हल्लाउनु र हल्लिनु
कोठामा बसेर छिमेकी घरको ह्याक गरेको वाइफाइबाट फेसबुक चलाउँदै थिएँ । कहिले राम्ररी टिप्थ्यो कहिले टिप्दैनथ्यो । कहिले कोठाको एउटा कुनातिर टिप्थ्यो भने कहिले अर्कोतिर । खाटमा सुतेर चलाइरहँदा एक्कासी बन्द भयो । सुतिसुति मोवाइल यताउता, तलमाथि हल्लाएँ । फेरि अलिअलि टिप्यो । त्यही बेला २–४ ओटा लाईक र कमेण्ट गरिहालेँ । फेरि टिप्न छोड्यो र हातको मोवाइल यताउता हल्लाउन थालेँ, उठेर आफूपनि कोठाको वल्लो र पल्लोछेउ हल्लिएँ ।
यही क्रममा मलाई एउटा दिव्यज्ञान प्राप्त भयो कि, हल्लिनु र हल्लाउनुले धेरै काम गर्छ । सम्झिएँ, सानामा रेडियो नबज्दा काकाले प्याट्ट प्याट्ट कुट्दै हल्लाउनुहुन्थ्यो । बज्थ्यो पनि । कोदालोमा माटो अट्किँदा काकी पनि कोदालो हल्लाउनु हुन्थ्यो कोदो रोप्दा । बहिनी नसुतेको बेलामा आमा मलाई “कोक्रामा राखेर हल्ला न, अनि निदाउँछे”
भन्नुहुन्थ्यो । निदाउँथी पनि । पाकेका बखडा टिप्न नसक्दा म बोटै हल्लाउँथेँ र बरर झर्थे भुइँमा । आहा Û आज सुतिसुति ठूलो कुरा जानियो भने मनमनै ।
फेसबुक बन्द गरेर फेरि उही विषय सोच्न थालेँछु । आँफैले आँफैलाई सोधेँ – कस्ता मान्छेले चाहिँ बढी हल्लाउँछन् त < उत्तर पनि फुरिहाल्यो – जो जान्दैन अथवा जसलाई थाहा छैन, त्यसैले हल्लाउँछ । यो दोस्रो ज्ञान प्राप्त भयो मलाई ।
मैले मोवाइल हल्लाएँ किनकी मलाई कुन दिशाबाट नेटको तरङ्ग आउँदैछ भन्ने थाहा थिएन । काकाले रेडियो हल्लाउनु भयो किनकी उहाँलाई रेडियो कहाँनेर बिग्रिएको थियो भन्ने थाहा थिएन । मैले कोक्रामा बहिनी हल्लाएँ किनकी के गर्दा बहिनी शान्त हुन्छे भन्ने थाहा थिएन । बखडाको रुख चढ्न सकिन, अनि बोट हल्लाइदिएँ ।
छिनका छिन नयाँ ज्ञान प्राप्त भएकोमा म उत्साहित पनि थिएँ । शंका पनि लाग्थ्यो आँफैले प्राप्त गरेको ज्ञानमा । के अरु पनि यस्तै मान्छे होलान् त समजमा जो थाहा नपाएर केही हल्लाइरहेका छन् । म सोच्न वाध्य भएँ । यताउति हेरेँ पनि । टाढा जानै परेन । झ्यालबाट नै एउटा प्रमाण फेला प¥यो । पल्ला घरका बा साँझको आरति गर्दै हुनुहुँदो रहेछ । नजिकै बसेर आमै
पनि धुप बाल्दै हुनुहुँदो रहेछ, जय जगदिश हरे Û Û Û Û Û भन्दै । बा वत्ति हल्लाउँदै र आमा धूप हल्लाउँदै हुनुहुन्थ्यो आ–आफ्ना हातमा । आहा Û कति राम्रो दृश्य । कति प्रष्ट विचार । उहाँहरु तल र माथि धूपवत्ति किन हल्लाउनु हुन्छ त भन्दा उहाँहरुलाई नै थाहा छैन कि भगवान ठ्याक्कै कुन दिशामा हुनुहुन्छ भनेर ।
त्यही बेला सानो नाति हो कि को हो आएर फेरि उसैगरी घण्टि हल्लाउन थाल्यो । हरे भगवान Û हुन त उसलाई पनि के थाहा कि कुन दिशातिर बजाएको घण्टिचाहीँ भगवानले सुन्ने हुन्, त्यसैले होला उसले पनि घुमिघुमि घण्टि हल्लायो ।
जीवनका दुई सुत्रलाई लाहाछाप लाइयो । एक – धेरै समस्याहरु हल्लाउँदा समाधान हुन्छन् । दुई – थाहा नपाएपछि हल्लिनु वा हल्लाउनु पर्छ । अरु पनि नयाँ ज्ञान पाइने हो कि भनेर म कोठा बाहिर निस्किएँ ।
पसल्नी आन्टी छोरीलाई झपार्दै हुनुहुन्थ्यो “किन बाहिर हल्लिएर बसेकी < साँझ परिसक्यो, भित्र आइज अब ।” वोउ Û मलाई थाहा भयो यो किन हल्लिएकी छ भनेर । उसको समस्या आजसम्म विवाह नहुनु हो र यसको समाधान यताउती हल्लिएपछि मात्र हुन्छ । आफ्नै कोठामा मात्र बसेर कसरी समाधन हुन्छ < उसले समाधान खोजीरहेकी छ । अनि हल्लिनु त परिगयो किनकी उसलाई विहे गर्ने केटो ठ्याक्कै यही हो भन्ने टुङ्गो भइसकेको छैन ।
हुन त त्यतैतिर केटाहरु पनि त्यत्तिकै वर र पर गर्दै हल्लिरहेका थिए । तिनीहरु किन हल्लिए भन्ने त तपाइँलाई पनि थाहा भइसक्यो अब । तपाइँ जे सोच्तै हुनुहुन्छ त्यो पनि सही हो । र अर्को कारण के पनि हो भने, काम हुनेहरु पो काममा जान्छन् त नहुनेहरु के गर्ने < हल्लिने बस्ने । किन हल्लिने < किनकी उनीहरुलाई थाहा नै छैन के काम गर्ने भनेर Û थाहा नभएपछि के गर्ने < हल्लिने Û
सोचेँ मैले त तेस्रो ज्ञान पत्ता लगाउनु छ । मैले धेरै हल्लिनु हुँदैन । फरक्क फर्केर कोठैमा आएँ । एकछिन रिमोट हल्लाएँ । छोरीले फेरि अर्को च्यानल लगाई । गुरु रामदेव कपालभाँती भन्दै पेट हल्लाउँदै हुनुहुँदो रहेछ । पेट हल्लाएको भरमा आधाभन्दा बढी रोगको उपचार हुन्छ भन्दै हुनुहुन्थ्यो । यसो गर्दा फलानो फलानो अङ्गको व्यायम हुन्छ र फलानो फलानो रोग लाग्दैन भन्दै हुनुहुन्थ्यो । मलाई पनि चित्त बुझ्यो र म पनि पेट हल्लाउन थालेँ । पेट मात्रै हल्लाउँदा त आधि रोग नीको हुन्छ भने सिँङ्गै शरीर हल्लाउँदा त पूरै रोगहरु भाग्लान्, शरीरका सबै अङ्गमा व्यायम पुग्ला भनेर उफ्रिएँ पनि एकछिन् । सिङ्गै शरीर हल्लाएँ । नहल्लाएर के गर्नु, कलेजो कहाँ छ, प्याँन्क्रियाज र मृगौला कहाँ छन्, के काम गर्छन् भन्ने मलाई थाहा छैन । पुरै शरीर हल्लाइदिएपछि ढुक्क Û
रिमोट अर्कैको हातमा पुगेछ । अब सुन्नुहोस पूरा समाचार । विज्ञापनको बेलामा भतिजले कुरा ल्यायो, देश त फलानो फलानो नेताले मात्र हल्लाइदिए है गाँठे Û मैले हो मा हो मिलाएँ । साँच्चै यिनले सडक हल्लाए, सदन हल्लाए, कानून हल्लाए । शासन सँरचना हल्लाए । पूरै देशै हल्लाए । देश नै हल्लाउनु किन परेको थियो यिनलाई < उत्तर तपाइँलाई कण्ठै भइसक्यो । किनकी देश ठ्याक्कै के गर्दा चाहीँ विकास हुन्छ भन्ने यिनलाई थाहा नै छैन । यसो गर्दा हुन्छ कि भन्छन्, उसो गर्दा हुन्छ कि भन्छन् । अनि हल्लाउँछन् देश । अनि देशले कोल्टे फेर्छ । अनि हामी एकातिर कोल्टिन्छौँ । फेरि देश अर्कैतिर कोल्टिन्छ । हामी त्यतैतिर कोल्टिन्छौँ ।
कुरो सुनिसकेपछि सुत्ने वेलामा उही भतिजले अर्को प्रश्न राख्यो । त्यसो भए भुइँचालो जाँदा किन पृथ्वी हल्लिन्छ त < मैले भने, अव पृथ्वीलाई के थाहा कि कतिखेर र कहाँ नेर प्लेटहरु ठोकिन्छन् भनेर । प्लेट नमिलुञ्जेलसम्म हल्लिरहन्छ । मिलेर बसेपछि त समस्या समाधन भइ गयो नि ।
हात मुख हल्लाएपछि सुत्न गएँ । सुतेर एक्लै हल्लिनुको कुनै अर्थै छैन । नीद्रा नलागुञ्जेल यसो दिमाख हल्लाएँ । मुटु नहल्लिए शरीर चट् । फोक्सो नहल्लिए शरीर चट् । पृथ्वी नहल्लिए सारा जीवन चट् । ओहो Û हल्लिनु जति ठूलो त केही रहेनछ । कर्मचारीहरु फाइल हल्लाउँछन् । राजनेताहरु देश हल्लाउँछन् । आर्मी पुलिसहरु वन्दुक हल्लाउँछन् । भुसुनाहरु पखेटा हल्लाउँछन् । हात्तीले सुँड हल्लाउँछ । यस्तै के के सोच्तै निदाएँछु ।
भोलिपल्ट बिहान उठ्दा हिजोको धङधङीले छोडेकै रहेनछ । दिमाख उतैतिर गइगो । कोही रङ्ग हल्लाउँछन्, कोही ढङ्ग हल्लाउँछन्, हुनेले अङ्ग हल्लाउँछन् । यति सम्म कि कुकुरले पनि पुच्छर हल्लाउँछ । मसँग चाहिँ केही रहेनछ हल्लाउने कुरो । त्यसदिन विहानै म मन्दिर गएँ । दुईवटा पिल्लरको वीचमा एउटा घण्टा झुण्डिएको रहेछ । मैले पनि त्यही घण्टा समाएर बेस्सरी हल्लाइदिएँ । अस्तु ।
Comments
Post a Comment