Skip to main content

कार्यमूलक अनुसन्धान

 कार्यमूलक अनुसन्धान

अनुसन्धानकर्ता: आत्माराम न्यौपाने

तह: आधारतभुत

श्रेणी: तृतीय

कर्मचारी सङ्केत नम्बर: १५३५५८  

विद्यालय: श्री चण्डेनी मा. वि., मण्डन देउपुर नगरपालीका- ११, काभ्रे

 

शीर्षक:

लक डाउन (बन्दाबन्दी) मा कसरी विद्यार्थीको पठनपाठन सीपलाई निरन्तरता दिने .

 

पृष्ठभूमि:

कोभिड १९ का कारण विश्व नै आक्रान्त भएको समयमा नेपालजस्तो अविकशित मुलुक झन् विकराल अवस्थामा पुगेको छ . सामाजिक, भौतिक, आर्थिक र राजनैतिक पक्षमा विकास प्राय: शून्य अवस्थामा रहेको बेला दैनिक प्रतक्षरूपले शैक्षिक क्रियाकलाप हुन सकिरहेको छैन . विद्यालयहरू कोरोनाको कारणले बन्द रहेका छन् .

 

समस्याको कथन:

विद्यालय बन्दका कारण शिक्षक र विद्यार्थीहरू भौतिकरूपले एकै ठाउँमा भेला हुन पाएका छैनन् . अत: यो समस्या समाधानकोलागि र विद्यार्थीहरूको पढाई लेखाई सीपलाई निरन्तरता दिनकोलागि यो कार्यमूलक अनुसन्धान तयार पारिएको हो .

 

सम्भावित विकल्पहरूको सूची:

ü विद्यार्थीहरूको घरघरमा गएर सिकाउने .

ü विद्यार्थीहरूको सानो समूह बनाएर टोलटोलमा गएर सिकाउने .

ü विद्यार्थीहरूलाई Interent को माध्यमबाट सिकाउने .

ü विद्यार्थीहरूलाई Phone को माध्यमबाट सिकाउने .

ü विद्यार्थीहरूलाई विद्यालय खुलेपछि मात्र सिकाउने .

 

उत्तम विकल्पको छनौट:

उल्लिखित विकल्पहरू मद्धे, विद्यार्थीहरूलाई Phone को माध्यमबाट सिकाउने विकल्प सही हुने निर्णय गरियो किनकी घरघर / टोलटोलमा जान असम्भव छ, Internet मा सबै विद्यार्थीको पँहुच छैन र विद्यालय खुलुन्जेलमा विद्यार्थीहरूको पठन/लेखन सीप धेरै खस्किई सकेको हुनेछ .

 

कार्यान्वयन:

विद्यालय प्रशासनबाट प्रत्येक विद्यार्थीको फोन नम्बर लिएर विद्यार्थीका अभिभावक र विद्यार्थीहरूसँग प्रत्तक्ष फोनवार्ता गरी साप्ताहिकरूपमा दिएको पढ्ने र लेख्ने गृहकार्य हप्ताको एक दिन फोनबाटै बुझ्दा गरेको पाइयो .

 

प्रतिविम्बन:

यो विकल्प सर्वोत्तम विकल्प भएको सावित भयो . विद्यार्थीहरूले बन्दाबन्दीको समयामा पनि घरमै बसेर सामान्य पढाई लेखाई गर्ने बानीको निरन्तरता दिएको पाइयो .

 

 

 

 

         

 

 

 

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...