आर्मी परीक्षा
निश्पट्ट
रात थियो । जङ्गलको बाटो
थियो । त्यसमाथी झन
सिमसिम पानी परिरहेको थियो । खोलो तर्न
सक्ने कुरै थिएन । बाटाको भलबाट
जोगिएर, लुकेर जानु पर्ने आपत परेको थियो हामी सबैलाई ।
नपु¥याई पनि भएको थिएन । त्यत्रो मेहनत
परेको थियो हाम्रो । दिनभरको जङ्गलको
ओह्रालो बाटो गएका थियौँ । बाटामा हिड्ने
मान्छेबाट जोगिँदै, पाइतालाको चाल सुन्दै त्यहाँसम्म पुगेका थियौँ ।
फेरि
त्यो जङ्गलमा ठूला र खतरा जङ्गली
जनावर पनि हुन्छन् भन्ने सुनेका थियौँ । नगई पनि
भएको थिएन । कहिलेसम्म हामीले
चाहीँ हेपिएर, दमित भएर बस्नु ? कहिलेसम्म अरुले दिएको खानु ? यो हाम्रो लागि
एक प्रकारको परीक्षा थियो । हाम्रातर्फबाट अलिकति
गल्ति भए सबै भताभुङ्ग
हुन्थ्यो । हाम्रो काम
सफल हुँदैन थियो । मरेर, मरेर
त्यहाँसम्म पुगेका थियौँ । खानु न
पिउनु भएका थियौँ हामीहरु, रुनु न हाँस्नु भएका
थियौँ ।
ऊ
पक्कै त्यतै छ भन्ने पूर्ण
संकेत हामीले पाएका थियौँ । जङ्गल काटेर
पनि गाउँ आउन लागि सक्यो तर उसको घर
फेला पार्न सकेनौँ । जङ्गलकै पुछारमा
छ भन्ने मात्र सुनेका थियौँ ।
दिनभरि
खोज्यौँ । यता जान्छौँ,
उता जान्छौँ, खोज्छौँ । कहिँ भेट्दैनौँ
। गलि सक्यौँ, भोक पनि लागरथ्यो, तर के गर्नु,
भेटे पो ! उसको घर खोज्दै दिन
बित्न लागिसक्यो ।
बल्ल
बल्ल साँझतिर घर चाहिँ पत्ता
लगायौँ । अब झन्
होसियारीपूर्वक काम गर्नु थियो । असली कमिलाले
फट्याङ्ग्रो मार्नु अघिको तयारी जस्तो तयारी ग¥यौँ ।
सबैजनाले हातेसाङ्लो बनाएर, लाइन लाएर घर घे¥यौँ
पहिले । चाल मारेर
घे¥यौँ उसको घर । बिस्तारै
ढोकातिर गएर यसो टाउको अलिकति ठाडो पारेर हेरेको त, ऊ त्यहीं
ढोकैनेर बसेको रहेछ, आफ्नो पुरानो घर भित्र ।
ऊ
पनि भाग्दा भाग्दा गलेर थाकेजस्तो देखिन्थ्यो । यो जङ्गलको
छेऊको पुरानो घरमा को नै आउला
र मेरो दुश्मन भन्दै ढुक्कले निदाएको जस्तो देखिन्थ्यो । उसलाई छनक
पनि थिएन कि उसको काल
आफ्नै घर वरिपरि आइपुगिसकेको
छ भनेर । एकैछिन् हामी
पनि त्यसै चुपचाप लागेर बस्यौँ । ऊ अझ
मस्त निदाएपछि हामीलाई पनि आफ्नो काम गर्न सजिलो हुन्थ्यो ।
एकछिन
पछि हामीले बिस्तार बिस्तार घेरा दह्रो पार्दै गयौँ । दोहोरो लाइन
बनायौँ । एउटा उसको
घर नजिकै र अर्को अलिक
पर । एक जनाले
इसारा गर्ने बित्तिकै जाइलाग्ने सल्लाह भयो । नभन्दै अक्रमणको
सङ्केत आयो । कमाण्डो फोर्सको
तरिकाले एकैपटक आक्रमण ग¥यौँ ।
हामी एक दुई जनालाई
त पछारी हाल्यो उसले पनि । भाग्न भनेर
उफ्रिहाल्यो तर अर्को लाइन
पनि थियो हाम्रो अलिक पर । भुइँमुनि
लुकेर बसेका थिए अरु साथीहरु । उनीहरुले त्यहीँ
समातिहाले । हामी पनि
फेरि त्यहीँ पुग्यौँ र मिसियौँ ।
मुड्कीले,
लात्तिले, टोकेर, चिमोटेर जसरी भएपनि उसलाई मा¥यौँ ।
डामैडाम पा¥यौँ उसको
शरीर भरी । मुखमा हान्दा
हान्दा उसको दाँत सुनिएर यत्रो भएको थियो । गर्दन त
चुडिनै लागेजस्तो थियो । भोकका सुरमा
कहाँ कहाँ हानियो पत्तै भएन । पिल्लिएर
होला रगत पनि कस्तो कस्तो भएको थियो वरिपरि ।
त्यति
दुःख गरेर मा¥यौँ हामीले
। अरुले थाहा पाए हाम्रो ज्यान गयो ! फेरि हामीलाई कमाण्डो फोर्समा पनि राख्दैन थिए । समय त्यही
हो अहिलेको जस्तो थिएन । जतिखेर पनि
गस्ति हुन सक्थ्यो । तर राति
नै भइसकेको हुनाले हामीलाई मान्छेको डर थिएन ।
अब कोहिको डर थियो भने
उही जङ्गलको चिप्लो उकालो बाटो, भल र ठूला
जङ्गली जनावरको थियो ।
लास
न हो, नलगौँ न त, यहीँ
पुरपार गरेर जाऔँ भन्न पनि नहुने थियो । उता अड्डामा
हामीलाई पर्खिरहेका थिए । हामीले पनि
जसरी भएपनि उसको लास यहीँ ल्याएर देखाई छोड्नेछौँ भनेको थियौँ । हाम्रा चिफहरुलाई
पनि हाम्रो कामको प्रमाण चहिएको थियो । यति नगरी
हामीलाई कमाण्डो फोर्समा भर्ती नै नगर्ने कुरा
थियो त्यो बेला । हामीले जसरि
पनि हाम्रो साहस, सोच र काम देखाउनु
नै पर्ने थियो ।
अरु
केही गर्ने उपाए नै थिएन ।
सबैजनाले घिसा¥यौँ र तान्यौ उकालोतिर
। साथीहरु त दुई दुई
जना मिलेर पालैपालो बोकौँ भन्दैथिए । मैले नै
मानिन । के को
लासलाई बोकि रहने, घिसारेरै लगौँ भनें । उनीहरुले पनि
हुन्छ भने र कसैले एउटा
खुट्टामा, कसैले हातमा समातेर घिसा¥यौँ रातिउँधो ।
अलिक
माथि आइपुगेका थियाँै । जे सोचेका
थियौँ त्यही भइदियो । ठूलो भल
आयो गल्लीमा । त्यो नतरी
घर पुग्न सकिदैन थियो । अर्को बाटो
जाउँ भने रातभरिमा पनि घर पुगिदैन ।
फेरि मुलबाटोमा हिँड्दा अरुको डर हुन्थ्यो ।
धेरै बेरसम्म भल हेर्दै त्यहिँ
बस्यौँ । पानी विदो
भएको एक घण्टासम्म भल
थियो । त्यो सकिएपछि
बल्ल बल्ल कटायौँ । हाम्रो एकजना
साथी झण्डै बगेको थियो । बगेको मात्र
भए सकिन्थ्यो । केही उपाय
नै थिएन । राति कता
खोज्नु त्यो धमिलो पानीमा, अनि त्यही नेरको छाँगोमा ।
पाखाको
ठूलो ढुङ्गो, चौतरानेरको चेप्टो ढुङ्गो र यहाँ माथिको
चिप्ली खेल्ने ढुङ्गामा उसलाई तान्दा हाम्रो सास नै झण्डै गइरथ्यो
। जे होस्, भगवानको
कृपाले अर्को दिनको बिहानी हुनै लाग्दा हामी अड्डा आइपुग्यौँ । मरेर घर
ल्याइपु¥यायौँ उसलाई । अड्डा पुगेर
हाम्रो पौरखको प्रमाण देखाउँदा सबैजना खुशी भए । सवैभन्दा
बढी खुशी हामी भन्दा कमजोर र अशक्तहरु भए
। तिमीहरुको बाबाले त परर तालि
नै बजायो । ठूला चिफले
तत्काल हामीलाई कमाण्डो फोर्सको जागिरमा सिफारिस गरे । त्यो दिनभीर
भव्य भोज ग¥यौँ हामीले
। मन परेका कुरा
रोजी रोजी खायौँ ।
नाति
नातिनाहरुलाई बूढो कमिलाले आफूले जमानामा फट्याङ्ग्रो मारेर घर ल्याएको पौरख
सुनाउँदा सुनाउँदै कतिखेर उनीहरु निदाएछन् थाहा नै पाएनछ ।
सोध्यो, होइन तिमीहरु निदाइसक्यौ ? कोही बोलनन् । निकैवेरपछि सानो
नाति बोल्यो ः हजरबुबा ! त्यत्रो
दुःख गरेर, मारेर ल्याएको त आफैँले खानलाई
पो रहेछ है ?
a bit satirical
ReplyDelete