Skip to main content

लघुकथा: MCC

 लघुकथा : मुस्ताङ चिया कम्पनी

- आत्माराम न्यौपाने, भोजपुर
- बाबा ! म दुई चार वर्ष मुस्ताङ गएर बस्नु पर्यो है ?
- पर्दैन जानू । किन जानु पर्यो त्यहाँ ?
- एउटा व्यवसाय गर्नुपर्यो बाबा, एउटा कम्पनी खोल्नु पर्यो त्यहाँ गएर ।
- व्यवसाय गर्न त्यहाँका मान्छे यता आउँछन्, तँ चाहिँ यहाँबाट मुस्ताङ ! पर्दैन केको कम्पनी खोल्ने नि त्यहाँ गएर ?
- मुस्ताङ चिया कम्पनीको कागजात तयार पारेको छु अहिले । हेरौँ अरू पनि केही हुनसक्छ ।
- तेरो टाउको ! ती सुख्खा डाँडामा के चिया कम्पनी खोल्छस् ? फेरि तँ विज्ञानको विद्यार्थी के व्यापार गर्छस् ?
- त्यो त कम्पनीको नाम पो त बाबा ! त्यहाँ गएर एक दुई ओटा परीक्षण गरेर आउनु छ खासमा । त्यता भए फराकिला ठाउँ छन्, यसो अलिअलि पैसा दिए मान्छे मानिहाल्छन्, पुलिस पत्रकार पनि पुग्दैनन्, छ के धेरै फाइदा छ त्यता । तपाइँलाई धुवाँको एलर्जी पनि छ यता ।
- योजना चाहिँ के छ तेरो ? सुना त ल ।
- खासमा मलाई रामको जस्तै तीर बनाएर परीक्षण गर्नु छ के बाबा ! मारी सकेपछि फर्किएर आफ्नै हातमा आउने खालका ।
- हावा कुरा नगर । ती दन्ते कथा हुन्, त्यस्तो हुन्न ।
- परिक्षण नै नगरी कसरी हुन्न भन्नु । डोरीले हुत्याएको भरमा भित्री भागमा बारूद सहित भएको तीर अगाडि जान्छ र मार्छ, अब त्यही बेला टुप्पाबाट बारुद बाल्न सकेँ भने त फर्किएर आउन पनि सक्छ नि ! परीक्षणका क्रममा अलिअलि सोझासाझा जनावर मर्लान् त्यो बेग्लै कुरा हो ।
- अरू पनि केही छ कि भन्न ?
- छ नि । सुदर्शन चक्रको पनि परीक्षण गर्नु छ बारुद हालेर । जाँदा सुल्टो घुम्दै जाओस्, काम सकेर आउँदा उल्टो घुम्दै आओस् । आधा बाङ्गो बुमर्याङ त फर्किन्छ भने, पूर्ण गोलो चक्र कसो नफ़र्किएला ! सफल नै भएँ भने त्यहाँबाट अलिक टाढा उत्तर दक्षिणमा पनि प्रहार गर्न मिल्छ, जान्छु है बाबा !
- ल जा जा तर होशियार हुनू नि ।
- आहा ! मेरो मुस्ताङ चिया कम्पनी (एम् सी सी) पास भयो !!

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...