Skip to main content

श्रुती, तेह्र, विज्ञान मन

तेह्र, विज्ञान मन

वसन्त ऋतु ः सूर्यका दुईओटा अद्वैैत रङ्गीन खुट्टाहरू, फूल फूल्ने शुरूवात । सरस्वती पूजा ः स्वतस्फूर्त रूपमा प्रकृतिमा रस उत्पादन हुने प्रकृयाको शुरूवात ता कि वनस्पति र वनस्पतिदेवीले गर्भधारण गर्न सकून् र पशुपतिलाई पुष्पले पुज्न सकून् । वसन्त ऋतु ः प्रकृतिको प्रथम रजश्वला जसबाट शुरू हुन्छ श्री सम्पत्ती । श्री पञ्चमी ः सन्तहरूले सरस्वतीको सहयोगमा बुझ्न शुरू गर्छन् श्रीलाई वसन्त श्रवण पश्चात् र विग्रह गर्छन् एक सूर्यायन भित्रमा अनि देख्छन् चण्डि, श्रीको सरल स्वरूप ।
लगभग एकपक्ष बितिसक्यो वसन्त पञ्चमी पछि । झुसिल्किराहरू नरम पात खाएर हुर्किइसके र पूmलका वासनाले दिमाग विकसित गरिसके । रङ्गीन पूmल र पातहरूमा रङ्गीन पुतलीहरू उड्न थालिसके श्रुतीको कक्ष बाहिर । विना योजना र विना स्वीकृति श्रुतीलाई दर्शन् भेट गर्न आएका थिए उनीहरू । माया लाग्यो श्रुतीलाई । बन्द गरिन् झ्याल । सोचिन् ः त्यहाँसम्म त ठीकै छ, कक्ष भित्रै पसे भने ! उनलाई पनि निराश र पुतलीलाई पनि एेंठन । पीरले त्यसै आवाज निस्किएछ ।
– भित्र आउनु पर्दैन, त्यहीं डुल्नू बाहिरतिर ।
– किन श्रुती ? के भयो तिमीलाई आज ?
झस्याङ्ग भइन श्रुती । कक्ष नजिक दीपक दाइज्यू आउनु भएको रहेछ, थाहै पाएकी थिइनन् ।
–  होइन दाइज्यू ! यी बाहिरका पुतलीलाई भनेको । त्यतै खेल, कक्षभित्र नआऊ, यहाँ सबै विना रसका मात्र पूmलहरू छन्  भनेको ।
– ए ! म त झण्डै फर्किएको । आज मसँग रिसाएकी रहिछौ जस्तो लाग्यो ।
– त्यसो होइन । किन रिसाउनू ?
– कि बिरामी भएकी छ्यौ ?
– छैन–छैन । एकदम ठीक छु । केही बिरामी छैन ।
– त्यसै भए श्रुती म चाहिँ मानसिक बिरामी हुन लागें जस्तो छ । मलाई सम्झाइदेऊ र प्रमाणित गरेर पठाइदेऊ कि म त्यस्तो मान्छे होइन भनेर । मलाई ढुक्क पारिदेऊ ।
– आज निकै खुशी मुडमा हुनुहुँदोरहेछ दाइज्यू ! आउनुस्, बस्नुस् ।
– तिम्रो र मेरो यहंी असहमती हुन्छ श्रुती ! म भन्छु कि म विरामी छु तर तिमी भन्छ्यौ कि म खुशी मुडमा छु ।
– यति बेला चाहिँ तपाईं ठीक हुनुहुन्छ दाइज्यू, किनकि मानसिक बिरामी हामी सबै नै हुन्छौं । कुरा घटिबढीको मात्र हो । हामी दुबैजना बिरामी हुन सक्छौं तर नगण्य रूपमा मात्र छौं, डराउनु पर्दैन । यो सबैलाई लाग्छ नै । बरु मेरो यो नयाँ पेन्टिङ्ग कस्तो छ दाइज्यू ?
– उत्कृष्ठ । उत्कृष्ठ यो अर्थमा कि मैले बुझिँन । तर के बुझें भने तिमीलाई पनि कहिले दाइ आउला र देखाउँला जस्तो भएको रहेछ, हो ?
– मेरो कक्षमा अचेलभरि तपाईं बाहेक को नै आउँछ र देखाउने आशा गर्नु ? आफ्नो सम्झिने तपाईं नै हो ।
– जनावर–सनावर भए तिम्रो दाइज्यूले चिन्थ्यो । यो त मैले साँच्चै नै बुझिँन । कुन थिममा पेन्ट गरेकी ?
– त्यसैको पछाडि छ । पढ्नुस् न ।
“बाहिर रङ्गीन सारी चोलो भित्र मलमूत्र,
जिन्दगीका उदाहरण, खै त जीवन सूत्र ?
उसका छोरा डाक्टर, पाइलट  ........ ।
– पेन्टिङ्ग बुझ्न भन्दा तिम्रो लेखाइ बुझ्न गाह्रो भयो मलाई, श्रुती ! मैले पढ्नै सकिन । कि जबर्जस्ती पढिसकेर उत्कृष्ठ रहेछ भनौं ?
– पर्दैन, पर्दैन । म आफैंले पनि राम्ररी बुझेकी छैन ।
– म किन केही बुझ्दिँन श्रुती ! किन कसैलाई पनि बुझ्दिँन ? कि अरूले मलाई नबुझेका हुन् ? तिमी त बुझ्छ्यौ नि है मलाई ?
– शायद !
– त्यसो भए भन त म कस्तो छु, कस्तो हुन्छु होला, किन यस्तो भएँ, आदि आदि ।
– ऊ पल्लो कक्षमा बसौं न । यताबाट सुसारेहरू हिंडिरहन्छन्, देख्छन् ।
– .................... ।
– .................... ।
– अनि आज कहाँ खाना खानुभयो त, दाइज्यू ?
– भाइलाई लिएर सात दोबाटो गेम हेर्न गएको थिएँ । त्यतै केही खायौं । खानाको कुरा छोड । तिमीलाई म कस्तो लाग्छु भन ।
– मैले के भनौं र दाइज्यू । वास्तवमा तपाईं जे र जस्तो हुनुहुन्छ म पनि त्यही र त्यस्तै छु । त्यसैले मैले तपाईंको बारेमा भन्नु भनेको मेरै बारेमा भन्नु हो । अनि मैले अघि खानाको बारेमा किन सोधेकी हुँ भने, मान्छे कस्तो हुन्छ भन्ने कुरा धेरै मात्रामा उसको खानामा पनि भर पर्छ । मलाई त अझ के पनि विश्वास छ भने मान्छे एक प्रकार आफूले खाएको खानाको अर्को रूप नै हो । यतिमात्र पक्कै नहोला तर धेरै मात्रामा चाहिँ हो । केही खानाले प्रत्यक्ष र तत्काल असर पार्छन् भने केही खानाले कालान्तरमा । हाम्रै उदाहरणबाट कुरा गर्दा पनि यी सही हुन्छन् जस्तो लाग्छ । हेरौं न, बुबाज्यू, मुमाज्यू मौसुफ सरकार । सरकार भन्ने बित्तिकै स्वदेशी र विदेशी रक्सी । बाघ देखि बँदेलसम्म र खरायो देखि खसीसम्मको मासु पक्कै खानुभयो ।
– मलाई पनि हो नै जस्तो लाग्यो । मेरो कपाल पनि पहिलेको भन्दा अचेल अह्ररो हुँदैछ । बँदेलको मासूले असर पस्यो जस्तो छ । के गर्नू, त्यही मीठो लाग्छ ।
– तपाईंले मात्र खाएर पनि सबै कुरा हुँदैन । बुबाज्यूले खाएका कुराहरू रस, रगत, मासू, हाड, मेधा, मज्जा हुँदै शुक्रसम्म त्यही खानाको नै बन्यो । मुमाज्यूको पनि त्यही तरिका हो । हामी दुवैजना त्यही रज र वीर्यबाट जन्मिएका हौं । हामीहरूमा उहाँहरूको खानाको असर पक्कै छ । त्यसमाथि हाम्रो पनि खाना उस्तै नै भयो । अनि तपाईं त्यस्तो हुनुभयो, म यस्ती भएँ । फेरि ती त मुखबाट खाएका कुराहरू भए । उहाँहरूले आँखा, नाक, कान, छाला र मनबाट खाएर शरीर दिमागमा राखेका कुराहरूको असर हामीमा पक्कै पनि आयो । अनि हामी यस्ता भयौं । त्यसमा पनि उहाँहरूले राजनीति गर्नुप¥यो । साम, दाम, दण्ड, भेद साथ लिनु परिगयो । यी सब कुराहरूको एक मुष्ठ डल्ला त हौं नि हामी । पर्खालभित्र गुडुल्किँदै हुर्केका मांशपीण्डहरू । लार्भा तहमा नै नासिन लागेका आशाहीन पुतलीहरू हौं हामी ! र त्यही सूत्रबाट हेर्ने हो भने पनि हामी जन्मिदै खेरी अलि अलि विराम बोकेर जन्मिइएका छौं । व्यक्तिगत जीवनका कारण कहिले विराम बढायौं र कहिले घटायौं । त्यसैले तपाईंले ‘म विरामी छु’ भनेर चिन्ता लिनै पर्दैन । यो बानी र आचरणमा भर पर्छ ।
– खाना कै कारणले गाई र सिंहको त्यस्तो फरक बानी भएको होला त, श्रुती ?
– सम्भव छ । नहोला भन्न कसरी सकिन्छ र ? ऊ त्यो पल्लो झ्यालबाट हेर्नुस् त । ती पूmलमा उड्ने पुतली कति राम्रा छन्, स्वतन्त्र पनि देखिन्छन् र शायद खुशी पनि होलान् । यिनीहरूका बा आमाले रङ्गी बिरङ्गी फूलहरूको अमृत समान रस पिएका थिए । यिनीहरू पनि तिनै फूलजस्ता रङ्गी विरङ्गी भए । पुस्तौंसम्म यही क्रम दोहोरियो र यिनीहरूको प्रकृति नै यस्तै भयो ।
– तब त म भन्छु, यही अवस्था हाम्रो पुस्तामा रहिरह्यो भने अबको चार पाँच पुस्तापछि हाम्रा सन्तानको अवस्था के हुने होला ? शायद त्यसवेलासम्म हाम्रो पुस्ता नै नचल्न पनि सक्छ । रोकिदिन मनलाग्छ यो घीनलाग्दो र प्रदूशित रगतश्रृङ्खलालाई जसको प्रमुख स्रोत म भएको छु यतिबेला । त्यसैले त मानसिक विरामी छु, मलाई सम्झाइदेऊ भनेर आएको ।
– तपाईंलाई सम्झाउनु नै पर्दैन दाइज्यू आफैं जान्नुहुन्छ । र यो रगत श्रृङ्खलालाई रोकी रहनु पर्दैन । सुधार्न सकिन्छ । टेन्सन कम गर्नुहोस् । खानपान सुधार्नुस् । चिन्ता फिटिक्कै नलिनुस् । बरु मसँगै कुरा गरेर बस्नुस् । त्यसै ठीक हुन्छ ।
– फिटिक्कै चिन्ता लिइएन भने त सुँगुर नै भइहालिन्छ नि ! त्यो पनि गतिलो सल्लाह भएन श्रुती । फेरि वँदेलको मासु खाएर सुँगुरको जीवन त के बिताउनु । झन् खराव भएन त ?
– यी वँदेल, मानसिक विरामी, पुतली, बुबाज्यू, ए.डी.सी., मुमाज्यू, तपाईं, म सबै जीवनका उदाहरण हुन दाइज्यू ! जीवका उदाहरण । उदाहरणमा किन अल्मलिनु हुन्छ, सीधै जीवन सूत्रतिर लाग्नुस् न । बाँच्न सजिलो हुन्छ ।
– एकछीन् पख त श्रुती । तिम्रो अघिको पेन्टिङ्गको पूरै थिम पढेर आउँछु है त ।
– अहिले पढ्नु पर्दैन । पछि पढेपनि हुन्छ ।
– पछि भनेको कहिले ? बूढेसकालमा ?
– बूढेसकाल पर्खनै पर्दैन । एकछिन् पछि जाँदा हेरे भइहाल्यो नि ! चिन्ता लिनै पर्दैन । नहेरे पनि हुन्छ । त्यस्तो मूला नबुझे पनि हुन्छ त्यो पेन्टिङ्ग । मात्र आफूलाई माया गर्नुस् । मलाई, बुबाज्यू, मुमाज्यूलाई माया गर्नुस् । सब ठीक हुन्छ । यी तपाइँँका सोचहरू पनि मायासँगै नम्र, जीवन्त, प्रेममयी र वसन्ती भएर भेलिदेखि नै सकरात्मक हुन्छन् ।
– हेर बहिनी ! तिमी केटीहरू के ले र कुन रसले बनेका हुन्छौ त्यो मलाई थाहा छैन र फेरि तिमीहरू आमा भइसकेपछि कुन रस प्रधान हुन्छ, त्यो पनि मलाई थाहा छैन र नहोस् पनि । तिमीहरूको र हाम्रो मायाको परिभाषा बेग्लै हुन्छ भने अरू शब्दको पनि अर्थ वेग्लै लाग्छ होला । कि त मलाई महिला शब्दकोश देऊ र म थाहा पाउन सकूँ कि केटीहरूको र हाम्रो परिभाषा कति फरक हुँदो रहेछ, कि त तिमी नै बुझाइदेऊ । आमा, माया, पिता, प्रेमी, तिमी, म लगायतका सम्पूर्ण शब्दहरूको जसको अर्थ मैले बुझेको छु र मलाई बुझाइएको छ, त्यो तिमीसँग पनि मिल्छ कि मिल्दैन होला हैश्रुती ? मैले बोलेको तिमी कसरी बुझ्छ्यौ श्रुती ? अहिले बुझेकी छ्यौ कि छोइनौ ? म अहिले सामान्य अवस्थामा छु कि बहुलाएको अवस्थामा छु श्रुती ? के तिमीलाई पनि यस्तो हुन्छ ? रक्सी खान मन लाग्दैन तिमीलाई ? आफैंलाई बिर्सन मन लाग्दैन ?
– मैले आफूलाई धेरै मात्रामा मबाट उहिल्यै अलग गरिसकेकी छु, दाइज्यू । र अलग्इिएको आफूलाई बिर्सन रक्सी खाइरहनु पर्दैन । म भनेको माइनस म हुँ, दाइज्यू र तपाईंलाई जबर्जस्ती प्लस म बनाइएको छ ।
– पक्का हो श्रुती ! मलाई महिला शब्दकोश चाहिन्छ तिमीहरूसँग कुरा गर्न । तिमीहरूको कुरा हामी बुझ्दा रहेनछौं जसरी अहिले मैले तिमीले भनेको कुरा बुझिनं । मैले अहिले रक्सी खाएको पनि छैन । ठीक छ श्रुती तिमी केटी जातीहरू नै राम्ररी बाँच, नाच र हाँस । शायाद म तिमी बन्न सक्दिन होला, कि सक्छु श्रुती ?
– सक्नु हुन्छ दाइज्यू ! यो तपाईंको प्रयासमा भर पर्ने कुरा हो ।
– कहिलेकाहिं तिमीसँग कुरा गर्न पनि बेकार छ श्रुती । बरु मेरै ए.डी.सी.हरू ठीक छन् । कुरा त मिल्छ, सँगै पीउन त मिल्छ । शायद उनीहरू पनि केटा भएर होला है ? कमसेकम कल्पना नै सही रङ्गीन योजना त मिल्छ । कृतिम नै सही क्रान्ति त मिल्छ र गलत नै सही क्षणिक शान्ति त  मिल्छ ।
– त्यही क्षणिकलाई लाक्षणिक सुख मानेर जीवन बिताउने रहर छ वा जीवन पर्यन्त सन्त समान अनन्त, शान्त, आनन्द र वसन्तमय बाँच्ने रहर छ त तपाइँलाई, दाइज्यू ?
– रहर शब्दको अर्थ तिम्रो र मेरो फरक छ श्रुती ! तिमी यतातिर कुरा नगर । मान कि मेरा गोडामुनी लाखौं रहरहरू उम्रिन खोज्दै, मर्दै गइरहेकाछन् र तिनलाई टेक्न मलाई बाध्य परिएको छ र नटेकी म हिड्न पनि सक्दिन । कि म नहिंडू ? कि तिमी जस्तै एउटा कोठाभित्र बसेर पेन्टिङ्ग गरिरहुँ ? फेरि त्यो पनि मलाई आउँदैन ।
हेर श्रुती, स्कूल जान्न भन्दा कुटाई खायो कसले ? बा–आमासँग सुत्छु भन्दा ‘आउँदो बुधबार पर्खी’ कसलाई भनियो ? तपाईंसँग जान्छु भन्दा ‘ए.डी.सी. सँग जा’ कसलाई भनेको ? बाहिर खेल्छु भन्दा ढोका कसले लगाइदियो ? मैले दूध खान्न भन्दा जबर्जस्ती नपिलाई दिएको भए आज म पक्कै पनि रक्सी खाने थिइनं होला । थोरै मात्र मलाई जङ्गलतिर खेल्न दिएको भए आज मलाई चरा मार्न मन लाग्दैनथ्यो होला । तिमी अशल छ्यौ तर पनि कहिलेकाहीं म तिमीलाई सर्प देख्छु । म ठीक छु तरपनि आफैंलाई कुनै जनावर देख्छु र बन्दूक कहाँहोला भन्ने सम्झना आउँछ । म यस्तै छु त के गर्नु ? मलाई यस्तै परियो त के गर्नु ? तिमीले अघि नै भन्यौ नि, मलाई जवर्जस्ती प्लस म पारिएको छ भनेर । तिमीले ठीक भनेकी रहिछ्यौ तर तिमीले भनेकोबेला बुझिँनछु, अहिले बुझें । अनि के कुरा गर्नु तिमीसँग । सजिलो गणित र बुझिने विज्ञान जस्तो स्पष्ट भाषामा पूरै वाक्यको अर्थ लाग्ने गरी बुझाइदेऊ न तिम्रो जीवनसूत्र र निको पारिदेऊ मेरो विमार ।
– सुन्नुस्, दाइज्यू !
एउटा मान्छे वर्षमा तीन चार छाक मासु खान पाउँथ्यो रे । प्रत्येक पटक मासु खाँदा दशैं नै आए जस्तो रमाइलो लाग्थ्यो रे । उसले त्यतिकै मासु खान छाडेछ रे । र पछि उसका साथीसँग कुरा गथ्र्यो रे, अब ऊ प्रत्येक गाँसमा दशैं मान्छ रे ।
अर्को कुरा, महाभारतको युद्धमा भीमले रिसाएर फ्याँकेका शत्रु पक्षका रथहरू पृथ्वीको इस्केप भेलोसिटी पार गरी अझै पनि पृथ्वीलाई परिक्रमा लगाउँदै छन् रे, र रथका घोडाहरू पनि त्यसै सुकुटी बनेर घुमिरहेका छन् रे ।
अर्को कुरा, आकाशको धेरै माथि चराको एउटा जात छ रे । त्यसले उड्दा उड्दै आकाशमा नै फुल पार्छ रे । फुल जमिनतिर खस्छ रे । बेतोडले जमिनतिर खस्ता खस्तै तातेर त्यहींबाट बाटैमा चल्ला निस्कन्छ रे र त्यो चल्ला उडेर फेरि आफ्नै आमा–बासँग माथि जान्छ रे ।
अर्को कुरा, अस्ति भर्खरै मात्र काठमाडौंमा दुई जना विशिष्ट वातावरणविद्हरू आफ्नो सुत्ने कोठामा भएको हानिकारक र विषाक्त हावा हटाएर सुत्ने क्रममा अक्सिजनको मात्रा नपुगेर त्यहीं मरे रे ।
अर्को कुरा ...... ।
– श्रुती अब भयो । मैले के बुझें भने, म भन्दा बढी तिमी विरामी रहिछ्यौ । बरु म नै ठीक रहेंछु । अहिले म गएँ । भोलि बिहानतिर आउँछु ।
– हुन्छ, दाइज्यू तर तपाईंका यी कुराहरू अरूलाई चाहिँ नभन्नुस् है ।
– ल ल ।
एक्लै भइन् श्रुती र एक्लै बोलिन् ।
– मैले के बुझें भने दाइज्यू, शायद अब हामी कसैले पनि तपाईंको उपचार गर्न सक्दैनौं होला ।

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...