मायाको फेरो, द मायाज्स्फेयर
सबैभन्दा माथ्लो तलाको पूर्वप¤ी बाहिर मसिनो गरेर प्लास्टर गरेको भुइँमा तुलसीको मठ थियो । आमाले एक दिन त्यहीँनेर गएर सूर्यलाई पानी चढाउनुभयो । पानीका थोपा भुइँमा खसे । अलिकवेर पछि घाम चर्किए । भुइँ तात्यो र पानीका थोपा सुके । वाफ बने र सूर्यतिर गए ।
समय आएपछि ती थोपा फेरि बर्सिन्छन् र तल आउँछन् । त्यो पानी आमाले नै भेट्टाउनु हुन्छ भन्ने छैन र सूर्यलाई नै अर्पित हुन्छ भन्ने पनि निश्चित छैन । कसैले दिसा धुन पनि सक्छन् वा अरु थोक केही गर्न पनि सक्छन् । अथवा केही नगरी खोला— नाला, नदी, समूद्र हुँदै वाष्पीकरण भएर माथि जान्छ र समय पुगेपछि फेरि तल वर्षिन्छ । यो पानीको फेरो हो, द हाइड्रोस्फेयर ।
फेरो लगाउने क्रममा जमिनको कतिसम्म तल र आकाशको कतिसम्म माथि जान्छ भन्ने कुरा स्वयं पानीलाई पनि थाहा हुँदैन । हाम्रा लागि चाहे चल्नु परोस् वा नपरोस्, यो प्रकृया चलिरहन्छ । चल्ने प्रकृयामा पानी हाम्रो शरीरमा, अरुको शरीरमा, जमीन र जमीन मुनि, आकाश र आकाश माथि, वस्तु वरपर विभिन्न स्वरुपमा छ । कहिले (तापको सहयोगमा) स्वरुप परिवर्तन गर्दै र कहिले नगरी यो एउटा फेरोमा चलिरहन्छ । फन्को मारिरहन्छ । तापको पनि यस्तै फेरो छ, फोस्फोरसको पनि यस्तै फेरो छ, जीवनको पनि छ र मायाको फेरो, द मायाज्स्फेयर पनि छ ।
मायाको फेरोमा माया पनि घुमिरहन्छ । घुम्ने क्रममा एकबाट अरुमा सर्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा, एक पुस्ताबाट अर्को पुस्तामा, एक धर्मबाट अर्को धर्ममा, एक दल वा समूहबाट अर्को दल वा समूहमा, एक भूतबाट अर्को भूतमा अथवा भनौँ प्रत्येक एकबाट प्रत्येक अर्कोमा अनि प्रत्येक अर्कोबाट अर्को अर्कोमा । यो प्रकृया घुमिरहन्छ । घुम्ने क्रममा यसले पनि (रिसको सहयोगमा) कहिले स्वरुप परिवर्तन गर्दै र कहिले विना परिवर्तन घुम्छ । यो क्रम व्रहृमाण्डको सृष्टि हुनुभन्दा अगाडि पनि थियो, अहिले पनि छ र व्रहृमाण्ड विलयपछि हुनेछ जसले स्वरुप परिवर्तन गर्दै पुनः अर्को सृष्टि रचना गर्छ ।
यो मायाको फेरो प्रत्येक जीवको ह्दय केन्द्र हुँदै विश्व व्रहृमाण्ड भन्दा धेरै पर योगमायासम्म पुग्छ । भनिन्छ, योगमायाले सम्पूर्ण सृष्टिलाई बेरेर राखेकी छिन् । हामी उनैबाट सिर्जित छौँ र उनैमा विलय हुन्छौँ । एट्मोस्फेयर, लिथोस्फेयर, वायोस्फेयर, हाइड्रोस्फेयर आदि सबै यिनै भित्र छन् । हो, तिनै योगमायादेखि हाम्रो ह्दयसम्मको एउटा फेरो छ । मायाको सन्तुलित फेरो, द मायज्स्फेयर छ ।
यो फेरो भित्रको मायाको मात्रा सुरुमा जति थियो अन्त्यमा पनि त्यति नै मात्रामा रहन्छ । बीचका कालखण्डमा (व्यक्ति, पेशा, समूह, धर्म, राष्ट्र आदि) भित्र घटबड देखिन्छ । कहिले रिस बढी देखिन्छ भने कहिले माया बढी देखिन्छ, दुई ध्रुवमा हिउँ बढी र समुद्रमा पानी बढी देखिए झैँ । यो क्षणिक असन्तुलनको अवस्था हो । वृहत परिपथमा यो सन्तुलित अवस्थमा रहन्छ । लाखौँ, करोडौँ व्यक्तिको रिस बराबर एउटै बुद्धको माया काफी हुन्छ । यसैले सन्तुलन ल्याउँछ ।
प्रत्येक व्यक्तिको माया प्रत्येक समयमा सन्तुलित अवस्थामा हुँदैन । विशेष गरी जव एक व्यक्तिले अर्को व्यक्तिमा आफूलाई देख्दैन तव उसको माया असन्तुलित हुन्छ । जव एक वयस्क पुरुषले अर्को महिला वा बालिकालाई देख्छ, पहिला उसलाई माया पलाउँछ किनकी ऊ आफैँ मायाबाट सिर्जित भएको हो । देखभेट भइरहने हो भने उसको माया बढिरहन्छ, चाहे उसलाई थाहा होस् वा नहोस् ।
उनी आफँैसँग हुन्, उनले मैले भनेको मानून्, सके सधैँभरी नसके थोरै समयका लागि पनि सँगै होऊन्, मेरी होऊन् जस्ता भावना मायाका उपज हुन् । यही भावना उताप¤ीकी महिलालाई पनि भयो भने माया व्यक्तिगत रुपमा सन्तुलित अवस्थामा रहन्छ, माया एकाकार हुन्छ । तर यी दुई मध्ये एकलाई मात्र यो भावना आयो र अर्कोमा आएन भने त्यो सञ्चित मायाले रिसको सहयोगमा बलात्कार वा हत्या गर्न पनि सक्छ ।
बलात्कार तव हुन्छ जव बलात्कारीले बलात्कृतमा आफूलाई देख्दैन । अथवा भनौँ ऊ आनै खुशी वा आनै सुख मात्र देख्छ । मलाई जस्तै उनलाई पनि खुशी होला त भन्ने सोच्दैन । यो असन्तुलित माया यति छिटो बढ्छ कि गल्ति गर्नेलाई गल्ति गर्दैछु भन्ने थाहा नै हुँदैन जसरी पानीलाई थाहा हुँदैन कि म वाफ बन्दैछु वा वरफ बन्दैछु भनेर । फेरि यस्ता सबै असफल मायाहरु बलात्कार वा हत्यामा नै टुङ्गिन्छन् भन्ने पनि होइन । कतिपयले एकातिरको माया असफल हुन लाग्यो भन्ने थाहा पाएपछि त्यो सञ्चित माया अर्कोतिर सार्छन् र कतिपयले अर्कोमा पनि थोरै मात्रामा नै सही आफूलाई देख्छन् ।
मायाको फेरो अन्तर्गत यो एउटा उदहरण मात्र हो । यस्ता हत्या हिंसा कहिल्यै पनि निमिट्यान्न हुँदैनन् । जति नै बढी कठोर कानून बनाएर लागू गरे पनि हुँदैनन् किनकी कानून भन्दा माया नै शक्तिसाली हुन्छ ।
यस्ता कुरालाई न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । यसकालागि फेरि माथिकै सुत्र प्रयोग गर्नुपर्छ । अर्थात, अरुमा पनि आफूलाई देख्न सक्नुपर्छ । बलात्कारीले सम्भावित बलात्कृतलाई यी पनि मेरा हुन्, आना हुन् र यिनमा पनि केही अंश म आफैँ नै छु भन्ने भावना पलाउनु पर्छ । यसो गर्दा व्यक्तिगत रुपमा मायाको फेरो भित्रको सानो अंश सन्तुलित हुन्छ र यो आफैँले गर्ने हो ।
जव भूगोललाई लिएर स्फेयर भित्रको एउटा अंश असन्तुलित बन्न थाल्छ, यहाँ पनि एक भूगोलका वासिन्दाले अर्को भूगोलका वासिन्दामा आफूलाई देख्न नसक्नु नै हो । जव देखिन्छ तव सन्तुलित हुन सुरु गर्छ । यो देख्ने काम व्यक्ति स्वयंले गर्नुपर्छ । अरुले झनै असन्तुलन बढाउने उर्जा दिन सक्छन्, हिंसा बढ्न सक्छ ।
व्यक्तिगत विषयमा सासू बुहारीको होस् वा भाइ भाइको होस्, जनावरका विषयमा गैंडाको होस् वा गाईको होस् र सामूहिक विषयमा पेशागत, लैङ्गिक, दलीय, जातीय, वर्गीय, धार्मिक, राष्ट्रिय आदिका हुन्, यी सबैमा समय समयमा देखा पर्ने सबैखाले द्वन्द्वहरु मायाको फेरोभित्र माया असन्तुलन हुँदा देखिने द्वन्द्वहरु हुन् ।
Comments
Post a Comment