Skip to main content

दिमागको बारेमा (१६८४ शब्द)


आउनुहोस् एकछिन दिमागको बारेमा (१६८४ शब्द) गफ गरौँ ।

गिदि, खोपडि, मगज भनेका दिमाग होइनन् । यी शरीरका एउटै अङ्गका विभिन्न नामहरू हुन् । सूर्य, घाम भनेजस्तै । सूर्य एउटा पिण्ड हो । सूर्यको काम भनेको ताप र प्रकाश दिनु हो । यसैगरि गिदि वा खोपडि वा मगजले गर्ने कामलाई दिमाग भनिन्छ । पानी, बोसो, मासु आदिको समग्र डल्लो दिमाग होइन । हुँदोहो त, त्यो डल्लो सडकतिरका सुस्त मनस्थितिका व्यक्तिमा पनि हुन्छ । तर काम गर्दैन ।
यो मांसपेशीले सोच्ने कार्य गर्दछ त्यसैले प्रायः यसैलाई दिमागको पर्याय मानिन्छ । अब म पनि यो गफभरि यसैलाई दिमाग भनेर गफ गर्दैछु ।
दिमागले सोच्ने काम गर्दछ । फेरि सोच्ने काम त मनले पनि गर्छ होइन र ? कि अरूले पनि सोच्छन् त ?
अवश्य सोच्छन् । शरीरका अन्य अङ्गहरूले कसैको सहारा विना सोच्छन् र यिनीहरूको सोच न्यून स्तरको हुन्छ ।
मनले पनि सोच्छ तर मन नामक अङ्ग हाम्रो शरीरमा हुँदैन । दशओटा इन्द्रीयहरूले गर्न खोजेको सामूहिक सोच नै मन हो । मनले इन्द्रीयको सहारामा सोच्छ । आँखाले केही राम्रो देख्यो र छुने सोच बनायो, यो मनको सोच हो । मनले आफ्नो इच्छा पूरा गर्न इन्द्रीयहरूलाई अघि सार्छ । अघि आँखाले देखेको राम्रो कुरा छुन अर्को इन्द्रीय खुट्टालाई अह्राउँछ । खुट्टाले नजिकै पुगेपछि छुनको लागि छालालाई अह्राउँछ । छोइसकेपछि चाख्ने सोच बनायो भने जिभ्रोलाई अह्राउँछ आदि आदि । अरूलाई मात्रै काम लगाएर आफू रमाएर बस्छ मन । त्यसैले कतिपय मान्छेहरू यसलाई पापी भन्छन्, पापी मन ।
यसले सोचेको कुरा इन्द्रीयहरूबाट पूरा भएन भने यसले दिमागलाई पनि काम अह्राउँछ र सपनामा भएपनि इच्छा पूरा गरेर छोड्छ । दिमाग यस्तो हुँदैन ।
मन चञ्चल हुन्छ । किनकी यसका सहयोगी नै चञ्चल हुन्छन् । दिमाग स्थीर हुन्छ किनकी यो भौतिक रुपमा नै स्थीर हुन्छ । घाँटी हल्लिने हो, टाउको हल्लिने होइन । हल्लिहाले पनि टाउकाभित्रका ती हड्डी हल्लिने होइनन् ।
दिमागको काम भनेको आफू अचल हुनू र अरूलाई चल बनाउनु हो । अरू भन्नाले अरू मान्छे मात्र होइन, तपाइँकै शरीरका अरू अङ्गहरू पनि यो दिमागका लागि अरू नै हुन् । यसलाई मतलव छैन कि तपाइँ गरिव हुनुस् कि धनि, अथवा बिरामी हुनुस् कि स्वास्थ्य । यतिसम्म कि दिमागको आफ्नो स्वयं एउटा नशा वा भाग बिग्रिए पनि बाँकी अर्को भागलाई वास्ता गर्दैन । नबिग्रिएको त्यो बाँकीले गर्ने आफ्नो काम आफैँ गरिरहन्छ । दिमागको प्यारलाइसिस भएको व्यक्तिलाई हेर्न सकिन्छ । अरू अङ्गलाई काम अह्राइरहन्छ ।
घाँटीे छिनाल्ने बित्तिकैको कुखुराको शरीरलाई हेर्न सकिन्छ । यसको फटफटाइबाट कि यो बुझ्नु पर्छ कि दिमाग अचल हो तर अरूलाई चल बनाइरहन्छ । कि त यो बुझ्नु प¥यो कि दिमाग र मन बाहेक शरीरका अन्य मांसपेशीले पनि सोच्छन् तर न्यून स्तरको । यसमा न्यूटनको नियम राख्न मिल्दैन । किनकी रगतको शीरा अगाडितिर जोडले बग्दा कुखुरो पछाडितिर दौडदैन वा धकेलिँदैन, अगाडि नै हिँड्छ ।
त्यसोभए दिमाग के हो त ? यो केही होइन । परिवेश अनुसार आफू जोगिने काम गर्ने क्षमता भएको एउटा स्थायी मांसपेशी वा वस्तु हो । यसमा रगत र प्राण वायु पुगेन भने हिँड्दा हिँडदैको मान्छेलाई पक्लक्कै ढालिदिन्छ ताकि ती अपुग कुराहरू तेर्सो बाटोमा कुदेर यो बाँचोस्, ता कि शरीर स्थीर भएर यो बाँचोस् । मान्छे बाँचोस् होइन, दिमाग आफू बचोस् एकछिन बढी ।
स्थीर अवस्थामा बढी बाँच्छ दिमाग, बढी सक्रिय हुन्छ । निन्द्रामा बढी सक्रिय हुन्छ दिमाग । किनकी औशतमा शरीर पनि स्थीर हुन्छ यो बेला । ध्यान गर्दा बढी सक्रिय हुन्छ दिमाग किनकी यो बेला शरीर त स्थीर हुन्छ नै, कतिपय ध्यानीको त शरीरका साथै मन र सोच पनि स्थीर भएको हुन्छ । यहाँ कुन वैज्ञानिकलाई ल्याउनुहुन्छ मलाई नभन्नुहोस् । आफैँ वैज्ञानिक भए उत्तम ।
राम्रो दिमाग हुनलाई राम्रो शरीर हुनुपर्छ भन्ने त हुँदै होइन झन् । सोक्रेटिक आइरोनिक भन्ने सुन्नु भएकै होला । नसुनेको भए सोक्रेट्स बडा दार्शनिक हुन् तर उनी कुरुप थिए । अष्टावक्रको कुरा गरेँ भने काल्पनिक पात्र मान्नुहुन्छ होला जोन हकिन्सलाई हेरेर चित्त बुझाउनुस् । यो पनि भएन भने झमक घिमिरे छन् नजिकै । उहाँहरुलाई नराम्रो भनेको चाहिँ होइन फेरि ।
अर्को कुरा, तपाइँले दिमागको प्रयोग गर्ने नै होइन । दिमागले तपाइँलाई प्रयोग गरेर ऊ बाँचिरहेको छ, आफ्नो स्वार्थ पूरा गरिरहेको छ । दिमागले तपाइँलाई छक्याइदिन्छ । तपाइँ दिमागलाई छक्याएर हेर्नु त । सक्नुहुन्छ ? सकिन्न । यो त कृष्ण जस्तै छ । आउँछ, दुनियालाई मारामार गर्न लगाउँछ, युद्ध गराउँछ । आफ्नो स्वार्थ पूरा भएपछि जहाँबाट आएको हो त्यहीँ जान्छ ।
त्यसोभए दिमागलाई नियन्त्रण गर्न सकिदैन त ? सकिन्छ । कसरी ? बानीले । बानीले शरीर, मन, दिमाग तीनैओटालाई नियन्त्रण गर्न सकिन्छ । अझ दिमागलाई नियन्त्रण गर्न सजिलो छ । किनकी यो स्थीर छ । स्थीर नै बनिदिए भइगयो । किनकी यो स्वार्थी छ, स्वार्थ पूरा  नगरिदए भइगयो । किनकी यो परिवेश अनुसार सोच्छ र सोच्नका लागि धेरै परिवेशमा नलगिदिए भइहाल्यो । यसले तपाइँलाई चलाउन खोज्छ, तपाइँ नचलीदिए भइहाल्यो ।
बिहानै नजिकै कसैको मृत्यु भयो । सबै रुन थाले । परिवेश अनुशार दिमागले तपाइँलाई पनि रो रो भन्छ । नरोइदिनुस् त्यतिखेर । उल्टै उसैलाई सम्झाउन थाल्नुस् । किन रुनु ? आज सम्म मर्ने यो मात्र हो र ? मैले रोएर त्यो बाँच्छ र ?
दिउँसो बाटामा कतै मेलामा पुग्नुभयो जहाँ धेरै मानिसहरू ठूलो सङ्गीतमा नाचिरहेका छन् । परिवेश अनुशार तपाइँको दिमागले तपाइँका खुट्टा परैबाट उचालिदिन थाल्छ । तपाइँ नमान्नुस् । दिमागको सामान्य स्वार्थ अनुसार नचलिदिनुस् दुईचार दिन ।  यो आफैँ नियन्त्रण हुन थाल्छ । मैले फेरि नाङ्गै हिडिदिनुस् भनेको चाहिँ हैन नि । कुनै समुन्द्रको किनारातिर जाँदा परिवेश अनुसार दिमागले यसै गर पनि भन्न सक्छ । कति फुकाल्ने र कति देखाउने तपाइँको जिम्मा ।
अर्को उदाहरण, तपाइँ एक दिनभरि अनुष्टुप छन्दका मात्र कविता पढ्नुस् सुन्नुस, हेर्नुस वा लेख्नुस् । दिनभरि बेलुकासम्म अनुष्टुप मात्र । बिहान उठ्ने बित्तिकै तपाइँले चिया पनि अनुष्टुपमा मगाउनु हुन्छ । तपाइँले दिमागलाई अनुष्टुप पनमा बग्न नियन्त्रण गरिसक्नु भयो । दिमागकालागि परिवेश त्यति शक्तिसाली छ ।
अर्को उदाहरण, तपाइँलाई अल्छी लाग्छ । यतिसम्म कि यो पढ्न पनि अल्छी लागेको छ । कतिले त राम्रै होला भनेर नपढी लाइक नै गरिसक्नुभयो । यो अल्छी पनि तपाइँलाई लागेकोमात्र हो । कोही शक्तिसालीले आएर अहिले तपाइँलाई लखेटोस् त । वैकुण्ठ मानन्धर हार्छ तपाइँसँग ।
यस्ता उदाहरण तपाइँ आफैँ सोच्न सक्नुहुन्छ । प्रेम प्रसङ्गमा जानुस् हजारओटा भेटिन्छन् । आज आशामा रमाउने, भोलि निराशामा दिग्दार मान्ने, पर्सी चिटिक्क बन्ने, निकोर्सी फुर्तिलो बन्ने भन्ने हुन्छ ? यी सब दिमागलाई नियन्त्रण राख्न नसकेका उदाहरणहरू हुन् ।
म गरिव छु, म बूढो छु, म रोगी छु जस्ता भावना पैदा गराएर पनि दिमागले तपाइँलाई नियन्त्रण गर्दै गरिव, बूढो र रोगी बनाउँछ । बेलैमा यसलाई नियन्त्रण गर्न थाल्नुस् नत्र यसले सक्छ तपाइँलाई । अजकलका मान्छे ४०, ५० वर्षसम्म जिन्दगी बनाउन लाग्छन् र पाँच छ वर्षपछि मृत्यु कुरेर बस्छन् । दिमागलाई बेलैमा नियन्त्रण गर्न सिके २०, २२ वर्ष देखि नै जिन्दगी जीउन सकिन्छ । र जिन्दगी भविष्य बनाउनका लागि मात्र होइन । जिन्दगी जिउनका लागि हो ।
त्यसो भए क कसले नियन्त्रणमा राखे त दिमागलाई ? मेरा पुस्ताबाट उदाहरण दिन सक्दिन । कमेन्टमा तपाइँ दिन सक्नुहुन्छ । आफ्नो दिमाग नियन्त्रण गर्न सफल हुने वालागुरु षडानन्द हुन् । दर्शकको दिमाग नियन्त्रण गरेर सफल भएका सेक्सपियर हुन् । भिडको दिमाग नियन्त्रण गरेर सफल भएका हिटलर हुन् । आफ्नो सिङ्गो दिमागलाई नै शरीरको अन्यत्र भागमा सार्न सफल भएका जिसस क्राइष्ट र भिष्म पितामह हुन् । दिमाग रहने शरीर नै अन्त सार्न सफल श्री कृष्ण हुन् । नेपालको २०६४ सालको निर्वाचनको नतिजा पनि अर्को उदाहरण हुनसक्छ । त्यो बेला पनि धेरै नेपाली जनताको दिमाग दुई चार जनाले नियन्त्रणमा राखिदिएका थिए ।
यो गफ तपाइँलाई अलिक बढी नै लाग्यो होला तर त्यसको पनि स्पष्टीकरण दिने प्रयास गर्छु है त ।
म उमेरमा छँदा श्रीदेवीको रङ्गीन फोटो हातमा पर्नासाथ शरीर फुलेर आउँथ्यो, खुम्चेका मांसपिण्डहरू दह्रा भएर आउँथे । त्यो बेला दिमागले मेरो शरीरलाई नियन्त्रण गरेको हुन्थ्यो । यसलाई त्यसै छोडिदिएको भए म त्यही बेला शीथिल हुन्थें वा रातमा स्वप्न दोष हुन्थ्यो । तर नियन्त्रण भयो सकियो ।
आफू नियन्त्रणमा रहे अरुलाई पनि नियन्त्रण गर्न सकिन्छ । त्यसका लागि कृष्ण बनेर गर्भ सारिरहनु पर्दैन । मानौं तपाइँको साथी रिसाएर तपाइँसँग आयो । तपाइँ थोरै हाँसेर बोलिदिनुस्, नम्र भइदिनुस्, उसको दिमागको थोरै रिस तपाइँको दिमागमा सर्छ । थोरै भए पनि उसको रिस कम हुन्छ जुन कम घातक हुन्छ । अर्कोतिर तपाइँ त दिमागमा नियन्त्रण गर्न सक्ने मान्छे पनि हो, स्थिति शान्त हुनसक्छ ।
अर्को कुरा, रिस मात्र होइन । अरु कुनै साथी वा छिमेकीको दुई चार पीरले भरिएका शब्द सुनिदिनुस् न । उसको आँखाबाट झरेर जाने दुईचार थोपा आँशु तपाइँ आफ्नो आँखामा ल्याएर उसलाई थोरै हलुका बनाउन सक्नुहुन्छ । खुशी र प्रेम दिमागमा कसरी साटासाट गर्ने मैले भन्नै पर्दैन ।
कतिपय मानिसहरू आफ्नो दिमागलाई नियन्त्रण गर्ने क्रममा गाँजा, भाँङ आदि खाएर नियन्त्रण गर्न खोज्छन् र यो मान्छन् कि मैले यसलाई नियन्त्रण गरेँ र म शिव सरह बनें । तर यो होइन । उनीहरूले आफ्नो तत्कालीन परिवेशलाई नियन्त्रण गरेका हुन्, दिमागलाई होइन । आफ्नो दिग्दारीपन, नैराश्यता, कुण्ठित भावना र चाहनालाई नियन्त्रण गर्न खोजेका हुन् । कृतिम आनन्द रोजेका हुन् । डोज उत्रिए पछि पुनः उही नैराश्यता जस्ताको तस्तै हुन्छ अनि दोस्रो र तेस्रो चरणको डोज लगाउनु पर्छ । निरन्तरता पाएपछि दिमागले सधैँ माग्छ किनकी दिमाग परिवेश अनुसार नै चल्छ र बन्छन् उनीहरू ड्रगिस्ट ।
अर्को कुरा, जे तपाइँ सोच्नु हुन्छ नि त्यो त तपाइँलाई लागेको मात्र हो । तपाइँका फोटा, स्टायलका लुगा, टिकटक, स्टाटस हेर्छु म । तपाईलाई राम्रो लागेका फोटा स्टाटस राख्नुहुन्छ । त्यो तपाइँलाई परिवेश अनुसार राम्रो लागेको मात्र हो । त्यसमा म पनि पर्छु । मान्छेले हिजोकी प्रेमिका आज मारिदिन्छन् । व्यक्ति उही छ तर परिवेश फरक छ र दिमागमा नियन्त्रण पुगेन ।
घाँसको भारी बाँध्न लगेको डोरीले मान्छे वनमै पासो लागेका छन् । दिमागले चाहना ग¥यो भने एक मिनेटमा मान्छेलाई मारिदिन्छ, ड्रगिस्ट बनाइदिनु त सामान्य कुरा हो ।
छिटो हिसाव मिलाउने, राम्रा अक्षर पार्ने, जस्ताको तस्तै चित्र बनाउन सक्ने, धेरै पैसा कमाउन सक्ने, वक्तृत्व कलामा सिपालु आदिलाई दिमागी व्यक्ति मान्दै हुनुहुन्छ भने त्यो पनि तपाइँलाई लागेको मात्र हो । ती त मात्र सीप र कला हुन् । यस्ता कलाकारले ईश्वर र राक्षस दुवैको मूर्ति सुन्दर त बनाइदिन्छन् तर ...
अनि समय अनुसार मन्त्र विधिबाट दिमाग नियन्त्रण गर्ने सामथ्र्यवान मन्त्र द्रष्टाहरू अचेलभरि पनि हुोलान् जस्तो मलाई लाग्दैन किनकी सही आवाजको उच्चारण म असम्भव देख्छु । तन्त्र विधिका तान्त्रिकहरू पनि भेटाउन गाह्रो नै पर्ला । यो विधिले साइइफेक्ट पनि गर्न सक्छ भन्छन् । आफैँले आफैँलाई खाइदिन पनि सक्छ भन्छन् । युट्युब र आर्टिफसियल इन्टेलिजेन्स लगायतका यन्त्र विधिले पनि दिमागलाई सकारात्मक नियन्त्रण गर्छ जस्तो मलाई लाग्दैन । त्यसैले सजिलो र भरपर्दो विधि भनेको स्वनियन्त्रण विधि हो । आफैँले आफ्नै दिामागलाई नियन्त्रण गर्नुस् ।
एकोहोरो गफ धेरै भयो । अब तपाइँको पालो । मेरो गफ सकियो । सुनिदिएकोमा धन्यवाद । यी गफ नित्तान्त निजि हुन् ।

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...