बाह्र, मित्र मन
– आउनुस्, चड्नुस् । यताबाट ।
– धन्यवाद ! नमस्ते ।
– नमस्कार ! धेरैबेर त कुर्नु भएन नि ?
– होइन भर्खरै मात्र आइपुगेकी थिएँ । तपाईंकै गाडि हेर्दै थिएँ ।
– मेरो ड्राइभर घर गएको रहेछ । अनि दाइज्युको ल्याएर आएकी । के छ, सञ्चै हुनुहुन्छ ?
– ठीकै छु । तपाईंले मलाई तपाईं भनेको सुहाउँदैन रहेछ । तिमी नै भन्नुस् । बरु इज्जिता हुन्छ ।
– म त तिम्रो घरमा छु जस्तो लागेछ, इज्जिता । फेरि घर पुगेपछि त तपाईं नै भन्छु है ! मुमाज्यूले सुन्नुभयो भने गाली गर्नु हुन्छ । अनि के छ तिम्री आमाको खबर ? तिम्रो भाइ अझै पनि उभिएर नै खान्छ कि बस्छ पनि कहिले काहीं ?
– श्रुती जी ! ऊ मेरो काकाको छोरो हो । अहिले पढ्न गइसक्यो । चार वर्षका लागि फ्रिसिपमा गएको हो । जाने बेलामा बाइ भन्न आइरथ्यो त्यसपछि खासै कन्ट्याक्ट नै भएको छैन । पढाइ सकेपछि मात्र आउँछुहोला भन्थ्यो । आउने जाने खर्चले निकै काम गर्छ पनि भन्थ्यो । त्यही त हो नि हाम्रो ।
– जे होस्, रमाइलो थियो । सम्पर्क भएको बेला मैले पनि सम्झिएकी छु भनेर सुनाइदेऊ है ! अनि आमा त्यस्तै हुनुहन्छ कि अलिक ठीक हुनुभयो ?
– बिसेक हुने रोग नै होइन त्यो । अहिले कि भरे हुनुहुन्छ । मेरा आफ्नै दाजुभाइ पनि छैनन्, म एक्लै छु । अहिले पनि म उतैबाट आएकी । आइ.सी.यू. मा नै हुनुहुन्छ । घर एक्लै छ । बाबाको बारेमा त थाहा पाइहाल्नु भयो होला ?
– पत्रिकामा देखेकी थिएँ । हात पछाडि लगेर बाँधेको रहेछ मार्ने बेलामा, होइन ?
– ........... ।
– सरी इज्जिता । सरी । म त राम्ररी बोल्न पनि जान्दिन ।
– तर उहाँको केही गल्ती थिएन श्रुती जी ! मेरो बाबा भनेर त्यसो भनेको होइन । बरु उनीहरूकै समर्थक हुनुहुन्थ्यो मनैदेखि । बाहिर त मनै खोल्नु भएको थिएन । विना कारण ज्यान गुमाउने मध्ये उहाँ एक नम्बरमा पर्नुहुन्छ ।
– अब के गर्नु छ र हामीले । आपत् जहिले पनि बाँचेकाहरूलाई नै हुँदो रहेछ । सबैको यस्तै हो ।
दाइज्यूले राखेकै ठाउँमा पार्क गरिदिनु है । जाउँ इज्जिता । हामी भित्रै गएर कुरा गरौं ।
दुबै जना गए श्रुतीको कक्षतिर । उही दृष्य वरिपरि थियो श्रुतीलाई । फरक मात्र इज्जिता थिइन् र त्यही फरकले रम्न पाएकी थिइन् केही क्षण । बोलिन् ।
– तिम्रो घरमा भए हामी यतिखेर बेतोडले हाँस्न थाली सकेका हुन्थ्यौं है, इज्जिता ! हाम्रो घरमा चाहिँ किन कोही हाँस्दैन राम्ररी ?
– श्रुती जी, हाँस्नु भनेको अर्को अर्थमा दुःख लुकाउनु पनि हो । त्यो पनि हाँसुन्जेल मात्र । आफैं हेर्नुस् न । मलाई बुबाको मृत्यु, आमा हस्पिटलमा, देशमा आन्दोलन, समाचारमा मृत्यु, म एक्ली जस्ती केटी मान्छे, तै पनि कहिलेकाहीं हाँसेकी देखिन्छु । अनि मैले पीर लुकाएको होइन त ? दुःख छोपेकी होइन र मैले यो हाँसो मार्फत् ?
– मैले नभन, इज्जिता ! हामीले भन । अझ हामी केटी जातीले भन । केटाहरू त के र ! कि त पीरको कारण मार्छन् कि त आफैं मर्छन् । हामीलाई हेर त, मात्र मन मा¥यो अनि हाँस्यो । मलाई सम्झाइ–बुझाई गर्छौ होला भनेर तिमीलाई बोलाएको तर झन् मैले नै पो तिमीलाई सम्झाउनु पर्ने भयो ।
दुई ओटा कफी ।
हेर इज्जिता, संसारमा मलाई त्यस्तो व्यक्तिको नाम भन जसलाई केही न केहीको पीर नहोस् । छ त्यस्तो कोही ? छैन । यो सबैको अनिवार्य विषय हो । कपिमा लेखेर देखाउने हो भने तिम्रा भन्दा बढी पीरहरू छन् मसँग । खास गरी यसैबारे गफ गर्न मैले तिमीलाई बोलाएकी हुँ । तिम्रा लागि एक्लै हुनु समस्या छ भने मेरा लागि एक्लै हुन नपाउनु समस्या छ ।
त्यही टेबलमा राखिदेऊ ।
अब यता नबसे पनि हुन्छ ।
कफी लीऊ न ।
त्यस्तै तिमीलाई बिहे गराइदिने मान्छे नभएर समस्या होला भने मलाई बिहे गराइदिने मान्छे भएर समस्या भएको छ । आखिर समस्या त उही हो । चाहना र कामनाको समस्या । जसलाई पूर्ति गरिएन भने रीस उठ्छ, पीर पर्छ जुन म र तिमी दुबैलाई अहिले भइरहेको छ । मेरो छिट्टै बिहे हुनेवाला छ, इज्जिता । अर्को सोमवार केटा हेर्न आउँदैछ । हेर्न त के, बिबाह पक्का गर्न । दाइज्यूको पनि छिट्टै हुनेवाला छ । अब समस्या भनेको मेरो पनि एउटा केटा साथी छ र दाइज्यूको पनि छ रे ! दाइज्यूको समस्या कि त भागेर समाधान गर्नुहुन्छ कि त मारेर । म चाहिँ के गरौं ? रुऊँ ? कि भागूँ ? कि मन मारुँ ?
– केही नगर । सबै कुरा परिवारमा राख । अनि समाधान गर । मैले के भन्न सक्छु र ?
– परिवारमा राख । खै मेरो परिवार ? यो त संस्था हो इज्जिता, संस्था । यहाँका बिबाहका नियमहरू संस्था स्थापना अगाडि देखि नै बसेका छन् ।
– अनि तिम्रो साथी के भन्नु हुन्छ त ?
– यो अर्को समस्या हो । उसको नाम मेरो परिवारलाई त के, तिमीलाई भनें भने तिमी पनि रिसाउँछ्यौ । यो मलाई पक्का थाहा छ । नाम तिमीले अचेलभरि समाचारमा धेरै पटक सुनेकी छ्यौ । म तिमीलाई भन्छु पनि ।
– किन, उतातिर लागेको हो कि क्या हो ?
– कता उतातिर ?
– हाम्रो बाबा ......... ।
– यो अर्को समस्या हो । र ऊ उतैतिरको हो । आवश्यक परे ऊ वार्ता टोलीमा पनि छनौट हुने सम्भावना छ भन्छन् समाचारले । अरू मलाई खासै थाहा पनि छैन । यो आन्दोलन रोकिएला जस्तो पनि छैन । रिङ्गरोड भरिएको समाचार सुन्दैछौ नै होला ।
– बरु मेरै अवस्था ठीक रहेछ श्रुती जी !
– म हासूँ त अब ? छोपौं दुःखलाई ? अँ साँच्चि, तिमी पनि आऊ है त्यस दिन । म त धेरैबेर उनीहरूसँग बस्न पाउँदिन होला र मलाई बस्न पनि मन छैन । तिमी बस र के के कुरा गर्छन् मलाई पनि सुनाऊ । अनि यो एक पीस कपडा लिएर जाऊ । यसभित्र एउटा सानो निम्तो पनि राखेकी छु । यही लगाएर आऊ है त्यस दिन ।
– अनि नचिनेर मलाई नै औंठी लगाइदिए भने ?
– मेरो समस्याको समाधान र तिम्रो समस्याको शुरूवात ! यही हाँसो हाँस्न त मैले तिमीलाई बोलाएकी हुँ । हिँड जाऊँ पल्लो कक्षतिर ।
– यो पेन्टिङ्ग त मैले अस्ती उता प्रदर्शनमा पनि देखेकी थिएँ ।
– ए ! गयौ ? अनि के प्रतिक्रिया लेख्यौ त भिजिटिङ्ग कपिमा ?
– भीडभाड थियो । केही पनि लेखिन । अनि यसलाई चाहिँ किन ल्याउनू भएको त ?
– यो ल्याएको होइन । दुइओटा उस्तै पेन्टिङ्ग बनाएकी थिएँ । एउटा उतै र एउटा यहीं छ ।
– कति राम्रा छन् है दुबै बालिका ! पीर र समस्या रहित आशा र कामना शून्य ।
– अनि क्रान्ति र दरबारबाट टाडा ! हामी पनि यस्तै हुन पाए कति हाँस्थ्यौं होला ह,ै इज्जिता ?
– अब यो उमेर र अवस्था त हाम्रा छोरीहरूको मात्रै आउँछ ।
– ठीक भन्यौ र ठीक बुझ्यौ पनि । यी मेरै छोरीहरू हुन् । मान यी मेरा मानष पुत्रीहरू हुन् । र यिनीहरू सधैं यस्तै रहने छन् । अन्त कतै टाढा । दुःख रहित र हाँसो सहित ! र यिनीहरूले हेर्नेछन् यिनका आमाहरूको अर्को पाटो, यिनै निश्चल आँखा मार्फत् ! यही पेन्टिङ्ग मार्फत् । यिनका आँखालाई न त क्रान्तिको गोली नै लाग्छ न त पर्खालले उज्योलो नै छेक्छ ।

Comments
Post a Comment