प्रलय -दोलखा डायरी_
प्रलय, विशेष प्रकारको लय । प्रलय, लय र विलयको लय ।
नारकीय जीवन दर्शाउन र उदण्ड प्रवृत्तिका कार्यको नतिजादेखि मानवलाई तर्साउनकालागि केही पुस्तकहरु छपाइएका रहेछन् ती जसमा लुट्ने, ठग्ने, झुट बोल्ने जस्ता ब्यक्तिलाई मृत्यु पश्चात् कहाँ र कसरी सजाय दिन्छन् भन्नेबारे सचित्र वर्णन् गरिएका हुन्थे । कुनै बेला रहरले पढेको थिएँ अथवा डरले पढको र चित्रहरु हेरेको थिएँ ।
बैशाख बाह« दुईहजार बहत्तर । करिब पौने बाह« बजेदेखि नै म एउटा चट्याङ्ग लागेर सुकेको बुढो रुखमुनि उभिएको थिएँ । अरु कतिले पहिले पनि भन्थे, त्यतातिर धेरै नजानू, जतिबेला पनि त्यो रुख लड्न सक्छ । म सम्झिदै सम्झिदै भए पनि त्यहीमुनि थिएँ । उभिएर ठिक त्यसै मुनिको अर्को रुख आराले काट्दै गरेको हेरिरहेको थिएँ । अर्थात् माथ्लो कान्लामा सुकेर ढल्न लागेको रुख थियो र तल्लो कान्लामा आराले काट्दै ढाल्न तयार पारिएको रुख थियो । रुख त्यसरी नै गिडिँदै थियो जसरी मैले अगाडि पढेका नरक दर्शनका पुस्तिकामा मान्छेहरु गिडिँदै थिए राक्षसहरुद्धारा ।
जहाँ म उभिएको थिएँ त्यसको देब्रेपट्टि पुरानो चर्पी थियो जुन हाल प्रयोगमा आएको थिएन । चर्पीको छानो भत्किसकेको थियो र गाह«ोका ढुङ्गातिर शायद गोमन हुनुपर्छ सेतो सर्प डुल्दैहुन्थ्यो कहिलेकाहीँ । दुई चार दिन अगाडि पनि देखेको थिएँ त्यही सर्पलाई त्यतै घुमिहिँड्थ्यो चर्पी र रुख वरिपरी ।
म सचेत थिएँ धेरै कुरादेखि । वैशाखका घाममा सर्प बाहिर निस्कन पनि सक्छ, माथिको रुख त्यसै ढल्न पनि सक्छ, काटिँदै गरेको रुख मतिर पनि आउन सक्छ, म पुरानो चर्पीतिर पनि लडन सक्छु, लड्दा म सिस्नोमा पनि पर्न सक्छु जुन आरा लगाउनेहरुले पन्साएर वर पर फालिदिएका थिए, उनीहरुलाई नघोचोस् र नपोलोस् भनेर । म सर्प, गर्मी, धराप रुख, आधि काटिएको रुख, सिस्नु, चर्पीको विचमा रहेछु जव प्रलयको पहिलो सौन्दर्य देखा प¥यो । एकैपटक र एकैनासको लय देखियो । सब कुराको डर एकै ठाउँमा मिसियो । लयहरु एकाकार भए र प्रलय बज्यो चारैतिर । आवाजको एकाकार भयो । मेरो मनको डरको आवाज, सुकेको रुखको आवाज र जमीन भित्रको आवाज ।
शनिवारको दिन नुहाएर घर नआइपुग्दै दक्षिण दिशा फर्किएर पहिलो अनुभव भयो प्रलयको । म पूर्वतिर भागेँछु बच्नलाई । भनेका ठाउँमा पाइला टेकिएनन् । कागतिको हो वा नबढेको सुन्तलाको बोट नजिकै पुगेँछु, घोच्ला भन्ने डर भयो । बिचतिरबाट भाग्दा पूर्वतिरको पुरानो घरको झ्याल मतिरै भत्किएर लड्यो । अब त्यतातिर पनि जानु भएन र जान पनि नसकिने भयो किनकी धुलोले बाटो छेक्यो भाग्न ।
म त्यहीँ बसे केहिबेर । केही मिनेटपछि म मेरी छोरी र श्रीमतीलाई खोज्न खोल्सातिर गएँ जहाँ उनीहरु ऐँसेलु खाँदै थिए । उनीहरु सकुसल रहेछन् ।
अलिक पछि मलाई दुःख लाग्यो किनकि मैले पहिलो प्रलयको रुप देख्न पाइन । अनुभब मात्र गर्न पुगेँ । मैले अघि भनिएका दुईवटै रुख देखिन, पृथ्वी तलमाथी भएको देखिन, सर्प मतिर आएको देखिन, सिस्नु र कागतिको काँढा हल्लिएको देखिन, चर्पीको दुर्गन्ध सुँघ्न पाइन । सोचेँ, म देख्न लायकको पनि थिइन किनकी म भगुवा थिएँ । ईश्वरको प्रलय हेर्न छोडेर मेरो ज्यान बचाउँन ब्यस्त थिएँ उनै ईश्वरलाई बिर्सिएर । ताण्डव हेर्न छोडेर म अझै पनि बचेर शिवालय जान चाहान्थेँ । सिङ्गो प्रकृतिलाई नहेरेर म मेरी श्रीमती र छोरीलाई हेर्न चाहान्थेँ । एक प्रकारको प्रश्चाताप भयो त्यो रुप नहेरेकोमा । धेरै पछिसम्म पनि रहिरह्यो । बिर्सिएँछु मैले कि म, श्रीमती र छोरी भन्दा प्रलय साश्वत र देदीप्यमान हुन्छ भनेर । उसै म ढुक्क भएँछु किनकी म र मेराहरुलाई चोटपटक लागेको रहेनछ । आपूmसहित तीनजना वरिपरि हुँदै छिमेकिहरु के के गदैछन् भन्नेतिर लाग्याँै हामी ।
अबको समस्या भएछ भरे कहाँ सुत्ने र के खाने भन्ने । हामीहरु भरेको र अब आउने दिनको योजनातिर लाग्यौँ । यो बिर्सियौँ कि योजना गर्दाको क्षणमा नै अर्को प्रलय हुन पनि सक्थ्यो । प्रकृतिलाई आफ्नो रुप दर्शाउने योजना वा तयारीको हतार थियो होला तर मलाई भरेको छानोकोे र खानाको तयार गर्नु थियो ।
भोलिपल्ट बैशाख १३ मा म सुरक्षित स्थानमा आफ्नी श्रीमती, छोरी र अरु दुई–तीन जना साथीहरुसँग थिएँ । कटेरो बनाउदै थिएँ । खन्तिले किला गाड्ने क्रममा थियौँ । सबैजना नजिकै बसेर म त्यसबेला पूर्व फर्किएको रहेछु । सबैजनाले त्यही गाढेको खन्ति दह«ो समात्यौँ । पूर्वतिरका घरका ढुङ्गाका छानाहरु मर्किएको र थर्किएको दृष्य र आवाज हेर्न र सुन्न पाएँ । घर भत्किएन तर बस्न लाएक पनि रहेन । पहिलो भन्दा यो पटकको प्रलय प्रष्ट भयो किनकी यसपालि देखियो । सबैजना सम्म ठाउँमा भएकोले भाग्नु परेन, गाडिएको खन्ति समात्न पाएकोले लड्ने डर भएन । स्वजनहरु नजिकै भएकोले के भयो होला भन्ने पीर परेन । प्रलय हेरियो ।
बैशाख अन्तिमको मध्यान्ह । म छिमेकीको कटेरो बनाएको हेर्न मेरो कटेरो भन्दा पाँच मिनेटमाथि गएको थिएँ । सहयोगी ब्याक्तिहरुको संख्या कम भएकाले म खाँबो मात्र गाडेको नयाँ कटेरोको दोस्रो तलामा थिएँ उभिएर काँटी ठोक्न तयार थिएँ कतै । भुइँमा दुईजना साथी ट्याङ जुस खाँदै हुनुहुन्थ्यो । कम्पन शुरु भयो । साथीहरु राम Û राम Û भन्दै बस्नुभयो । म पनि दह«ो समाएर खाँबोमा नै उभिइरहेँ । अडिन नसक्ने अवस्थामा पुगेपछि हाम फालेँ । कम्पन रोकिएको थिएन । जुस खाएर नै म तल आफ्नो भन्ने कटेरोमा पुगेँ । यी छ सात मिनेटसम्म कम्पन भई नै रहेको थियो । म तल पुग्दा पन्ध्र बीस जना मान्छे बाटोको एकै ठाउँमा बसेर राम Û राम Û शिव Û शिव Û भन्दै थिए । म पनि त्यतै मिसिएँ र बसेँ । अनि भयो अर्को प्रलय । पलेटी कसेर बसिरछु तर म नाचिरहेछु । केही गरेको छैन तर नटराजको डमरुजस्तो बनिरहेछु । जमिन मुनिबाट उस्तै आवाज सुनिरहेछु । त्यही संगीतमा म नाचिरहेछु । वरिपरि बसेकाहरुले राम Û राम Û शिव Û शिवको गित गाईरहेका छन् । नजिकैको घर–मतान भत्किएर धुलो हामीतिरै आयो । केही देखिन पनि छोडियो । आँखा स्वतः बन्द भए । मक्किएका काठहरु र ध्वाँसे परालको गन्ध आयो नाकभरी । मुखमा टर्रो स्वाद भरियो । यी सबैकुरा एकै पटक भए । यो थियो त्यो वर्षको तेस्रो प्रलय । त्यो समय धेरै कुराहरु एकाकार भएका थिए । केहिवेरसम्म म पनि एकाकार भएँ प्रलयसित तर बिस्तारै उसले मलाई अलग गरायो ।
भोलिपल्ट थाहा भयो कि नजिकैका बस्तिमा कम्पनको समयमा सुख्खा पहिरोको कारण धेरैले ज्यान गुमाउनु परेछ । सुनेपछि दिक्क लाग्यो उनीहरु राहत कार्यक्रममा वितरित सामग्री लिएर घर फिर्दै थिए रे ।
कम्पनले धेरै भत्कायो र विनाश ग¥यो । मेरा दुईचार ओटा मक्किएका बाँच्ने सिद्धान्तहरूलाई अझ दह्रो पारेर गयो, तर हे प्रलयकर्ता Û उनीहरुलाई बिना मृत्युको प्रलयदर्शन सम्भव थिएन र <
Comments
Post a Comment