघुकथा : मुस्ताङ चिया कम्पनी - आत्माराम न्यौपाने, भोजपुर - बाबा ! म दुई चार वर्ष मुस्ताङ गएर बस्नु पर्यो है ? - पर्दैन जानू । किन जानु पर्यो त्यहाँ ? - एउटा व्यवसाय गर्नुपर्यो बाबा, एउटा कम्पनी खोल्नु पर्यो त्यहाँ गएर । - व्यवसाय गर्न त्यहाँका मान्छे यता आउँछन्, तँ चाहिँ यहाँबाट मुस्ताङ ! पर्दैन केको कम्पनी खोल्ने नि त्यहाँ गएर ? - मुस्ताङ चिया कम्पनीको कागजात तयार पारेको छु अहिले । हेरौँ अरू पनि केही हुनसक्छ । - तेरो टाउको ! ती सुख्खा डाँडामा के चिया कम्पनी खोल्छस् ? फेरि तँ विज्ञानको विद्यार्थी के व्यापार गर्छस् ? - त्यो त कम्पनीको नाम पो त बाबा ! त्यहाँ गएर एक दुई ओटा परीक्षण गरेर आउनु छ खासमा । त्यता भए फराकिला ठाउँ छन्, यसो अलिअलि पैसा दिए मान्छे मानिहाल्छन्, पुलिस पत्रकार पनि पुग्दैनन्, छ के धेरै फाइदा छ त्यता । तपाइँलाई धुवाँको एलर्जी पनि छ यता । - योजना चाहिँ के छ तेरो ? सुना त ल । - खासमा मलाई रामको जस्तै तीर बनाएर परीक्षण गर्नु छ के बाबा ! मारी सकेपछि फर्किएर आफ्नै हातमा आउने खालका । - हावा कुरा नगर । ती दन्ते कथा हुन्, त्यस्तो हुन्न । - परिक्षण नै नगरी कसरी हुन्न भन्न...
Collection of English articles, Nepali essays, Nepali stories and other writings