Skip to main content

Posts

कार्यमूलक अनुसन्धान

  कार्यमूलक अनुसन्धान अनुसन्धानकर्ता: आत्माराम न्यौपाने तह: आधारतभुत श्रेणी: तृतीय कर्मचारी सङ्केत नम्बर: १५३५५८   विद्यालय: श्री चण्डेनी मा. वि. , मण्डन देउपुर नगरपालीका- ११ , काभ्रे   शीर्षक: लक डाउन (बन्दाबन्दी) मा कसरी विद्यार्थीको पठनपाठन सीपलाई निरन्तरता दिने .   पृष्ठभूमि : कोभिड १९ का कारण विश्व नै आक्रान्त भएको समयमा नेपालजस्तो अविकशित मुलुक झन् विकराल अवस्थामा पुगेको छ . सामाजिक , भौतिक , आर्थिक र राजनैतिक पक्षमा विकास प्राय: शून्य अवस्थामा रहेको बेला दैनिक प्रतक्षरूपले शैक्षिक क्रियाकलाप हुन सकिरहेको छैन . विद्यालय हरू कोरोनाको कारणले बन्द रहेका छन् .   समस्याको कथन: विद्यालय बन्दका कारण शिक्षक र विद्यार्थीहरू भौतिकरूपले एकै ठाउँमा भेला हुन पाएका छैनन् . अत: यो समस्या समाधानकोलागि र विद्यार्थीहरूको पढाई लेखाई सीपलाई निरन्तरता दिनकोलागि यो कार्यमूलक अनुसन्धान तयार पारिएको हो .   सम्भावित विकल्पहरूको सूची: ü विद्यार्थीहरूको घरघरमा गएर सिकाउने . ü विद्यार्थीहरूको सानो समूह बनाएर टोलटोलमा गएर सिकाउने . ü...

प्रिय बेहुलीहरू

  चैत्रको तेस्रो बुधबार , २०७७ गोगने , भोजपुर       आगामी वर्षका सम्भावित प्रिय बेहुलीहरू ! शुभाशीर्वाद र गच्छे अनुसारको दर्ज्यानी नमस्कार ! असीम माया पनि । छयालीस सालपछि पहिलोपटक चिठी लेख्दैछु , हात पर्यो भने भाषा मिलाएर पढ़िदिनूहोला । खासमा यो चिठी मैले तिम्रो अभिभावक र शुभचिन्तक बनेर लेखेको हो किनकी कतिपय बुबा आमालाई यो कुरा तिमीलाई भन्न मन लागेको हुन्छ तर भन्न सकिरहनु भएको हुँदैन । यो पोस्ट देखेपछि त सेयर र म्यासेन्जराबाट भए पनि तिमीसम्म आइपुग्ला भन्ने आशा गरेको छु ।       यता सबै ठिकै छ । त्यता कस्तो छ ? ठिकै होला भन्ने कामना गर्दछु । अनि ? आगामी वर्षबाट त नयाँ जीवनसाथीसँग नयाँ जीवन बिताउने कुरो सुनेँ । खुशी लाग्यो र यो पत्र कोर्न जाँगर गरेको हुँ । हुन त तिम्रो बिहेमा म किन खुशी हुनु र तैपनि पैला गइनछौ , रितिथिति र परम्परा तोडिनछौ , बा आमालाई रुवाइनछौ । खुशी नै छु । साँची २० त कट्यौ होइन ? नकटेको भए त कुनै छुसीले बिहेको दिनमा नै पुलिसलाई खबर गरिदेला र नाचाहिँदो लफडा होला है घरमा ! त्यस्तो हुनु भन्दा त बरु एक दुई वर्ष प...

मलाई गाउँ जान मन लागेको छ

  गफगाफ: मलाई गाउँ जान मन लागेको छ - आत्माराम न्यौपाने      बिहान झिसमिसेमा आँखा खुल्नु भन्दा अगाडि सपनामा हो कि बिपनामा थाहा नहुने गरी रेडियोमा बजेको धूनजस्तो त खासमा करेसाबारीमा पाकेका खोर्सानीका बियाँ खान आएका रुप्पीको र हिजो बेलुका खोलेको भाँडोमा हाल्दा पोखिएको सितासिती खान आएका भँगेराको पो रहेछ भन्दै छ्याङ्ग ब्यूँझिन मलाई गाउँ जान मन लागेको छ ।       ब्यूँझिई सकेपछि पनि तल्लापट्टीको झ्यालका हावा मात्र छिर्ने मसिना प्वालबाट सुइराजस्ता घामका किरणहरू छिरेर सीधै म र परको भित्तासम्म पुगेको हेर्न र तिनमा अझ भरखर चुलोमा बालेको खोयाको धुँवा आउँदै, गुडुल्की मार्दै, जाँदै गर्दा सुतिसुती आफ्ना हातले तिनको बाटो छेक्दै, छोड्दै फेरि छेक्दै, छोड्दै गर्न मलाई गाउँ जान मन लागेको छ ।      अझ कसैले उठ् नभनुञ्जेलसम्म उत्तानो परेर आफू माथिका लामा, छोटा, कोर्खे, सीधा, ताछेका, नताछेका, काला जम्मै दलिनहरू वरदेखि परसम्म र फेरि परदेखि वरसम्म गन्न; निदालका प्रत्येक चेपमा घुसारेका तोस्रो, फेर्नकालागि राखिएको कोदालीको बिँड, खै कसक...

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...