Skip to main content

आर्मी परीक्षा (Nepali Story)


आर्मी परीक्षा

निश्पट्ट रात थियो जङ्गलको बाटो थियो त्यसमाथी झन सिमसिम पानी परिरहेको थियो खोलो तर्न सक्ने कुरै थिएन बाटाको भलबाट जोगिएर, लुकेर जानु पर्ने आपत परेको थियो हामी सबैलाई

नपु¥याई पनि भएको थिएन त्यत्रो मेहनत परेको थियो हाम्रो दिनभरको जङ्गलको ओह्रालो बाटो गएका थियौँ बाटामा हिड्ने मान्छेबाट जोगिँदै, पाइतालाको चाल सुन्दै त्यहाँसम्म पुगेका थियौँ

फेरि त्यो जङ्गलमा ठूला खतरा जङ्गली जनावर पनि हुन्छन् भन्ने सुनेका थियौँ नगई पनि भएको थिएन कहिलेसम्म हामीले चाहीँ हेपिएर, दमित भएर बस्नु ? कहिलेसम्म अरुले दिएको खानु ? यो हाम्रो लागि एक प्रकारको परीक्षा थियो हाम्रातर्फबाट अलिकति गल्ति भए सबै भताभुङ्ग हुन्थ्यो हाम्रो काम सफल हुँदैन थियो मरेर, मरेर त्यहाँसम्म पुगेका थियौँ खानु पिउनु भएका थियौँ हामीहरु, रुनु हाँस्नु भएका थियौँ

पक्कै त्यतै भन्ने पूर्ण संकेत हामीले पाएका थियौँ जङ्गल काटेर पनि गाउँ आउन लागि सक्यो तर उसको घर फेला पार्न सकेनौँ जङ्गलकै पुछारमा भन्ने मात्र सुनेका थियौँ

दिनभरि खोज्यौँ यता जान्छौँ, उता जान्छौँ, खोज्छौँ कहिँ भेट्दैनौँ गलि सक्यौँ, भोक पनि लागरथ्यो, तर के गर्नु, भेटे पो ! उसको घर खोज्दै दिन बित्न लागिसक्यो

बल्ल बल्ल साँझतिर घर चाहिँ पत्ता लगायौँ अब झन् होसियारीपूर्वक काम गर्नु थियो असली कमिलाले फट्याङ्ग्रो मार्नु अघिको तयारी जस्तो तयारी ¥यौँ सबैजनाले हातेसाङ्लो बनाएर, लाइन लाएर घर घे¥यौँ पहिले चाल मारेर घे¥यौँ उसको घर बिस्तारै ढोकातिर गएर यसो टाउको अलिकति ठाडो पारेर हेरेको , त्यहीं ढोकैनेर बसेको रहेछ, आफ्नो पुरानो घर भित्र

पनि भाग्दा भाग्दा गलेर थाकेजस्तो देखिन्थ्यो यो जङ्गलको छेऊको पुरानो घरमा को नै आउला मेरो दुश्मन भन्दै ढुक्कले निदाएको जस्तो देखिन्थ्यो उसलाई छनक पनि थिएन कि उसको काल आफ्नै घर वरिपरि आइपुगिसकेको भनेर एकैछिन् हामी पनि त्यसै चुपचाप लागेर बस्यौँ अझ मस्त निदाएपछि हामीलाई पनि आफ्नो काम गर्न सजिलो हुन्थ्यो

एकछिन पछि हामीले बिस्तार बिस्तार घेरा दह्रो पार्दै गयौँ दोहोरो लाइन बनायौँ एउटा उसको घर नजिकै अर्को अलिक पर एक जनाले इसारा गर्ने बित्तिकै जाइलाग्ने सल्लाह भयो नभन्दै अक्रमणको सङ्केत आयो कमाण्डो फोर्सको तरिकाले एकैपटक आक्रमण ¥यौँ हामी एक दुई जनालाई पछारी हाल्यो उसले पनि भाग्न भनेर उफ्रिहाल्यो तर अर्को लाइन पनि थियो हाम्रो अलिक पर भुइँमुनि लुकेर बसेका थिए अरु साथीहरु उनीहरुले त्यहीँ समातिहाले हामी पनि फेरि त्यहीँ पुग्यौँ मिसियौँ

मुड्कीले, लात्तिले, टोकेर, चिमोटेर जसरी भएपनि उसलाई मा¥यौँ डामैडाम पा¥यौँ उसको शरीर भरी मुखमा हान्दा हान्दा उसको दाँत सुनिएर यत्रो भएको थियो गर्दन चुडिनै लागेजस्तो थियो भोकका सुरमा कहाँ कहाँ हानियो पत्तै भएन   पिल्लिएर होला रगत पनि कस्तो कस्तो भएको थियो वरिपरि

त्यति दुःख गरेर मा¥यौँ हामीले अरुले थाहा पाए हाम्रो ज्यान गयो ! फेरि हामीलाई कमाण्डो फोर्समा पनि राख्दैन थिए समय त्यही हो अहिलेको जस्तो थिएन जतिखेर पनि गस्ति हुन सक्थ्यो तर राति नै भइसकेको हुनाले हामीलाई मान्छेको डर थिएन अब कोहिको डर थियो भने उही जङ्गलको चिप्लो उकालो बाटो, भल ठूला जङ्गली जनावरको थियो

लास हो, नलगौँ , यहीँ पुरपार गरेर जाऔँ भन्न पनि नहुने थियो उता अड्डामा हामीलाई पर्खिरहेका थिए हामीले पनि जसरी भएपनि उसको लास यहीँ ल्याएर देखाई छोड्नेछौँ भनेको थियौँ हाम्रा चिफहरुलाई पनि हाम्रो कामको प्रमाण चहिएको थियो यति नगरी हामीलाई कमाण्डो फोर्समा भर्ती नै नगर्ने कुरा थियो त्यो बेला हामीले जसरि पनि हाम्रो साहस, सोच काम देखाउनु नै पर्ने थियो

अरु केही गर्ने उपाए नै थिएन सबैजनाले घिसा¥यौँ तान्यौ उकालोतिर साथीहरु दुई दुई जना मिलेर पालैपालो बोकौँ भन्दैथिए मैले नै मानिन के को लासलाई बोकि रहने, घिसारेरै लगौँ भनें उनीहरुले पनि हुन्छ भने कसैले एउटा खुट्टामा, कसैले हातमा समातेर घिसा¥यौँ रातिउँधो

अलिक माथि आइपुगेका थियाँै जे सोचेका थियौँ त्यही भइदियो ठूलो भल आयो गल्लीमा त्यो नतरी घर पुग्न सकिदैन थियो अर्को बाटो जाउँ भने रातभरिमा पनि घर पुगिदैन फेरि मुलबाटोमा हिँड्दा अरुको डर हुन्थ्यो धेरै बेरसम्म भल हेर्दै त्यहिँ बस्यौँ पानी विदो भएको एक घण्टासम्म भल थियो त्यो सकिएपछि बल्ल बल्ल कटायौँ हाम्रो एकजना साथी झण्डै बगेको थियो बगेको मात्र भए सकिन्थ्यो केही उपाय नै थिएन राति कता खोज्नु त्यो धमिलो पानीमा, अनि त्यही नेरको छाँगोमा

पाखाको ठूलो ढुङ्गो, चौतरानेरको चेप्टो ढुङ्गो यहाँ माथिको चिप्ली खेल्ने ढुङ्गामा उसलाई तान्दा हाम्रो सास नै झण्डै गइरथ्यो जे होस्, भगवानको कृपाले अर्को दिनको बिहानी हुनै लाग्दा हामी अड्डा आइपुग्यौँ मरेर घर ल्याइपु¥यायौँ उसलाई अड्डा पुगेर हाम्रो पौरखको प्रमाण देखाउँदा सबैजना खुशी भए सवैभन्दा बढी खुशी हामी भन्दा कमजोर अशक्तहरु भए तिमीहरुको बाबाले परर तालि नै बजायो ठूला चिफले तत्काल हामीलाई कमाण्डो फोर्सको जागिरमा सिफारिस गरे त्यो दिनभीर भव्य भोज ¥यौँ हामीले मन परेका कुरा रोजी रोजी खायौँ

नाति नातिनाहरुलाई बूढो कमिलाले आफूले जमानामा फट्याङ्ग्रो मारेर घर ल्याएको पौरख सुनाउँदा सुनाउँदै कतिखेर उनीहरु निदाएछन् थाहा नै पाएनछ सोध्यो, होइन तिमीहरु निदाइसक्यौ ? कोही बोलनन् निकैवेरपछि सानो नाति बोल्यो हजरबुबा ! त्यत्रो दुःख गरेर, मारेर ल्याएको आफैँले खानलाई पो रहेछ है ?

Comments

Post a Comment

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...