पाँच मिनेटको प्रेम (लघुकथा) बाग बजार, पुतलीसडक, रत्नपार्कतिर दिनभर घुम्दा घुम्दा र एउटा पनि काम नबन्दा म लखतरान भएको थिएँ । गर्मी पनि उस्तै थियो त्यो दिन । मान्छेको भीड उस्तै थियो सडकतिर र गल्लीतिर । चैत वैशाखका दिन न हुन् । सारै लामो लाग्यो त्यो दिन मलाई अझ । सायद काम नबनेर पनि हुन सक्छ । बेलुका पाँच बजे धुलिखेल फर्किने तयारी गरेँ । सडक छेउमा पोलेका मकै खाँदै हिँड्दा कतिखेर बसपार्क आईपुगेँछु थाहै भएन । “दाइ धुलिखेल हो, यता है यता” “पहिले यो जान्छ है” यस्तै भन्दै थिए सहचालकहरु । आफूलाई भने धुलो धुवाँ र थकानले दिक्क बनाएको थियो । म उनिहरूका कुरा सुन्दै नसुनी निकै परको गाडिमा गएर बसेँ । मलाई केहीको हतार थिएन, मात्र बसमा सिट चाहिएको थियो, धुलिखेलसम्म जान । म बसेको पाँच सात मिनेट पछि त्यो गाडीको पालो आयो । मान्छेहरू एकैछिनमा खचाखच भरिए । गाडी गुम्म भयो । टाँ टाँ र टिँ टिँ सुरु भयो । सिँहदरबारसम्म आएको थाहा पाइरथेँ । त्यसपछि निदाएँछु । एकैचोटि बनेपा आईपुगेपछि पो आँखा खुलेछन् । बल्ल ६ः३० भएछ, उज्यालै थियो । निद्रा र मकैले ज्यानमा फुर्ति पनि ल्याइदिएछ । म उसै ओर्लिएँ त्यह...
Collection of English articles, Nepali essays, Nepali stories and other writings