Skip to main content

अभिभावक शिक्षाको स्लाइडहरु

अभिभावक शिक्षाको स्लाइडहरु ः
१) अनि म नमस्कार गर्नेछु र भन्नेछु नमस्कारको महत्त्व, हात जोड्नुको महत्त्व ।

२) अनि म कुनै अभिभावकलाई बत्ती बालेर कार्यक्रम उद्घाटन् गर्न अनुरोध गर्नेछु । शिक्षालाई उज्यालोसँग जोड्दै शिक्षक र अभिभावक मिले विद्यार्थीको भविष्य यस्तै उज्यालो हुने कुरा गर्नेछु ।

३) अनि म भरखरै उद्घाटनको क्रममा बजाएको तालिको विषयमा गफ गर्नुेछु । ताली बजाउनुको महत्त्व, अक्कुप्रेशरको महत्त्व, ताराबाजी लै लै र अन्य हाम्रा घरायसी चलन संस्कृतिको महत्त्वका बारेमा गफ गर्नेछु, साथै ताली र हौसलाको सम्बन्धको बारेमा गफ गर्नेछु ।

४) अनि म “मैले भरखरै एउटा मोवाइल भेटेको छु, तपाइँहरुको होला हेर्नुस् है” भन्नेछु । गोजी छामेपछि पाँच दस हजारको मोवाइलमा यति छिटो चासो र खोजी गर्नेले अमूल्य छोराछोरीको भविष्यको लागि गर्नुपर्ने चासोको वारेमा छलफल गर्नेछु, मोवाइल मेरै हो भन्छु ।

५) अनि म किताबको बारेमा कुरा गर्नेछु । तपाइँको घरमा कतिओटा किताब होलान् ? तपाइँलाई मन पर्ने किताव कुन हो ? त्यो किताब घरमा छ ? किताब उपहार कहिल्यै लिनु वा दिनु भएको छ ? छोराछोरीका लागि पाठ्यपुस्तक वाहेक अरु के किताब किनिदिनु भएको छ ? तपाइँ आफैँले आफ्नालागि वा अरुकालागि पछिल्लो पटक कहिले किताब किन्नुभयो ? छोराछोरीले देख्नेगरी तपाइँले पढ्नु भएको छ ? आदि विषयमा छलफल गर्नेछु ।

६) अनि म धन÷ पैसाको कुरा गर्नेछु । तपाइँ के कमाउन भ्याइ नभ्याइ गर्दै हुनुहुन्छ ? पैसा त सकिन्छ पनि, असल छोराछोरी पनि सकिन्छन् त ? यिनीहरु खराव भए भने तपाइँको सबै सम्पत्ति उडाइदिन्छन् । असल भए भने तपाइँको भन्दा दसगुणा कमाउँछन्, अनि कुन धन कमाउन तर्फ लाग्ने ? भन्दै न चौर्य हार्यम्, न च राज हार्यम्को भावर्थमा छलफल गर्नेछु ।

७) अनि म राँटो जमीनको उपमा दिनेछु । मेरो बारी जोत्नलाई भनेर हली बोलाएको तर बीचबीचमा राँटो छोडेर गएछ । भोलिपल्ट मैले उसलाई गाली गरेँ । उसलाई गाली गरेर मेरो बाली सप्रिन्छ त ? शिक्षक, प्रशासन, शिक्षाविद्लाई गाली गरेर तपाइँका छोराछोरी सप्रिन्छन् त ? विग्रिने कसको ? गालीमा क्षणिक मानसिक सन्तुष्टी हुन्छ, सल्लाहमा बदल्नुस्, दीर्घकालीन सन्तुष्टी मिल्छ । गाली त सकेसम्म छोराछोरीलाई पनि नगर्नुस् । तपाइँलाई कसैले गाली गरे कस्तो लाग्छ ? भन्ने विषयमा छलफनल गर्नेछु ।

८) अनि म मेरो स्क्रीन चर्केको मोवाइल देखाउनेछु र सोध्नेछु कि यो मोवाइल कसले बनाउनु पर्छ ? उत्तर मेरो हो र मैले नै बनाउनुपर्छ भन्नेतिर ल्याउँछु । अनि छोराछोरी कसका ? विद्यालय कसको ? शिक्षक कसका ? बनाउने कसले ? भन्ने विषयमा छलफल गर्नेछु ।

९) अनि म “काँचो माटो” शीर्षकको भिडियो देखाउनेछु जहाँ पढाई बिगारिसकेको बच्चालाई शिक्षक र अभिभावक मिलेर सपारिन्छ । घरमा पढाउन नआउने खण्डमा के के गर्न सकिन्छ त ? भन्ने विषयमा छलफल गर्नेछु ।
१०) अनि म स्वभाव÷व्यवहार÷आचरण र आत्म अनुशासनको कुरा गर्नेछु । शिक्षकहरु त पेन्सन पाएपछि विद्यालय छोड्छन्, सरुवा हुन्छ, निश्चित वर्षपछि विद्यार्थीहरुले नै शिक्षकलाई छोड्छन् । तर तपाइँका छोराछोरीले त तपाइँलाई बाचुञ्जेल छोड्दैनन् । आफू बूढो भएपछि कस्तो व्यवहारको अपेक्षा गर्नु भएको छ ? के सिकाउँदै हुनुहुन्छ ? भन्ने तर्फ छलफल गर्नेछु ।

११) अनि म एकछिन संस्कारको बारेमा कुरा गर्नेछु । तपाइँका कुन कुन राम्रा बानी छोराछोरीले सिके त ? तपाइँ जैविक घडि अनुसार चल्नुहुन्छ ? भनेको नटेर्ने छोराछोरीले अरुले गरेको देखेर सिक्छन्, तपाइँ कस्ता काम गरेर छोराछोरीलाई के सिकाउँदै हुनुहुन्छ ?

१२) अनि म खाजाको समयपछि, खाना र स्वास्थ्य, खाना र शिक्षा, स्वास्थ्य र शिक्षाको सम्बन्धवारे छलफल गर्नेछु । आयुर्वेदीय हिसावले मान्छे त्यही हुन्छ जे उसले खान्छ । तपाइँ के खादैहुनुन्छ र के खुवाउँदै हुनुहुन्छ ? छोराछोरी ३५÷४० वर्षका हुँदा धेरै पढ्लान् तर असक्त विरामी भए पढेको के काम ? अरुलाई सहयोग गर्न सकेनन् भने के काम ? खानपानका सूत्रहरु के जान्नु भएको छ ? भन्ने विषयमा छलफल गर्नेछु ।


१३) अनि म फेरि फोनको बारेमा कुरा गर्नेछु । हेडसरको नम्बर तपाइँसित छ ? कक्षा शिक्षकको नम्बर छ ? तपाइँको नम्बर स्कुलमा छ ? तपाइँका छोराछोरीका मिल्ने साथी को को हुन् ? तिनीहरुको नम्बर छ ? किन चाहिन्छ होला ? भन्ने विषयमा छलफल गराउनेछु ।

१४) अनि म अभिभावकहरुको गृहकायको बारेमा कुरा गर्नेछु । कतिपय बच्चाहरु कक्षामा प्रश्न सोध्दैनन् । तपाइँहरु घरमा बच्चालाई के छ वा छोइन भनेर प्रश्न गर्नुहुन्छ ? जस्तै कुनै दिन वा फुर्सदमा, रुटिन हेरौँ त, डयरी हेरौँ त, आजसम्मका कपि हेरौँ त, मार्कसिट हेरौँ त, अक्षर हेरौँ त, किताब हेरौँ त, झोला र ज्यामिति बक्स हेरौँ त, पोशाक कस्ता छन् हेरौँ त, आफंैले लेखेको प्रश्न उत्तर पढेर सुनाऊ त आदि ।

१५) अनि म अभिभावकहरुलाई विद्यालय कार्यको बारेमा कुरा गर्नेछु । तपाइँ कत्तिको विद्यालय आउनुहुन्छ ? आएपछि बच्चो कस्तो ठाउँमा बस्दोरहेछ, कक्षा कस्तो रहेछ, कोसँग बस्दोरहेछ के खाजा खाँदो रहेछ, कोसँग स्कुल आउने जाने गर्दो रहेछ, हाजीर कस्तो रहेछ, हाफ टायममा कति पटक घर गएको रहेछ, शिक्षक र अन्य साथीहरुसँग कस्तो सम्बन्ध रहेछ भन्नेबारे कत्तिको बुझ्नुहुन्छ जस्ता विषयमा छलफल गर्नेछु ।
१६) अनि म, बा आमा भनेका जिउँदा देउता हुन्, भन्ने गीत देखाउनेछु र तपाइँहरु कसरी देवी देउता हुनुभयो ? देउता को हुन् ? तिनले के गर्छन् ? छोराछोरीले तपाइँलाई देउता मान्छन् ? तपाइँले आफ्ना बा आमालाई देउता मान्नु भयो ? कसरी ? भन्ने विषयमा छलफल गर्नेछु ।

१७) अनि म तपाइँको घर नै विद्यालय हो भन्नेतर्फ गफ गर्नेछु । तपाइँको घरको प्र.अ को हो ? कहिले कहिले मिटिङ् गराउनु हुन्छ ? आर्थिक सामाजिक शैक्षिक विषयमा, हुर्किएका छोराछोरी र परिवारका अन्य सदस्यसँग घरमा छलफल हुन्छ ? विद्यालय सुध्रिए पछि घर सुध्रिएला कि घर सुध्रिएपछि विद्यालय सुध्रिएला ? छोराछोरीको पढाइको लागि भनेर हप्ताको कति मिनेट वा घण्टा उनीहरुसँग बस्नुहुन्छ ? विद्यालयका के गुनासाहरु तपाइँलाई सुनाउँछन् ? शिक्षक वा अन्य साथीका अभद्र व्यवहार सुनाउँछन् ? भन्नेवारे छलफल गर्नेछु ।

१८) अनि म माहुरी र पुतलीको कुरा गर्नेछु । तपाइँले चिनेजानेका छिमेकीको घर र तपाइँको घरमा के फरक छ होला ? कुन घरको पढाइ राम्रो होला ? किन त्यस्तो भयो होला ? कक्षा कोठामा लेखेको अक्षर हेरेर उनीहरुको बस्ने कोठा, सुत्ने खाट कस्तो होला भन्ने अनुमान गर्न मिल्छ होला ? कक्षातिर बोलेको बोलि सुनेर घरमा कस्तो भाषा बोलिँदो रहेछ भन्ने अनुमान गर्न मिल्छ होला ? किनभने देख्नेले त जे पनि देख्छन् । पुतली ले रङ्गमात्र देख्ने फूलमा माहुरीले रसपनि देख्छ ।

१९) अनि म एकछिन पास र फेलको कुरा गर्छु । फेल किन कसैलाई पनि पार्नु हुँदैन ? विषयमा फेल हुनु र जीवनमा फेल हुनुमा के फरक छ ? विषयमा फेल तर जीवनमा पास भए ठीक की बेठीक ? कि उल्टो चाहिँ ठीक ? सयमा उनान्सय पास भए तर एकजनामात्र फेल भयो भने उसैले बाँकी ९९ जनालाई भाइरस सार्न सक्ने सम्भावना छ । अनि उसलाई फेलपार्न मिल्यो त ? पढाइमा असफल नै हुने देखिए पछि के के कुरामा चाहिँ सफल पार्नुपर्ने रहेछ त ? भन्ने विषयमा छलफल गर्नेछु ।

२०) अनि म तपाइँहरु किन विद्यालय आउनुहुन्न भन्ने विषयमा स्थानीय परिवेश अनुसारका प्रश्न सोध्दै छलफल गर्नेछु ।

२१) अनि म शिक्षा सम्बिन्धी केही प्राचीन नीतिको बारेमा छलफल गर्नेछु । उहाँहरुले सुनेजानेका र तलका विषयहरु जस्तै, 
माता शत्रुः पिता वैरी येन बालो न पाठितः
नशोभंते सभामध्ये हंसभध्ये बको यथा ।

पालयेत्पञ्चवर्षाणी दशावर्षाणी ताडयत् ।
प्राप्ते तु षोडशे वर्षे पुत्रं मित्र पदाचरेत ।

एकोपि गुणवान पुत्रो निर्गुणैष्च शतैर्वर ।
एकश्चन्द्र तमोहन्ति न च तारा सहस्रशः ।

विद्या सर्वत्र पूज्यते ।

काकचेष्टा वको ध्यानं
श्वान नीद्रा त थैवच
अल्पहारी, गृहत्यागी
विद्यार्थी पञ्च लक्षणम् ।

२२) अनि म फेरि घरमा बच्चाहरुले गर्ने मोवाइल प्रयोगको बारेमा गफ गर्नेछु । कत्तिको प्रयोग गर्छन् ? नेट छ घरमा ? खेलेरै मात्र बस्छन् कि रमाइला भिडियो मात्रै हेर्छन् कि ? यो विषयमा कसरी सम्झाउनु हुन्छ ? कि मोवाइबाट गर्ने होमवक छ भन्छन् ? पढाइ हुने धेरै विषयहरु मोवाइलमा  नै हुन्छन् भन्ने कुरा तपाइँहरुलाई थाहा छ ? तपाइँहरुलाई जान्न मन लागेको कुरा मोबाइलमा खोजिमाग्नु भएको  छ ? उनीहरुले खोजिदिन्छन् ? चलाउँदै नचलाउनू चाहिँ राम्रो हो त भन्ने विषयमा छलफल गर्दै मेरो सत्र सक्नेछु ।

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...