चौध, निराश मन
दुई हप्ता भन्दा तीन चार दिन बढी भइसकेको थियो, बसन्त ऋतु सकिएर गृष्म शुरू भएको । प्रायजसो सबै चोकहरूमा नाच गान र सङ्गीत थियो । ठूला राता ब्यानर मुनि बजाउने र नाच्नेको ओइरो थियो । एउटा चोकबाट बजाएको अर्काे चोकमा स्पष्ट सुनिन्थ्यो । क्रान्ति देखि डराएर काठमाडौं लुकेकाहरू क्रान्तिको रौनक प्रति आकर्षित थिए । समस्या यति मात्र थियो कि सामानको मूल्य बढेको थियो ।
यी दिनहरूमा कृष्ण तीन पटक भारत गएर फर्किसकेको थियो । हिजो र अस्ति भन्दा आज बिहान उसलाई निकै स्फुर्ती आएको थियो । दरबारको पूर्वी भाग भनेको उसका गाउँ–पाखाका चुट्के, सेलो, सोरठी, झ्याउरे र धाननाचका गेडाहरू सुन्न पाइने थियो । आफ्नै जस्ता दौरा सुरुवाल र चौबन्दीको नाच हेर्न पाइने थियो । गाउँको शिवालय परिसरमा हुने चण्डि पूर्णिमाको क्षण र ठूली एकादशीको सङ्गिनीभाका सम्झिदै थियो । फेरि अर्कोतिर मिशन ॐ को पनि सफलता हात लाग्ने वाला थियो । प्रेम पनि नजिकै पाल्ने वाला थियो ।
कमेज भित्र मुरली चेक ग¥यो । अर्को खल्तीमा हात हाल्यो । भारतामा क.सरिताले दिएको विनायो छाम्यो । मोबाइल हे¥यो । ब्याट्री र टावर सबै ठीकै थिए । वार्तामा बस्न पनि ठीक हुने र गोली चलाउन पनि ठीक हुने खालका लुगा लगायो र लाग्यो पूर्वी दिशा तर्फ ।
दरबार पूर्व त्यसै पनि भीड हुन्थ्यो सधैं भरी । त्यसमाथि अहिलेको सांस्कृतिक क्रान्ति । पर्यटकहरूले बढी घेरिएको ठाउँ थियो त्यो । राई लिम्बूहरूको झ्याम्टा, ढोलक, मुर्चुङ्गा र विनायोमा चिम्रा आँखा पारेर बूढाबूढी देखि लिएर पर्यटकहरूसम्म आफ्नै भाका र गणतान्त्रिक बोलमा मस्त थिए । राता टी सर्टहरू घुमी नै रहेका थए । दर्शकहरूले रोड भरिएर पहेंलो र हरियो रङ्ग देख्न गाह्रो थियो । सबै सडक नै चाहर्नु पथ्र्यो । पहेंलो रङ्गतिर मानिसहरूको चहल पहल सोचेभन्दा बढी नै थियो ।
अर्को चोकमा मादल र बाँसुरीको तालमा सामूहिक नृत्य थियो । धेरैबेर हेर्न फुर्सद थिएन कृष्णलाई । कार्यकर्ता भन्दा आम साधारणहरूले बढी नाचगान गरिरहेका थिए । सुरक्षाकर्मीहरू पनि नजिकैबाट रमाइरहेका थिए । सङ्गीतमय हावा थियो चारैतिर ।
उसले नदेखेका बाजाहरू बजेका थिए । पात वाजाहरू थिए । तरुना थाकेपछि वृद्ध वृद्धाको कम्मर हल्लाई र गणतान्त्रिक तुक्काहरूले माहोल तताइरहेको थियो ठाउँ–ठाउँमा । बाटो छिचोल्न गाह्रो हुन्थ्यो । कति ठाउँमा मन्दिरलाई केन्द्र गरी कार्यक्रमहरू गरिएका थिए । धेरै पूर्व पुरोहितहरूको मात्र कार्यक्रम थियो । शङ्ख, घण्ट, वीणा, एकतारे र झ्यालीको सुरका भजनहरूले गणतान्त्रिक क्रान्तिलाई सही सांस्कृतिक एवं आध्यात्मिक क्रान्तिको भान पारिरहेका थिए ।
सूर्य दरबारतिरै पुग्दा कृष्ण पनि त्यतै लाग्यो । सोच्यो ः यत्रो र यति दिन सम्मको लामो आवाजले निदाएको बहाना गर्नेहरूलाई पक्कै पनि छिट्टै नै निद्राबाट ब्युँझिन बाध्य बनाउँछ । फर्किंदा महशुस ग¥यो जनचाहनाको र जनसागरको । शक्तिको र उसको पार्टीको सही नीतिको । यत्तिका मान्छेहरू उसले आजसम्म कहीं कतै देखेको थिएन । भीड छिचोल्दै ऊ पुनः दरबार नजिक पुग्यो । घाम अस्ताउन लागेका थिए । बढी जसो मानिसहरू घरतिर लागिसकेको थिए र केही कार्यकर्ताहरू रातको तयारी गर्दै थिए ।वाद्यवादनका सामग्रीहरू नजिकैका गाडिहरूमा राखिँदै थिए । एक फन्को मार्ने विचार ग¥यो कृष्णले रात पर्नु अगाडि ।
पूर्वी पर्खालको दाहिनेतिरबाट शुरू ग¥यो । भीड अलिक कम नै थियो । धेरै दिन अघि टिपेका जस्ता देखिने ओइलाएका तरकारीहरू बेच्न बसेका थिए कुनामा । हिजो अस्ति देखिने बौलाही पनि त्यतै सडकछेऊ फ्यालेका फ्रुटीका बट्टाहरू चुस्तै थिई । दाहिने हातमा प्लास्टिक र कार्टुन थिए र देब्रेमा फ्रुटीका खोल । आज बढी फोहोरी भएकी थिई ऊ । हुलमुलले ठेलिएर खोलाभित्रै फालिए जस्ती थिई । अनुहार कालो थियो । अरू मान्छेहरू ऊबाट तर्किएर टाढा हुन खोज्थे । ऊ भने मानिसतिरै आउन खोज्थी । शायद आशा थियो खानेकुराको । क्रान्तिबाट बेखबर शायद ऊ मात्र थिई ।
अघि बढ्यो कृष्ण, ब्यस्त थिए सबैतिर मानिसहरू । हतारमा शरीर चलाउँदै थिए । भीड कम भएको मौका पारी साइरनवाला गाडिहरू पश्चिमोत्तर गेटतिर जाँदैथिए । विना साइरनका पनि फाट्टफुट्ट चल्दैथिए । साँझ निकै छिप्पिन लागेको थियो । कार्यकर्ता भिœयाएका गाडिहरू भरिभराउ थिए । मिनरल वाटर र चाउचाउका खोलहरू सिसाबाट फ्यालिन्थे बेलाबेलामा । फिल्म हल बाहिर भने दिउँसो जत्तिकौ मानिसहरू थिए । अघि बढ्यो कृष्ण र आइपुग्यो शुरूकै ठाउँमा । बौलाही पुलमुनी बोेराको छाप्रोमा पुगिसकेकी थिई । कतिपय कार्यकर्ताहरूले गाडि बाहिर सडकमा नै ओच्छ्यान लगाइसकेका थिए । मादलको सिरानीमा अडेस लागेर गाडिको पछाडिपट्टि म्यारिज शुरू गरिसकेका थिए एक दुई ग्रुपले । पञ्चेबाजा र सहनाइ बजाउनेहरू पनि खुशी थिए उपल्लो जातीसँग सँगै बसेर चिया खान पाउँदा । लाग्थ्यो अब उनीहरूको क्रान्ति सफल भइसक्यो ।
दिनभरिको हिँडाइले थकित देखिन्थ्यो कृष्ण । छोटा दिन भए यति हिँड्न पनि सकिँदैन थियो होला । दरबार, पशुपति, गौशाला, बानेश्वर, फेरि दरबार । भोलिको कार्यक्रम योजना, रिपोर्टिङ्ग, सम्पर्क । साँझमा दरबार वरिपरि घुम्दैमा झण्डै एक घण्टा लागेको थियो उसलाई । दिक्क पनि लाग्यो घरिघरी । यही बेला सोच्यो ः मैले पनि त विष्णुको नै अवतार मानें यिनीहरूलाई । आरती गर्ने बेलामा एक फन्को लागाइहालें । आफ्नै सोचाइले अझै निरास भयो तर फेरि सम्झ्यो, आखिर बीचमा श्रुती पनि त छिन् नि ! प्रेमको परिक्रमा गरेकोमा मनमनै रमायो पनि ।
वसन्त ऋतु सकिए लगत्तै शुरू भएको सांस्कृतिक क्रान्तिको एउटा फाइदा भनेको उपत्यकामा चिसो कम हुनु पनि थियो । कार्यकर्ताहरू रोडमा नै पनि रात कटाउन सक्थे । किन–किन आज उसलाई गोप्य सम्पर्क कार्यलयमा जान पनि अल्छि लाग्यो, शायद गलेर पनि होला । नत्र क्रान्तिकालका रात बिताउन ऊ त्यतै जान्थ्यो नेपालमा भएको बेला ।
– ॐ । हवस् त म आज यतै रात बिताउँछु । केही नयाँ भए फोन मार्फत् सम्पर्क गरौंला । बरु मलाई तपाईंको ज्याकेट चाहिँ छोड्दिनुस् । रातमा काम लग्न पनि सक्छ ।
– ॐ । हुन्छ, फोन चाहिँ गर्नुस् ।
बेलुकाको आठ बजिसकेको थियो । चाउचाउ, पानी, चिया खायो कृष्णले र एउटा गाडि भित्र पस्यो ।
– ॐ । लालसलाम कमरेड ! अझै यतै हुनुहुन्छ ?
– म सधैं तपाइँहरूतिरै त छु नि । आजको रात यतै बिताउनु प¥यो ।
– उ त्यो पल्लो सीटमा ढल्किनुस् । त्यसमा पर्दा पनि छ ।
गलेको कृष्ण खलबल सुन्दै निदायो ।
बिहानको चार बजेतिर कृष्ण ब्यँुझियो । नयाँ बिहानीसँगै नयाँ जोस आयो शरीरमा । एउटा हातमा बाँसुरी थियो र अर्को हातको मोबाइलमा एफ. एम. लगायो तर उसको मोबाइलमा चार्ज कम भइसकेको थियो । जुन बेला पनि उसलाई मोबाइलको आवश्यकता पर्न सक्थ्यो । मोबाइल उसको साथी मात्र नभएर अभिन्न अङ्ग र निर्देशक पनि भइसकेको थियो । दिउँसोको कार्यक्रममा परिवर्तन गर्नुपर्ने हुन सक्थ्यो र यसमा मोबाइल नै उसको निर्देशक थियो ।
कृष्णले अचम्म मान्यो ः किन आज बिहानै देखि एफ. एम. हरूमा बाजा मात्र बजाइ रहेका छन् ? समाचार पनि भनेका छैनन् ।
क. सगुनले भारतबाट फोन गरे बिहानै कृष्णलाई र सोधे ।
– ॐ । के छ खबर ? पर्खाल ढाल्नुको सट्टा पर्खाल भित्रकाहरू नै ढालिए अरे हो ? इन्टरनेटमा त यस्तै समचार छ । त्यहाँको ताजा अवस्था के छ ? कसले ग¥यो ? किन गरेको रे ? हाम्रा मान्छेहरूलाई त आपत् परेको छैन नि ?
प्रश्नै प्रश्नमा बेरियो जोसिलो कृष्ण । क. सगुनका भन्दा बढी प्रश्नहरू आफैंसँग भए जस्तो महसुस ग¥यो । धेरै प्रश्नहरूले लडाइँ गरिरहँदा, उसले एउटा प्रश्न छान्यो क. सगुनलाई ।
– ॐ । को ढालिए भनेको ?
प्रश्नकै रूपमा अर्कोतिरबाट उत्तर आयो ।
– ॐ । राजपरिवारका सबै सदस्यहरू मारिए अरे त ।
थाहा नै पाएका छैनौ कि क्या हो ?
कि त्यतातिर केही हल्ला छैन ?
समचारले भनेको छैन ?
हेल्लो सुनिएन ?
कृष्ण, हेल्लो ।
हेल्लो ।
कृष्ण ।
ॐ ।
फोनमा एकोहोरो सुनिरह्यो कृष्णले । सडकको बिजुलीको खरानी रङ्गको पोलमा आड लागेको लाग्यै भयो कृष्ण । दाहिने मुठीमा मोबाइलको बत्ति मधूरो भयो । आवाज बन्द भयो । चिसो भयो मोबाइल । अकस्मात् मुठी खोलिइयो र लाश जस्तै झ¥यो मोबाइल खैरो ढुङ्गामा । ठोक्किएर ब्याट्रि एकातिर, सेट अर्कोतिर र सीम अर्कैतिर पुगे ।
बिहानको चिसो ढुङ्गामा आफ्नो शरीर राख्यो । उसको मोबाइल जस्तै ऊ पनि चिसोमा सुकाइएको बिस्कुन झैं थियो बाटामा । कृष्णको सीम अब रहेन । कसैले मारिदियो उसलाई । उछिट्टिएका मोबाइल पार्टस्लाई कृष्णका आँखाले देखेनन् र निदाएका लडाकूहरूले कृष्णका एकोहोरा आँखा देखेनन् । हज्जारौं निदाएका लडाकूहरूका बीच एउटा कृष्ण जागा थियो । एकाध घण्टामा नै निदाएकाहरूको ब्युँझिने सम्भावना थियो तर बिउँझिएको कृष्णलाई अबका रातहरूमा निदाउन असम्भव प्रायः थियो । सुतेका जुलुसमा कृष्ण एक्लै भयो । एक्लै पारिदिए उसलाई । विवादास्पद कृष्ण अहिले पनि युद्ध भूमिमा गाण्डिव बोक्न नसक्ने अर्जुन भएको थियो तर गीता सुनाइदिने असली कृष्ण कोही थिएनन् । कृष्णको कृष्णलाई कसैले कृष्णबाट अलग गरिदिएका थिए ।
भारतमा पहिलो पटक मोबाइल छुँदा पड्किला कि जस्तो लागेको कृष्णलाई वास्तवमा नै अहिले मोबाइल पड्कियो । जोड्न मिल्ने गरी आफूँ पड्कियो र जोड्न नमिल्ने गरि कृष्णलाई पड्कायो । कृष्ण जोडिए पनि सिमको आस भएन । अब ऊ हुँदा हुँदै पनि एकछिन अगाडिको जस्तो थिएन ।
पाँचै मिनेट अगाडि ऊ रातो र तातो फलाम जस्तै थियो, भर्खरै आरनबाट झिके जस्तो । क्रान्तिको रगतले रातो थियो र श्रुतीको प्रेमले तातो थियो । क. सगुनको फोन पश्चात् ऊ न रातो नै रह्यो न त तातो नै । ऊ मात्र खिया लागेको पत्रु फलाम झैं चिसो ढुङ्गामा ढल्किएको थियो ।
समय बित्यो, दुई–चार जना उठे, समय बित्यो, बीस–बाइस उठे । समय बित्यो र अझ बढी उठे अनि गाइँगुइँ गफ सुनिन थाल्यो । कमाण्डर कमरेड कृष्णलाई कसैले उठाउने प्रयास गरेनन् । उसलाई उठाउन पनि गाह्रो हुन्थ्यो किनकि उसैले उठाएर यत्रा लडाकूलाई ल्याएको थियो अनि ऊ अहिले निदाएको पनि थिएन । धेरै समय बित्यो । प्रायः सबै जना उठे । घर र गाडिभित्रका पनि उठेर आउन थाले । घर बाहिरका पनि बाजा निकाल्न थाले ।
– ॐ । अब रेडियोमा समाचार दिदैन रे ।
– ॐ । अब पर्खाल घेर्नु पर्दैन रे ।
– अब हाम्रो मिशन स्थगित हुन्छ होला ।
– अब गाउँ जानुपर्छ होला ।
– कमरेडहरू जे भन्छन् त्यही गर्नु पर्छ ।
सडकमा यस्तै गफ शुरू हुन थाले । मिशन ॐ को अन्त्यसम्म आइपुग्दा कतिपय चकित देखिन्थे र कतिपय थकित । डर लागेका जस्ता पनि देखिन्थे कतिपय ।
– .............
– हेल्लो ! यता पनि त्यस्तै हल्ला छ आमा । सबै मरे अरे । हामीलाई ठीकै छ । अब छिटै त्यतै आउँछौं होला । खै, आठ नौ घण्टा अगाडि रे । हामीलाई पनि राम्ररी थाहा छैन ।
उदास अनुहारका हुलहरू, अस्थीर आँखाहरू, अनियन्त्रित गोडाका चालहरू, बेस्वादे जिब्राहरू र अस्पष्ट दिमागहरूका भण्डार जस्ता देखिन्थे भीडभाडमा जम्मा भएका मानिसहरू । हुनेले आफ्ना मोबाइलबाट कुरा गर्थे र नहुनेले उनीहरूकै नजिक गई कुरा सुन्थे ।
– एउटा पूरै बंश विनास भयो रे !
– अर्को अंश चाहिँ पूरै बाँकी छ रे !
– कुन कंशले त्यस्तो ग¥यो होला है ?
कृष्णको घडीको सुइले शायद कृष्णकै विनाशकारी घटनाको सुइँको पाएनछ क्यार नत्र एक मिनेट भएपनि पक्कै मौन धारण गथ्र्यो होला । आधा दिनसम्म कृष्ण एउटै ढुङ्गामा मुटुमाथि ढुङ्गा लिएर स्थीर बस्यो तर उसको घडि चलि रह्यो ।
औंसीको रातमा बत्ति निभाएर आँखा चिम्लिँदा पनि उनैलाई देख्ने कृष्णका आँखाले आज आधा दिनसम्म हेरेका हे¥यै गरे तर केही देखेनन् । सङ्कटकाल पछिको पुनर्होशीय कृष्णको सृष्टीक्रमका आकाश, वायु, तेज, जल, पृथ्वी जसरी जब तेस्रो तत्वले शरीरमा काम गर्न थाल्यो तब देख्यो आफू अगाडि लमतन्न पसारिएको पर्खाललाई र पर्खाल माथिका बाँसका टुप्पाहरूलाई जो कृष्णतिरै शीर नीहुराएर वरपर हल्लिरहेकका थिए मानौं तिनीहरू उसलाई ‘श्रुती मरेकी छैन’ भनेर टाउको हल्लाइ रहेका थिए । धेरै पट्याँस नफटाएका र आँख्ला नदेखिएका ठिङ्गुरा तामाहरू निर्दोष शिशु सरह उभिएका थिए मानौं उनीहरू सानै छन् र पर्खाल भित्रको केही कुरो थाहा पाएनन् ।
मनमनै सोध्यो कृष्णले ः ए बाँसहरू हो ! तिमीहरू त म भन्दा, पर्खाल भन्दा र घर भन्दा धेरै अग्ला छौ । के तिमीहरूले देखेनौ मेरी श्रुतीलाई ? कसले, कसरी र कहिले म बाट अलग ग¥यो ? के उनी रुइन् ? के अन्तिम अवस्थामा “कृष्ण” भन्ने मौका पाइन् ? किन नबोलेका ? तिमीहरूको उचाइ र बढी आँखा हुनुको प्रमाण दिदैनौ मलाई ? कि तिमीहरू पनि पर्खाल भित्रका नै प¥यौ ?
बिचरा बाँसहरू एकोहोरो सुसाइरहे शरीर भित्रका पञ्चवायु मिश्रित पाञ्चजन्य शङ्खको नाद जस्तै, एफ. एम. रेडियोको एकोहोरो शोक धून जस्तै र ॐ कारको अनाहत् ध्वनि जस्तै जसलाई उसले विग्रह गर्न सकेन र बाँसको उत्तर बुझ्न सकेन ।
त्यही ठाउँमा बसेको बस्यै भयो कृष्ण । उसका वरिपरि हज्जारौं मानिसहरू ठेलम्ठेल भएका थिए । कसको पैतालाले उसको झरेको सीम कहाँ पु¥याइ दियो थाहा थिएन ।
सश्वास निस्सार थियो कृष्ण । क्रान्तिमा यौवनपन भए पनि आफू दुर्बल थियो कृष्ण । निराश देखिनु थिएन उसलाई किनकि क्रान्ति ताजै थियो र मिशन फेरि अगाडि बढ्न सक्थ्यो तर बेजाँगरिलो थियो कृष्ण । उठेर त्यसै बेवारिसे बन्यो । कता हिंड्नु पर्ने र कता हिंड्दैछु भन्ने थाहा भएन उसलाई ।
करिब पचहत्तरै जिल्लाका बोली सुनिने भीडहरूका हातमा अब बाजा थिएनन् । कार्यकर्ता र निर्देशन बिर्सियो कृष्णले । देख्यो प्रायः सबैतिर विसङ्गतपन थियो । के गर्ने र के नगर्नेका बीचमा हिंड्दै थिए सबै जना । मात्र एउटा कृष्ण थियो जसलाई तेस्रो प्रश्न पनि थपिएको थियो । सबै प्रश्न चिन्हले हँसियाका रूपमा उसैलाई घेरे जस्तो लाग्यो । झोला भित्रका बाजाहरूले सन्नाटा बजाए जस्तो लाग्यो जसलाई सुन्न कानको आवश्यकता पर्दैन थियो, सीधै दिमागसम्म पुग्थे । सबैका झोलाभित्रका बन्दूक र हथौडा लिएर आफैंलाई कुट्न मन लाग्यो कृष्णलाई । चिच्याउन मन लाग्यो ठूलो स्वरमा श्रुती ! भनेर । पागल हुन मन लाग्यो हिजो अस्ति देखेकी बौलाही जस्तो ।
बिचरा ! उसैको अगाडितिर अलिक पर उभिएकी रहिछ, पुल नजिकै । फालिछे फ्रुटीका बट्टा र कार्टुनका खोल । आज पनि भीडले हुत्याएर फेरि खोलामै खासाली दिए जस्ती थिई । उसैलाई हेर्न मन ग¥यो कृष्णले । आफू पनि त्यही बौलाही जस्तै भइदिएको भए कति जाति हुन्थ्यो जस्तो लाग्यो ।
फेरि हे¥यो उसैलाई । हातमा कार्ड जस्तो केही च्यापेकी थिई । कानतिर पनि लान्थी बेला बेलामा । माटो लागेको कपालतिर हात लान्थी र फेरि अलमले आँखाले भीडलाई हेर्थी । मान्छेहरू ऊबाट टाढिँदै जान्थे । कतिले नजिकै पुग्दा नाक थुन्थे त कति अर्कोतिर फर्किन्थे । बौलाही नजिकै आएपछि कृष्ण पनि फर्कियो अर्कातिर र पछ्यायो भीडलाई जुन फ्लिम हलतिर बढ्दैथियो ।
पर मोडमा पुगेपछि भीड अलमलियो तर कृष्ण अगाडि बढ्यो । दिन आधाभन्दा बढी बितिसकेको थियो । अनुत्तरित प्रश्नहरू अझ बढी नै रहेका थिए । सोच्यो ः जे सुकै होस् एक पटक चाहिँ फोन गर्छु । आखिर पसलको नम्बरबाट गर्ने हो, जे सुकै गरुन् । पेन्टिङ्गहरू क्रमशः सम्झियो र नम्बर डायल ग¥यो ।
– माफ गर्नुहोला तपाईंले डायल गर्न खोज्नु भएको मोबाइलको स्वीच अफ गरिएको ......... ।
बेलुका भयो । मान्छे कम हुँदै गए । गाडिहरू हराउँदै गए सडकबाट । कृष्णलाई कहीं जानु थिएन । त्यसै उभियो र मान्छेहरू घट्दै गएको दृश्य हे¥यो । सबै जना हिँडिसकेपछि देखिई त्यही बौलाही जो कार्टुनको बीचमा चेपिएकी थिई । शायद थिचिएर र भोकले मरिसकेकी थिई । विना पत्तो लाश भइसकेकी थिई आँखा च्यातेर ।
मनमनै सम्बोधन ग¥यो कृष्णले । नानी ! तिमी पनि भाग्यमानी रहिछ्यौ । मेरी श्रुती सँगसँगै मर्न पायौ । तिमीले उनलाई म भन्दा छिटो भेट्छ्यौ अबको यात्रामा । सोध्दै खोज्दै यदि उनलाई चिन्यौ भने भनिदेऊ कि उनको मृत्यु भएको रात उनको कृष्ण उनकै दरबारको पूर्वि पर्खाल बाहिर पुल नजिक बसिरहेको थियो गाडिमा । मृत्युको समाचारले ऊ धेरै रोयो । भोलिपल्ट फोन पनि गरेको थियो रे तर उनको फोनको पनि मृत्यु भइसकेको रहेछ भनेर ।
कृष्ण मोडियो र आफन्तकोमा पुग्यो जहाँ अचम्बित अनुहारले उसैलाई पर्खिए जस्तो लाग्यो । सामान्य बन्न खोज्यो कृष्ण तर खाना रुचेन । बोली कमै मात्र बाहिर निस्कियो । रातको समाचारले रहस्यमय पारिवारिक मृत्युको खबर सुनायो । कसले र कसरी मारे प्रति उसको चासो रहेन । जतातिरबाट जस्ता प्रश्न सोधे र सोचे पनि अन्तिम सत्य भनेको श्रुती नहुनु नै थियो । अरूले खाना खाए र सुते । सुते र धेरैबेरसम्म गफ गरिरहे । कृष्ण ओच्छ्यानमा लामो भयो । कति गफ सुन्यो र कति सुनेन ।

Comments
Post a Comment