एघार, होशियारी मन
खैरो पेण्ट र खैरै इस्टकोटमा निस्क्यो कृष्ण रिङ्गरोडमा । केन्द्रदेखि रिङ्गरोडसम्मका गतिविधको निरीक्षण गर्नु थियो अबको केही दिनमा । दिनको पहिलो फोन आयो रातो हलबाट र त्यतैतिर लाग्यो । ऊ पुग्दा कार्यक्रम शुरू भइसकेको थियो । हातको इशाराले सबैलाई वस्न आग्रह गर्दै ऊ कुर्सीमा बस्यो र सुन्यो ।
– आदरणीय क्रान्तिकारी साथीहरू ! अब हाम्रो क्रान्ति निर्णायक मोडको सँघारमा आइपुगेको छ । स्व–घोषित भगवान् विष्णुको अवतारी बंशलाई जरैबाट उखेलेर फ्याँक्ने समय आइपुगेको छ । अब हामीले खुट्टा कमाएर हाम्रा हज्जारौं शहीदहरूको गाली खानु हुँदैन । हामी बाँचेकाहरूले हाम्रो मिशन सफल पार्नु भनेको नै मृतकहरूको सही अन्त्येष्ठी गर्नु हो । हाम्रो पार्टीबाट गर्नुपर्ने सम्पूर्ण तयारी भइसक्यो । पचहत्तरै जिल्लामा बजाउने बाजाहरू जम्मा भइसके । नबज्ने ढोलकभित्र तरबारहरू हालिसके र बिग्रेका सहनाइहरूमा पेस्तोल बसिसके ।
कमरेडहरू, यसपाली पनि धेरै नै होशियार बन्नुपर्छ । अस्तिको बुट, बल र गोलिकाण्डले पनि हामीलाई केही सङ्केत दिइसकेको छ । पक्कै पनि दुर्जन दुश्मनहरूले सोझा र सज्जन जनताहरूलाई शक्ति प्रयोगको प्रयास गर्नेछन् । तर हामी अब दुश्मनहरूले सोचेभन्दा बढी शक्तिशाली भएका छौं । भित्र भित्र राजसंस्थाको पुजारी बन्दै बाहिरी रूपमा जनतालाई झुक्याएर शासन गर्दै आएका केही ऐतिहासिक भनिने दलहरू पनि यस मिशनमा हाम्रै तर्फ आएका छन् । उनीहरूको असली इच्छा जे भए पनि यस मिशनमा हामीलाई ठूलो भीड भने पक्कै दिनेछन् । यसर्थमा पनि अब हाम्रो जति शक्ति दुश्मनको हुँदैन । सम्पूर्ण जनसागरलाई गोलीले मार्ने आँट पलाउँदैन र केही कमरेडहरू पुनःशहीद भए पनि हामीले यो क्रान्ति तुहाउनु हुँदैन ।
आदरणीय लाल रक्षकहरू, क. बज्र पनि भर्खरै यहाँ उपस्थित भए जस्तो लागेको छ । उहाँलाई तालीले स्वागत गरौं । कं बज्र वि.क, तपाईं जहाँ भएपनि मञ्चमा आएर आसन गरिदिनु हुन हामी अनुरोध गर्दछौं ।
– धन्यवाद कमरेड !
– आसन ग्रहणको क्रमलाई एकैछिन् थाँती राखी अब हाम्रो कार्यक्रमको केही अंश प्रस्तुत गर्न अनुमति चाहन्छु । सर्वप्रथम त दरबारको पर्खालको वरिपरिको रोडलाई हामीले रोड नं. एक मानेका छौं र उपत्यकाको रीङ्गरोडलाई रोड नं. आठ मानेका छौं । हाम्रा प्रायः हातहतियारहरू रोड नं. आठ बाहिर नै रहनेछन् । हाम्रो मिशन ॐ को शुरू विन्दु भनेको यही रोड हो । त्यसपछि क्रमशः रोड नं. सात, छ, पाँच, चार गर्दै हामी अघि बढेर एकसम्म जानेछौं, यात्रा जति दिन लागे पनि लागेस् ।
प्रत्येक रोडको कार्यक्रम फाल्टा–फाल्टै हुनेछ । हामीहरू कति नं. रोडमा छौं भन्ने कुरो हामीले उक्त रोडमा भएका साँस्कृतिक टोलीको नम्बर हेरेर थाहा पाउन सक्छौं । प्रत्येक सांस्कृतिक टोलीको एउटा ब्यानर बनाएका छौं, त्यसै ब्यानरमा अङ्कहरू लेखिएका हुनेछन् र यिनीहरू नै रोड नं. हुन् । प्रत्येक रोडका विभिन्न ठाउँहरूमा हामीले काठ रङ्गयाउने रङ्ग पोखेका छौं र पोख्छौं पनि ।
हरियो रङ्गको अर्थ हो गोली चल्दा भाग्ने गल्लीहरू र पहेंलो रङ्गको अर्थ हो आपत् पर्दा र विरामीहरूका लागि खाना बस्न पाउने ठाउँ । रोड छेउका प्लाष्टिकले बारेका ठाउँहरू चर्पी हुन् जहाँ हामीले पाँच सातओटा मोबाइलको व्यवस्था गरेका छौं । यदि हाम्रो विरुद्ध कसैले केही योजना गरेको थाहा पायौं भने, चर्पीमा गएर दुई–चार फोन गरेर अरूलाई पनि सूचना दिनू । आन्दोलन विफल पार्न यदि फोनको टावरमा गढबढी गरियो भने, रातो सर्ट र रातै क्याप लगाएका कमरेडहरूलाई सम्पर्क गर्नू । उनीहरू रोड नं. एकदेखि आठसम्म घुमिरहेका हुन्छन् ।
यस उपत्यका आक्रमणको कार्यक्रममा नेपालको पूर्वी जनयोद्धाले दरबार पूर्व, पश्चिमी जनयोद्धाहरूले दरबार पश्चिम, दक्षिणी भेगका साथीहरूले दक्षिण र उत्तरतिरकाले उत्तरतिरबाट आन्दोलनको नेतृत्व दिनेछन् । सकेसम्म हामी समूहका मानिसहरू एकै समूहबाट कार्यक्रम गर्नुपर्छ ।
गाउँ–गाउँबाट आएका साथीहरू छन् भने आफन्तकोमा बस्ने ठाउँ मिलाउँनु पर्छ, छैनन् भने सडक वारिपारि हामीले ल्याएका गाडिहरू छन्, त्यसैमा रात बिताउनु पर्छ । सही लक्ष्य बोकेर हिँडेका हामीहरूलाई उपत्यकाबासीले पनि खानपिनमा सहयोग गर्ने समचार सुनिएको छ ।
यो हलमा आज भइरहेको जस्तै कार्यक्रमा उपत्यकाका विभिन्न अठार ओटा ठाउँमा भइरहेको छ । हामी सबैमा एउटै सूचनाको आदान–प्रदान छ । हामीले अहिले पाएका यी सूचनाहरू हाम्रा मातहतका सबै लडाकूहरूलाई तपाईंहरूले आज बेलुकासम्ममा पु¥याइदिनु होला । अब, बाँकी ताजा निदेर्शन लिएर आउँदै हुनुहुन्छ । क. बज्र ।
– सूर्यको अनुपस्थितिमा सबै रङ्ग एकै हुन्छ तर दिनमा कालो गोरो नछुट्याई हुँदैन भन्ने सिद्धान्त बोकेका शाही सामन्तवादीहरूले रक्सी र पैसाको भरमा हाम्रा पाखामा जन्मिएर पाखैमा हुर्किएका स्वतन्त्र मैना जस्ता चेलीहरूलाई बलात्कार गर्न मिल्ने तर उनीहरूले छोएको पानीको धारो नछुट्याई नहुने सिद्धान्तको अन्तिम अवस्थातिर म क. बज्र तपाईंहरूलाई लालसलाम टक्रयाउँछु ।
– कमरेडहरू ! उनीहरूको गस्ती हामीतिर आउँदैछ । अब हामी निस्किऔं ।
हलको चारैओटा ढोकाबाट मानिसहरू निस्किए र चारैतिर लागे । कति पत्रिका पसलतिर लागे, कति त्यसै बेवारिसे देखिए । कृष्ण सहित केही लागे चिया पसलतिर । वर्तमान शिक्षा पद्धति तर्फ गफ गरे चिया पिउन्जेल ।
– ल साहूजी चियाको पैसा लिनुस् ।
– ........
– दश रूपैयाँ भइसक्यो ?
– के गर्नु दाइ ! आन्दोलन हुँदैछ रे । अब सामान हुँदैन रे । होलसेलरले नै सामान महङ्गो गरिरहेको छ । भोलि पर्सि देखि त झन् दूध पनि नआउने हल्ला छ ।
– छोड्दे, अब हिंड् । आन्दोलन पछिको नयाँ सरकारले घटाइहाल्छ नि ।
– बाँचे त भाऊ घटेको चिया खान पाइएला । दुबैतिरबाट गोली चल्ने, झडप हुने सम्भावना छ अरे । उपत्यकाले थेग्नै नसक्ने मानिसहरू भित्रिएका छन् । हाम्रो त बाहिर फेर निस्कने दिन आजमात्र हो जस्तो छ । ल त ...... ।
अर्को समूहले चिया पसल भरियो । एकले अर्कोलाई नचिने जस्तै गरी सबै बसे । टेबलमा अलि अलि चियाले भिजेको दैनिक पत्रिका थियो । कृष्णले हेडलाइन हे¥यो ।
‘सरकारद्वारा उपत्यकाका दरबार सहित बाह्र स्थानलाई निषेधित क्षेत्र घोषणा ’ ।
‘उपत्यकाका सबै स्थानमा सुरक्षा फौज तैनाथ’ ।
‘अर्थ विहीन आन्दोलन’ ।
‘छिमेकी राष्ट्रहरूबाट शान्तिको कामना’ ।
‘पुष्पपत्र पत्रिकाको नयाँ अङ्क बजारमा’ ।
गस्ती अर्कै तर्फ मोडियो । बाटो, गाडि, रूख, पसल हेर्थे उनीहरू । मान्छेहरू भएतिर हेर्दैन थिए मानै उनीहरूको आजको काम मात्र हिंड्नु थियो । उनीहरूतिरै मोडियो कृष्ण । स्टेसनरीबाट एउटा पुष्पपत्र किन्यो र इस्टकोटको भित्री खल्तिमा बाँसुरी नजिकै घुसा¥यो । रोड नं. दुईतिर जाने योजना बनायो । गस्तीको फोनको कुरा सुन्दै पछि लाग्यो ।
– हेल्लो बुबा ! नमस्कार ।
– ............. ।
– ल, बहिनीको बिबाह राम्ररी गरिदिनू ! म त आउन मिल्दैन आजकल । हाम्रो ड्युटी अलिक कडा छ । टुँडिखेलको घाँस काटेर मात्र हुँदैन अचेलभरि । अहिले पनि हामी ड्युटीमा नै छौं ।
– ............. ।
– अबको एक महिनासम्म कसैलाई पनि विदा स्वीकृती नगर्ने भएका छन् । भोलिदेखि आन्दोलन हुनेकुरा छ । एकै घण्टामा सट्याक–सुटुक् मिलाइहल्नुस् । झमेला हुन सक्छ ।
– ............. ।
– ए ! कुन गणबाट भागेको रहेछ ।
– ............... ।
– हाम्रोबाट पनि धेरै केटाहरू भागे । समात्छन् भन्ने डरले कति त भारत छिरिसके । हामी त भाग्न पनि सकेनौं र अब भाग्नु नपर्ला जस्तो पनि छ । अब केही दिन वा हप्तामा वार्ता पनि हुन सक्छ ।
– ................ ।
– हवस् त बुबा, नमस्कार ।
कृष्णले अर्को बाटो लियो । इष्टकोट फुकाल्यो र झोलामा हाल्यो । अलिक पर पुगेपछि रातो पातलो ज्याकेट लाग्यो । जुँगा थोत्रा भइसकेका थिए । त्यतै बाटामा फाल्यो । खुट्टाले सारेर ढल भित्रै छिराइदियो । आजभोलि ऊ पहिला भन्दा बढी होसियार हुन थालेको छ । यस मोडमा समातिनु भनेको उसको सपना, योजना, जीवन र लडाँइ सबै सकिनु थियो । बेलुका भारत सम्पर्कमा रहने कार्यक्रम थियो । सम्भवतः पूर्वी कमाण्डरहरूलाई मिशन ॐ को रणनैतिक निर्देशन भारतबाटै दिने योजना बन्दैथियो ।

Comments
Post a Comment