Skip to main content

प्रान्जिला न्यौपाने



कोरोना भाइरस

नेपालमा पनि धेरैलाई कोरोना आयो रे
हाँसी खुसी खेल्ने देश लकडाउन भयो रे
कोरोना विश्वको भइराछ रे युद्ध
यही नि हुन सक्छ सुरुवाति तेस्रो विश्व युद्ध

कोरेना रोगले लाखँौ मान्छे मरे रे
कोहीकोही निको भइ घर फर्के रे
विदेशमा कोरोनाको नाम सुनि सबै डराए रे
नेपालमा कोरोनाको नाम सुनि सबै हाँसे रे

फोहोर खानेकुरा नखाने अनि धुम्रपान नर्गने रे
घरमै बसी सचेत भई कोरोनासँग लड्ने रे
ज्वरो, खोकि रुघा कोरोनाका लक्षण रे
यस्तो भएमा तुरुन्त हामी अस्पताल जाने रे

नेपालमा कोरोना आउन नदिने कि
कोरोनाबाट पिडित भई मर्ने कि

हामीहरुकै जिम्मा

२०७६ चैत्र २२
प्रान्जिला न्यौपाने


कोरोना भाइरस 2

कोरोना भाइरस आयो भनी घरमा
बाहिर निस्किनु ¥यो भने स्यानिटाइजर करमा
एउटा काहिँ नि छैन ठाउँ धुलो पस्न
हातको खोल्छन् पञ्जा जुत्ताको तुना कस्न

कोरोना भाइरस नाम सुनी सबै डराए
गाडिमा मान्छेको हिँड्ने नाम आदि हराए
कोरोना भाइरस आयो भनि मास्क लाए रे
नचिने जसरि आफ्नो मान्छे सित भागे रे

२०७६ चैत्र २२
प्रान्जिला न्यौपाने


कोरोना भाइरस

विश्वभरि कोरोनाले लकडाउन भएछ
विरालोलाई पनि कोरोना लाग्न गएछ
विश्व भरिको जनसङ्ख्या गन्ने बेला भयो
कोरोनाले जनसङख्या घटाउने भयो

सरुवा रोग विशेशज्ञ धेरै चिनेका छन्
कोरोना बाहेक अरु रोगले मान्छे मरेका छन्
लकडाउनको उलङ्घन र्गनेलाई कारबाहि गर्ने रे
गरिब मजदुर लाई राहत वितरण गर्ने रे

कोरोना रोगसँग लड्न हामी नि सामेल हुनुपर्छ
पहिला जस्तै रोग हराई हामी नै जित्नुपर्छ
कोरोना आयो कोरोना आयो भन्छन् सबैले
घरमै बसी रहनु पर्छ भन्दछन् सबैले

कसैले फोन गरेर भन्यो देशनै बन्दछ
कसैले फेरि हिँडेर भन्यो बाटो नै बन्दछ
कोरोना आयो देशनै बन्द लौ अब के गर्ने ?
चामल छैन तिउन छैन पेटमा के भर्ने ?


कोरोना

कोरोना रोगले भयो कोहीलाई फाइदा
खराब पक्का भएता पनि यसका छन् फाइदा
पशु पन्छी रोडमा बस्ने धेरै नै खुसि छन्
फोहोर मैला रोडमा छैन सबै नै खुसि छन्

कहिले आफ्ना माता पिता नभेट्ने भेट्दछन्
कोरोना रोगले भाको लक डाउन देख्दछन्
धुँवा धुलो कहिँ नै छैन अति नै राम्रो
फोहोर मैला बाटोमा छैन अति नै राम्रो

घरमै बसी पाइयो सिक्ने मौका लौ अहिले
कसरी हुने सुस्वास्थ थाहा पाइयो अहिले
फोन टि भि नहेरीकन नबस्ने बानिले
पढ्न पो सिकिन् लेख्न पो सिकिन् यी सानी नानीले

बिहान छिटो उंठ्नु नै पर्छ सुस्वास्थ हुनलाई
सुस्वास्थ भए आराम हुन्छ पर्दैन रुनलाई
फोन टि भि नहेरे पछि हुँदैन चयन
नहेरे धेरै टि भि नै होलान् गतिला नयन


हनुमान जयन्ति 5

रामका भक्त पवन पुत्र हनुमान हाम्रा
भेटेर सिता र्फकेर आए हनुमान राम्रा
उनको भेट बाटोमा भयो दानव सँग रे
पवन पुत्र अर्थात पुत्र वायुको हुन रे

रावण दुष्ट गएछ लिई सिताजी हरेर
सिताजी भेट्न गए रे उनी समुद्र तरेर
लछ्मणलाई पारेर निको अति नै रमाए
असल मात्र गरेर काम नाम पनि कमाए

रामका भतm भएर होला अमर भए रे
असल काम गरेर होला प्रख्यात भए रे
अहिले पनि बसेका होलान् हेरेर हामिलाई
गर्दछन् पुजा देव हो भनी श्री हनुमानलाई

उनी नै हुन् रे घमण्ड तोड्ने कुन्तीको पुत्रको
उनी नै हुन् रे घमण्ड तोड्ने ती भाइ भीमको
गराए अरे मिलन उनले राम सिताको
गराए अरे मिलन उनले माता पिताको


केराउ 6

हिजो मैले धेरै नै खाएँ, त्यो मिठो केराउ
बारिमा अझै पनि भने, टिपेर लेराउ
केराउ खाने मौसम रैछ चैत बैशाख
यो नयाँ सालमा त्यति मिठो केराउ लौ चाख

अति नै मिठा रसिला गेडा, हुँदा पो रहेछन्
केराउ मिठो हुँदैन भनी कल्ले पो भनेछन्
केराउ टिपी मकैक बीऊ लौ रोप्ने बेला भो
मकैका साथै फर्सिका बिऊ लौ छर्ने बेला भो

केराउ टिपी सुकाऔँ साथी लौ अब घाममा
आमा बुबा पर्दैन जानु लौ अब काममा
केराउलाई मटर कोसा भन्दा नि हुन्छ रे
मटर कोसाको घाँस गाईलाई पो हुन्छ रे

सुकिपो सक्यो त्यस्तो लौ मिठो बारिमा केराउ
भएर लक डाउन होला नबिक्या केराउ
बिस्तारै अब सुक्दछन् हेर गुलिया केराउ
त्यसैले अब लौ छिटो खाऔं यी मिठा केराउ


शुभकामना 7

यो नयाँ साल अति नै राम्रो भएर आओस् है
यो सालसँगै कोरोना रोग हराई जाओस् है
भ्रष्टाचार् हटी मानवताको विजय भैदियोस्
खुसि हर्षकासाथ साल वितेर गैदियोस्

मनाआौँ हामी यो नयाँ साल घरमै बसेर
नजाआौँ कतै बाहिर घुम्न कम्मरै कसेर
यो नयाँ सालबाट नै हटोस् नराम्रा काम है
अति नै राम्रा मात्र नै काम देशमा भइदियोस्

विकास होओस् यो देश पनि यो नयाँ वर्षमा
गरिब दुखिले पनि न्याय पाउन् यो देशमा
नराम्रा कुरा दिमाखबाट हटाउनु पर्दछ
खुसि हर्षकासाथ साल बिताउनु पर्दछ

नेपालीहरु विदेश गई काम है नगर्नुस्
काम नै गर्ने हो भने आफ्नै देशमा गर्नुस्
नेपाल देश विकास गर्न नेपाल आउनू
विदेशि भूमि विकास गर्न नेपालि नधाउनू

हजुरआमाको बाल्यकाल 8

बाइस गते असोज मैन्हा दुई हज्जार सालमा
लौ भयो जन्म शुक्रको बार त्यो कालो रातमा
खोटाङ जिल्ला मात्तिम गाउँ जन्म रे वहाँको
जन्मेको गाउँ क्या राम्रो ठाउँ माइती गाउँको

पण्डित आए न्वारन गरे डम्बर कुमारी
एघार वर्ष कलिलै भइन् अर्काकी बुहारी
वहाँकीे आमा हो रामरेखा थर चैँ ढकाल
वहाँको बुबा हो गोपिकृष्ण थर त्यै ढकाल

माइली वहाँ जेठी कान्छी एउटा भाइ रे
जेठी हो गोमा माइली वहाँ कान्छी ती लिला रे
ति कान्छा भाइ सिताराम भन्ने खोटाङ बस्दछन्
तीन भाइ छोरा रेखाजि सित पसल गर्दछन्

दिदीको मृत्यु भयो रे कान्छी अर्जुन धारामा
भाइको कुरा लेखी नै सक्यो मात्तिम घरमा
जेठीको बिहे लौ भयो हेर गोविन्द न्यौपाने
वहाँको बिहे न्यौपानेसँगै ती मधुसूदन

मकरिकान्त थर् अधिकारि बिहे ति लिलाको
अर्जुन धारामा यौटा घर ती कान्छी लिलाको
सानैमा जानु हुन्थ्यो रे घाँस काट्न  त्यो वनमा
फल्थ्यो रे खनिउँ बयर आदि त्यो राम्रो वनमा

वहाँका खेल्ने साथि रैछन् तुलसा जानुका
गङ्गा राधा, कृष्णा मिश्रा साथी रे वहाँका
जन्मेको घर थियो रे राम्रो दुईतिर घुमेको
लागेर डर काङ्ग्रेस सित बारिमा लुकेको

काङग्रेस देखि डराई धेरै रातमा साँझमा
मकै भटमास चिउरा पानी वास चाहिँ माचमा
लौ बाँच्नुपर्छ भनेर उहाँ कम्मर कस्नुभो
कति दिनसम्म घर नै नगई गोठमा बस्नुभो

उहाँको माताको मृत्यु भयो सत्ताइस सालमा
उहाँको पिताको मृत्यु भयो छब्बिस सालमा
पुरानो कुरा विर्षनु भो रे बुढेसकालमा
सम्झना पनि के धेरै हुन्छ सतत्तर सालमा

थिए रे जन्ती पच्चीस जना आमाको बिहेमा
तिउन मासु अचार दाल भतेर भोजमा
आमाले सारी चोलो लाई विवाह गरेको
जन्मेको पनि रातमा विहे रातमै गरेको

धेरै नै लामो रैछ रे बाटो आमाले हिँडेको
गोगने नाउँ गरेको ठाउँमा वहाँ भित्रेको
सासुको नाम थियो रे धनमाया न्यौपाने
ससुरा गौरिकान्त थिए रे थर उही न्यौपाने

श्रीमान सधैँ गर्ने रे काम त्यो आफ्नो खेतको
आमाले पनि गर्ने रे काम त्यो आफ्नो घरको
हजुर आमा हजुर बुबा नगाको स्कुल रे
घरमै बस्ने काम नि गर्ने नजाने स्कुल रे

बिरामी हुँदा सुतेर बस्ने सके चैँ काम गर्ने
बिरामि हुँदा नि उठी बस्यो भनेचैँ गाल् खाने
पुराना कुरा धेरै चैँ याद छैन रे वहाँलाई
जेजति भए नि सम्झी भन्नु भयो मलाई

विज्ञान 9

हा¥यो है विज्ञान कोरोना सगँरे ।
हारेको देख्यौँ है कोरोना सगँरे ।
विज्ञान हारेको पहिलो चोटीहो ।
रोगले जितेको पहिलो चोटीहो ।
चन्द्रमा मा गयो मंगल मा गयो ।
जहाँगए सफल भएर नै आयो ।
केभयो होलाहै जित्ननै सकेन ।
कोरोना रोगको औषधी भेट्येन ।
पहिलो चोटी असफल भयो है ।
सफल होस् भन्ने गर्दछु आश है ।
आविश्कार नौला ति गरेको थियो है ।
सकेन भेट्टाउन औषधी अहिले है ।
प्रमाण भयो है एउटा कुरा है ।
सबैले जानेको हुदैँन पूराहै ।
सक्दैनौ पर्नभर् पैसाको अबलौ ।
परौहैँ अबभर् स्वास्थ्यको अबलौ ।

बाटो 10
बाटा धेरै प्रकारका, बाटो बाटो बाटो बाटो ।
कोरोना हिड्ने नि बाटो, मान्छे हिड्ने पनि बाटो ।
सास फेर्ने पनि बाटो, गाडी गुड्ने पनि बाटो ।
आखाँ हेर्ने पनि बाटो, शरीर चल्ने नि बाटो ।
बाटो बाटो बाटो बाटो, जताततै बाटो हुन्छ ।
केही काम गरौँ भने, त्यही बाटो नै चाहिन्छ ।
बाटो नभए नबाच्ने, सधैँ जहिले सबै हामी ।
भविश्यको बाटो पनि, बनाऔं है मिली हामी ।
बाटो बिग्रे हामी कहिले अघी बढ्न नपाउने ।
बाटो सोझो भए सधैँ अघी बढ्न नि पाउने ।
बाटो नभए नचल्ने पुरै संसार हुने स्थीर ।
बाटो नबिगारौँ साथी नभए हुन्छ अस्थीर ।

घर 11
घर हुन्छन् धेरै थरी छुट्टा छुट्टै प्रकारको ।
सम्म घर अहिलेको चुच्चे घर पहिलेको ।
पहिलेका घर हरु लिपिइन्थे गोबरले ।
अहिलेका घर हरु पोतिइन्छन कलरले ।
घर यस्तो ठाउँ जहाँ हामी रात बिताउने ।
घर भए सबै मान्छे सधैँ साथ बिताउने ।
घर नहुनेले काम गरि घर बनाउने ।
घर हुनेहरु सधैँ घर बसि रमाउने ।
चरा चुरुङ्गी सर्पको घर हुन्छन् यि जन्तुका ।
आउ सखि हेर्न जाउँ घर हामी यी जन्तुका ।
कमीला भमरा देखी हात्तीको नी हुन्छ घर ।
ए साथी नजाउ त्यता सिंह बस्छ त्यहां पर ।
घर भए बसि बसि सिक्न पाईन्छ साथी है ।
सबैको बनाउँ घर हामी सबै मिलेर है ।
घर भए डर हुन्न केही कोनी हामीलाई ।
घाम लागोस् पानी परोस् के को पीर हामीलाई ।

असल नागरिकको काम र कर्तव्य 12
असल नागरिक बन्नको लागि सबै भन्दा महत्वपूर्ण कुराहरूमा विद्या पनि पर्दछ । विद्या रूपी धन सबै धनहरूमा प्रमुख धन हो । हाम्रो हिन्दू शास्त्रमा के पनि भनिएको छ कि “विद्याधनं सर्वधनं प्रधानमं” ।
तर पनि हामीसँग विद्या मात्रै छ भने पनि हुदैँन हाम्रो शरीर स्वस्थ्य हुनु पनि आवश्यक छ । हाम्रो हिन्दू शास्त्रमा के पनि भनिएको छ कि “ धर्मार्थकाममोक्षणम् आरोग्यं मुल कारणमं” जसको अर्थ धर्म, अर्थ, मोक्ष काम यी सबै पुरुषार्थको निम्ती शरीर स्वस्थ्य हुनु आवश्यक छ ।
तर पनि आफूलाई सबै आउँछ भनि कहिल्यै घमण्ड गर्नु हुदैँन र कुनै पनि ठाउँमा अति गर्नुहुँदैन । हाम्रो हिन्दू शास्त्रमा के पनि भनिएको छ कि “अति सर्वत्र वर्जयेत्” जसको अर्थ हामीले कुनै कुरामा वा ठाउँमा अति गर्नु हुँदैन । जस्तै रावणले आफ्नो राज्य र बलमा घमण्ड गरेकाले उसको मृत्यु हुन गयो । माता सिताले पनि आफ्नो रूपमा घमण्ड गरेकाले रावणले उनलाई हरेर लग्यो । र राजा बलि पनि धेरै दान गर्ने भएकाले पातालमा भासिनु प¥यो ।
हामीले अति सम्मान पनि गर्नु हुँदैन । यदि हामीले अति सम्मान ग¥यौँ भने त्यो पनि शंकास्पद हुनसक्छ । जसका कारण हामीले जे कुरामा पनि अति गर्नु हुँदैन ।
हाम्रो हिन्दू शास्त्रमा के पनि भनिएको छ कि “नही सर्वः सर्वं जानति” । यसको अर्थ सबैले सबैकुरा जानेको हुँदैन । माता सिता रावण, वलिराजा, लाई पनि सबैकुरा थाहा नभएको कारणले गर्दा दुःख आइलाग्यो ।
हामीले केहीकुरा पढ्दै गर्दा अथवा शरीर स्वस्थ बनाइरख्दा खेरि अल्छी लाग्न सक्छ तर हामीले कहिल्यै अल्छी गर्नु हुँदैन । किनकी अल्छीपनाले धन तथा ऐश्वर्य नाश गर्न सक्छ । हाम्रो हिन्दू शास्त्रमा के पनि भनिएको छ कि “प्रमादः सम्पदं हन्ती ।”
अर्को कुरा के हो भने हामीसँग केही कुरा छ भने त्यसको घमण्ड गर्नु हुँदैन । जस्तै सम्पत्ति र जवानी । यिनीहरू क्षणिक हुन्छन् । हाम्रो हिन्दू शास्त्रमा के पनि भनिएको छ कि “किञ्चितकालोयभोग्यानी यौवनानी धनानी च ।” त्यसैले हामी हामीसँग यो छ त्यो छ भनेर घमण्ड गर्नु हुँदैन ।
हामीले घरमा आएका पाउनालाई भगवान जत्तिको आदर सत्कार गर्नुपर्छ । हाम्रो हिन्दू शास्त्रमा के पनि भनिएको छ कि “अतिथी देवो भवः” , भनेको हाम्रो घरमा पाहुना आउँदा तिनीहरूको मान सम्मान गर्नुपर्छ ।
हामीले केही जानेन यो मुर्खले भनेर त्यसलाई उपदेश दिनु बेकार छ । हाम्रो हिन्दू शास्त्रमा के पनि भनिएको छ कि “उपदेशो हि न मूर्खाणं प्रकोपाय न शान्तय ।” जसको अर्थ मुर्खहरूलाई उपदेश दिनु रिस बढाउनु मात्र हो । त्यसबाट ऊ शान्त हुँदैन ।
अर्को कुरा हामीले कहिल्यै लाज मान्नु हुँदैन । किनकी भोजनमा र कार्यव्यबहारमा जसले लाज पचाउँछ । त्यो सुखि हुन्छ र फाइदामा जान्छ । हाम्रो हिन्दू शास्त्रमा के पनि भनिएको छ कि “आहारे व्यवहारे च व्यक्तलज्जः सूखी भवेत् ।”
हामीले कहिल्यै पनि ढाह गर्नु हुँदैन किनकी अरूको डाह गर्ने प्रवृत्ति नै झगडाको बीउ हो । त्यसैले हामीले अरूको प्रगतिमा डाह गर्नु हुँदैन । हाम्रो हिन्दू शास्त्रमा के पनि भनिएको छ कि “इश्र्या कलहमूलं स्यात् ” ।
अर्को कुरा के भने हाम्रो आमा र हामी जन्मिएको ठाउँ स्वर्ग भन्दा पनि मूल्यवान हुन्छ । यही कुरालाई व्याख्या गरेर हाम्रो हिन्दू शास्त्रमा के पनि भनिएको छ कि “जननी जन्म भूमिश्च स्वर्गादापी गरियसी ” ।
हाम्री आमा कहिल्यै कुमाता हुन्नन् छोरो कुपुत्र भएपनि । किनकी आमाले दस महिनासम्म गर्भमा बोकेर जन्माई हुकाई गरेको आफ्नो सन्तानलाई कहिल्यै पनि नराम्रो सोच्न सक्दिनन् । हाम्रो हिन्दू शास्त्रमा के पनि भनिएको छ कि “कुपुत्रो जायते कचिदपी कुमाता ना भवती” ।
हामीले जति राम्रो काम गरे पनि जति असल भएपनि जति अरूलाई माया गरे पनि हामी मनुष्य, जनावर, रुख विरुवा, भगवानका भक्त जो भएपनि जसको पनि मृत्यु अवश्य हुन्छ । हाम्रो हिन्दू शास्त्रमा के पनि भनिएको छ कि “जातस्य हि ध्रुवो मृत्यु” ।
त्यसैले मानिसले यदि कुनै धर्म ग¥यो भने मलाई कपालमा मृत्युले समाइ रहेको छ भन्ने भावनाले धर्म गर्नु पर्दछ । यो वाक्यलाई हिन्दू शास्त्रमा यसरी व्याख्या गरिएको छ कि, “गृहित इव केशेषु मृत्युना धर्ममाचरेत्” ।
हामी मरिने त हो भनी हामीले अरूबाट धेरै कुरा लिन हुन्न । किनकी हामीले अरूबाट जति लियो त्यो भन्दा बढी दिनुपर्छ । हाम्रो हिन्दू शास्त्रमा के पनि भनिएको छ कि “जीवने यावदादानं स्यात् प्रदानं ततोधिकम्” ।
-यी सुक्तिहरु मैले कक्षा छ, गुरुकूलको संस्कृत किताबबाट लिएकी हुँ ।)

शीर्षक 13
शीर्षक के हो मलाई सोध्नु पर्दछ जहिले ।
त्यसैले आज शीर्षक चुने आफँैले अहिले ।
आजको मेरो शीर्षक मैले आफँैले राखेँ है ।
शीर्षक नै हो शीर्षक मेरो आजको साथी है ।
कविता लेखौँ भन्दछु कथा नि लेखौँ भन्दछु ।
कविता कथा जे लेख्दा पनि शीर्षक सोच्दछु ।
त्यसैले आज शीर्षक मैले शीर्षक चुनेकी ।
कुन चैँ शीर्षक म चुनु भनी आज त सोचेकी ।
शीर्षक के हो सोचेर म त दिन नै बिताउँछु ।
जे भए पनि कविता मैले लेखेर भ्याउँछु ।
बिहान जहिले पढ्दछु म त कविता ती राम्रा ।
राम्रो छ पुस्तक नाम हो यस्को, छन्दको छहारा ।
धेरै नै मान्छे धेरै नै कवि मिलेर बनाको ।
जे लेख्दा पनि शीर्षक लेख्ने नियम बनाको ।
नलेखिकन शीर्षक मेरो कविता सिद्धियो ।
शीर्षक लेख्ने काम नि मेरो अहिले सिद्धियो ।

बिजुली 14
बिजुली बल्यो उज्यालो भयो सबको घरमा ।
सबैले किने बिजुली आज पैसाको भरमा ।
उज्यालो भयो अहिले राति कसरी होला है ।
उज्यालो भाको अहिले राति बत्तीले होला है ।
रातिमा पनि हामीले अाँखा देख्न त पाइयो ।
बत्तीले गर्दा हामीले राति लेख्न त पाइयो ।
दिउँसो राति जे भए पनि सिक्न त पाइयो ।
पढ्न र लेख्न रमाई बस्न हामीले पाइयो ।
बनाका हुन् रे बिजुली दुई वैज्ञानिक् मिलेर ।
विलीयम् गील्ब्रट् थोमस ब्रोन लेबनाका मिलेर ।
बेन्जामीन् थर फ्राङ्कलीन् भन्नेले थाहा पाएका ।
बीजुली हुन्छ भनेर थाहा तिनले पाएका ।
नेपाल्मा पनि ल्याउने बत्ती हुन् चन्द्र शम्शेर ।
उनले ल्याए बत्तीको नाम हो रे चन्द्र ज्योति ।
ल्याका रे उन्ले चन्द्रको ज्योति बिजुली यहाँ त ।
तिनैले ल्याका भएर होला त्यैनाम राखेका ।
बिजुली बत्ती बल्छ है आज सबको घरमा ।
हामीले बस्नु पर्दैन अब चोरको डरमा ।
नमस्कार् गर्छु अहिले आज वैज्ञानिकलाई ।
जसले दिए बिजुली बत्ती हामी यी सबैलाई ।

Poem Review of "Mero Ghar" 15
Today I am going to describe a poem in English. The poem is written in Nepali language. The poet of this poem is Parasmani Pradhan. The topic of this poem is "My Mome" in English and in Nepali "Mero Ghar"
In the poem poet asks whose home is this ? Owner said that it is mine because land is mine and the money to make this home is mine. My family live here so this home is mine.
The swallow, a small bird living in that home said in its voice "this home is mine, too, My wife, me, my son live here. From many places I carry sticks here and make beautiful palaces. I am safe from rain, sun, water etc. so this home is mine. "
Other smaller animals like rats and sparrow also said that this home is theirs. No one should ask this type of question to other.
Sparrow comes and says in it's voice "this home is mine my father "jiba" lived here. How this home became yours? There is nest and my eggs, my 12 children are still here so this home is mine.
From this poem, we know that our personal home is also the home of other beings living here. In the same way, our earth is also the mother home of all. We should love and protect it.
The poem is very beautiful written in "Maatrik Chhanda"
Thank you

Essay by: Pranjila 16
Title: Home
On: 20th Baisakh, 2077
Home
Home is the place where we live. It protects us from storms, very hot sun, rain, snow, etc.
For humans there are many types of homes. Thatched roofed houses are made up of stone and mud, are mainly found in rural places of Nepal. It is colored with cows dung. These types of houses don't collect heavy snow and water at the roof. However, they can be always destroyed in earthquake and that is the reason why this type of home are disappearing today.
The second type of home is cemented ones. These types of homes are popular in the world. This type of home are not destroyed in heavy earthquake and other natural disasters.
We can call home as house, too. Not only humans but also animals have homes. The homes of some other animal are known as nest, cave, burrow, kennel, aquarium etc. Home is the basic need for all living things as well.
Thank You


निबन्धः 17

कोरोना र त्यसले सिकाएको पाठ

कोरोना भाइरससँग अहिले पूरै विश्व लडिरहेको बेलामा नेपाल पनि लडिरहेको छ । नेपालमा अहिले सम्ममा पचास जना भन्दा बढिलाई कोरोना लागिसकेको छ । पहिले पहिले पाहुना आउँदा “अतिथी देवो भव” भनेर सम्मान गरिने देशमा अहिले पाहुना आउँदा खेरी “अतिथी क्वारेन्टाइन गृह” मा राखिने गरिएको छ ।
कोरोना रोगले हामीलाई धेरै कुराहरु सिकाएको छ । बाहिर गएपछि हात मुख धुनुपर्छ, घरमै उपचार गर्न मिल्ने भए पनि खालि अस्पताल लग्नु हुदैँन, सबै सधैँ सफा भएर बस्नुपर्छ, बाहिर जाँदा खेरि मास्क लगाउनुपर्छ, बाटोघाटो सफा गर्नुपर्छ, भिड धेरै बनाउनु हुँदैन, प्रकिृति धेरै फोहोर बनाउनु हुदैँन जस्ता थुप्रै कुरा हरु सिकाएको छ ।
कोरोनाले अर्को हामीलाई के सिकाएको छ भने गाउँमा सबै सुविधा नभए पनि हामी शहर नजाने, विदेश नजाने, आफ्नै गाउँठाउँमा मिहीनेत गरी बस्नुपर्छ किनकि जति शहर बसेपनि दुःख परेको बेला आफ्नै गाउँमा आउनुपर्छ । यसले हामीलाई अर्को पनि के सिकाएको छ कि हामीले जनावरको हिंसा पनि गर्नु हुदैँन किनकि यो भाइरस पनि जनावरबाटै आएको भनिएको छ । मानिसको साथी मानिस मात्र नभएर सबै हो र अर्को कुरा के भने हामी केहीसगँ न नजिक रहनुहुन्छ न टाढा रहनुहुन्छ ।
कोरोनाले लकडाउन भएर मान्छेले काम नपाएका कारणले गर्दा धरै जसको घर कोठाहरु चम्किएका छन् । हावा प्रदुषण, पानी प्रदुषण, ध्वनि प्रदुषण भएको छैन । कोरोना भाईरसका कारण पुरै विश्व सफा भएको छ । सबैजना आआफ्नो घरमा होम क्वारेन्टाइामा छन् भने कोहि आआफ्ने खेत बारिमा सामाजिक दुरि कायम गरेर बसेका छन् । कोरोना रोगले जति मान्छे मारे पनि त्यसले हामीलाई धेरै पाठहरु सिकाएको छ ।



पेट 18

पेट हाम्रो शरिरको, खाको कुरा राख्ने थैलो
पेटको नाम उदर, दोश्रो भुडिँ छ पहिलो
उदर भित्र पिृथ्वी झैँ, हुन्छन् सबै कुराहरु
मुखबाट छिरी पानी, नदीनाला कति अरु

खाएको यो पचाउँछ, भोक लागे कराउँछ
खाने कुरा खाएपछि, भोक हाम्रो हराउँछ
पेट हो ठुलो व्यापारी, खाएको यो सबै लिने
व्यापारी जस्तै यसले, नचाहिने फिर्ता दिने

उदरले हामीलाई, नचाहिने फाली दिन्छ
हामीलाई चाहिने, यसले नै साचीँ राख्छ
रक्त चाहीँ नदी हुन्छ, आन्द्रा भुडिँ भूमि हुन्छ
पृथ्वी जस्तै भुडिँ पनि, अण्डाकार हाम्रो हुन्छ

धेरै खायो भने पेट, हाम्रो अटस्मटस् हुन्छ
नचाहिने कुरा खाए पेट हाम्रो धेरै दुख्छ
पेट पालौँ पेट पालौँ पेटमा सब लौ हालौँ
पाईखाना गई गई, कहिले काहिँ पखालौँ



स्वास्थ्यको महत्त्व 19

स्वास्थ्यको बारेमा आज यो कविता म लेख्दछु
अक्षर गनि सोह्रमा कविता अब लेख्दछु

आठ ओटा पढेपछि तिमी रोकिनु बिचमा
बाँकि पढ्नु त्यसपछि विश्राम गर्नु अन्त्यमा

सधैँ स्वस्थ्य भए हामि धर्मार्थ मोक्ष पाउँछौ
सबै कर्म सकि हामि धनधान्य कमाउँछौँ

स्वस्थ्य भई हामि सबै दशै नङ्ग्रा खियाएर
बाँच्नु पर्छ गरि काम हामी सबै मिलेर

भई स्वास्थ्य बस्यौँ भने सबै काम सकिन्छ है
धनि रोगि भयौँ भने केकाम हुन्छ धन है

स्वास्थ्य भई बाचेँमा पाइन्छ खानदान यो
रोगि भए हामि सधैँ पाउन्न मान शान यो


फूल 20
बगैँचा भरि फुल्दछ फूल क्याराम्रो देखिने ।
पुतलि मौरि बगैँचा भरि जहिले आउने ।
मौरिले लिने फूलको रस मह बनाउने ।
पुतलि आई बगैँचा हाम्रो राम्रो पारि जाने ।

धेरैनै हुन्छन् रे फूल रङ्गी र चङगिनै ।
लालिगुँरास भन्ने त राष्ट्रिय फूल हाम्रोनै ।
गुलाफ पनि धेरैनै हुन्छ धेरैनै प्रकारको ।
पहेँलो रातो गुलाफि सेतो रङ हो गुलाफको ।

लालि गुराँस को पनि हुन्छ धेरैनै प्रकार ।
औँलाले गन्न नभ्याउने त्यसको प्रकार ।
भएर फूल पाइन्छ खान त्योमिठो महहै ।
नभए मौरि नभए फूल नपाउने खानहै ।

नभए फूल हुँदैन राम्रो हाम्रोयो बगैँचा ।
रुख र फूल नभए हुन्न राम्रोयो बगैँचा ।
खुसिको बेला दुःखि को बेला त्यैफूल चाहिन्छ ।
जन्मेनि मान्छे मरेनि मान्छे त्यैफूल चाहिन्छ ।

पानी पर्यो 21
गड्याङ गुडुड् पानी पर्छ केभाको होलाहै ।
असिना पानी नी पर्छ झन् यो केभाको होलाहै ।
पहिले यो जिउ मेरो गनाउँथ्यो पसिनाले ।
भेटिएन ओत भने मार्छ होला असिनाले ।
असिना पानी र हावा कतिहोला आकाशमा ।
चराचुरुङगी हरु पनि पसेहै आफ्नो गँुडमा ।
विना छाता कतै मान्छे देखिँदैनन् वरपर ।
झरी झर्झर झर्दैछ झरिरन्छ निरन्तर ।

एक दुई ओटा मात्रै गाडी गुड्छन् सडकमा ।
जाडो भई न्यानो खोज्दै मान्छे सुत्छन् पलङमा ।
रुखका पात हरुनि नाचि रहेका रैछन्त्याँ ।
कुकूर शिर लुकाइ बसेको रैछ ओतमा ।

हावाहुरि अनि पानी बर्सेको छ जहाँत्यहिँ ।
असिना पनि बर्सेको छ अहिले काहिँकाहि ।
पसल खोल्दा पसल भित्र छिरीरहेकोछ ।
बिस्तारै बिस्तारै अब त्यो पर्न रोकिएको छ ।


Short poem for my mother 22

Mother ! You are the best in the world.
You helped me to do many things in the world.
You gave me birth and helped me to grow.
You helped me to recognize birds e.g. parrot, crow.
To my lovely mother
" HAPPY MOTHER'S DAY"

सरस्वती 23

झ्याउरे छन्द जाने है अनुष्टुप म घोक्दछु
सरस्वती सिकाउनु तिमीलाई म ढोग्दछु
सरस्वती मया दृष्टा विणा पुस्तक धारीणी
हंष वाहन संयुक्ता विद्दा दान करो तुमे

सरस्वती नयाँ ज्ञान जस्को पुजा म गर्दछु
तिम्रै ज्ञान म लिएर नौला काव्य म रच्दछु
तिमीले ज्ञान सिकाए धेरै ज्ञान बटुल्दछु
तिमीले यि नयाँ कुरा सिकाए म सिक्दछु

किताबका राम्रा कुरा पढ्दै ज्ञान बटुल्दछु
नराम्रा कुरा हटाई राम्रा मात्रै म सिक्दछु
तपाईँको राम्रो ज्ञान हामिलाई सिकाउनु
विद्दा ज्ञान ज्योति दिई सबैलाई चम्काउनु

लाखौँ ओटा आफ्नो नाम सबैलाई घोकाउनु
राम्रो राम्रो पाठ पनि सबैलाई पढाउनू
राम्रो ज्ञान राम्रो विद्दा हामीलाई दिनुहोवोस
हामिलाई मात्र होइन सबैलाई दिनुहोवोस


देश भक्ति 24

प्रदेश छन् सातवटा सतत्तर वटा जिल्ला छन् ।
पहिले भन्दा अहिले दुई जिल्ला बढेका छन् ।
हिमाल पहाड अनि तराई मिली बनेको ।
एकएक गरि जिल्ला नेपालको छ गनेको ।

पर्यटक पनि धेरै घुम्नलाई त आउँछन् ।
सबैतिर घुमीफीरी आफ्नै देशमा धाउँछन् ।
प्रक्रिति र संस्कृतिको धनी देश नेपाल हो ।
चतुर्भुज नभएको झन्डा छ यो नेपाालको ।

एउटा र अर्को धर्मको बीच झगडा नहुने ।
नेपाल देशमा बसौँ हामी कलह नहुने ।
धेरैनै थरि फलफुल यहाँ चाख्न पो पाइन्छ ।
किनेर भए पनि त यहाँ खान त पाइन्छ ।

हिमाल अनि पहाड तराइ घुम्न नै पाइन्छ ।
एउटै देशमा लौ धेरै कुरा देख्न पो पाइन्छ ।
अनेक मन्दिर देख्न चाडहरु मनाउन ।
धेरैथोक गर्न नेपालमा नै पाइन्छ ।


मेरी आमा 25

हे मेरी आमा मलाई जन्म तपाईँले दिएको ।
असल राम्रो मलाई कुरा तपाईँले सिकाको ।
म सानो हुँदा खुवाई दिने तपाईँले नै हो ।
म सानो हुँदा नुहाई दिने तपाईँले नै हो ।

मलाई राम्रो तपाईँले नै बाटोमा लगेको ।
सधैँ नै मेरो तपाईँले नै लौ ख्याल राखेको ।
ज्ञान र गुनका कुराहरु हजुरले सिकाको ।
हे मेरी आमा तपाईँले नै हुर्काको बढाको ।

असल राम्रो कुराको अर्ति हजुरले दिएको ।
केहि न केहि लौ काम गर्दा हौसला बढाको ।
हे मेरी आमा तपाईँ जस्तो कोहि नि छैन याँ ।
म पाठो बनी बोल्दछु आज गर्दछु म्याँम्याँम्याँ ।


शुभकामना 26

यो नयाँ साल अति नै राम्रो भएर आओस् है ।
यो सालसँगै कोरोना रोग हराई जाओस् है ।
भ्रष्टाचार् हटी मानवताको विजय भैदियोस् ।
खुसि र हर्षकासाथ साल वितेर गैदियोस् ।

मनाआौँ हामी यो नयाँ साल घरमै बसेर ।
नजाआौँ कतै बाहिर घुम्न कम्मरै कसेर ।
यो नयाँ सालबाट नै हटोस् नराम्रा काम है ।
अति नै राम्रा मात्र नै काम देशमा भइदियोस् ।

विकास होओस् यो देश पनि यो नयाँ वर्षमा ।
गरिब दुखिले पनि न्याय पाउन् यो देशमा ।
नराम्रा कुरा दिमाखबाट हटाउनु पर्दछ ।
खुसि र हर्षकासाथ साल बिताउनु पर्दछ ।

नेपालीहरु विदेश गई काम है नगर्नुस् ।
काम नै गर्ने हो भने आफ्नै देशमा ल गर्नुस् ।
नेपाल देश विकास गर्न नेपाल आउनू ।
विदेशि भूमि विकास गर्न नेपालि नधाउनू ।

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...