Skip to main content

ड्रिङक्स (Nepali Story)


ड्रिङक्स

          उनको समयको बहुचर्चित गीत सुन्दै, गहुँ काट्दै थिइन् सुनिता आफ्ना साथीहरूसँग बाटाभन्दा अलिक तल नै थियो खेतको पाटो बिहान भरिमा त्यो गहुँ काटीसकेर दश बजे भित्रमा विद्यालय पुगिसक्नु पर्ने थियो लाइनमा बसेर सबैजनाका अगाडि उठबस गर्न उनलाई धेरै अप्ठ्यारो हुन्थ्यो ढिलो पुग्नेलाई त्यही सजाय थियो विद्यालयले बनाएको
          पल्लो गाउँका एकहुल केटाहरू ओह्रालो लागे खेत माथिबाट फटाफट हिंड्दैथिए उनीहरू सुनिता लगायत प्रायः सबैले एकछिन् तिनीहरूतिर नै हेरिरहे गीत बजीरहेको थियो मोवाइलमा देब्रे हातले गहुँका बाला छाम्दै थिए आँखाहरू माथिको बाटामा नै थिए प्रायः केटाहरू उनीहरूले चिनेका थिए सबैभन्दा पछाडि नीलो जिन्समा सुनिताकै कक्षामा पढ्ने रोल नम्बर पचास थियो
          महेश भन्दा पनि रोल नम्बर पचासले नै चिनिन्थ्यो किनकी एकदिन धेरै रक्सी खाएर विद्यालयमा उपद्रो गर्दा प्रधानाध्यापकले साफ चुटेका थिए उसलाई अनि, रोल नम्बर पचास, त्यसैले पचास पटक उठबस गर्नुपर्छ लाईनमा भनेका थिए
          प्रायः गहुँ काट्ने खेतालाहरूले उसलाई चिने सुनिताले अझ स्पष्ट थाहा पाइन् कि ती केटाहरू आर्मीको जागिरकालागि फाराम भर्न सदरमुकाम गएका हुन् भनेर पनि जान्छु भनेर अस्तिदेखि उनलाई भनेको थियो उसले अरूले पनि त्यही लख काटे धेरैले आफ्नो अनुमान त्यही राखे कि दश कक्षामा नै यति रक्सी खानेले के आर्मीको जागीर पाउला त्यो रोल नम्बर पचासले गीतका भन्दा ठूलो स्वरमा हाँसे अरू खेतालाहरू सुनिता बिस्तारै बोलिन्
वर्षमा एकदुई पटक रक्सी खाएर के असर गर्ला त्यत्रो ज्यानलाई .
±±±±±±±±±±±±±±±±±
+++++++++++++
            महेश बोल्दै थियो सुनिता सुन्दै थिईन् अनि अर्कोले के सोध्यो भने, अँ , पूर्वतिर फर्किएको गोरुको पुच्छर कतातिर फर्किन्छ भनेर मैले पश्चिमतिर भनी हालेंछु तँ बाहिर जा भनीहाल्यो   धन्न कप्तान काका त्यहीँ हुनुहुँदो रहेछ फेरि भित्र बोलाउनु भयो अनि उहाँले नै सोध्नु भयो, भन् केटा, तँ तेरो कोठाभित्र पस्दा तेरो आफ्नै काकाकी छोरी नाङ्गै तेरै खाटमा सुतेको भेटिस् भने के गर्छस् < यो प्रश्न उहाँले हामीलाई गाउँमा भेट्दा पनि सोध्नुहुन्थ्यो मैले फ्याट्ट भनीहालें के गर्नु , मेरी काकाकी छोरी भरखर एक वर्षकी छे  जाडो भयो होला भनेर थाङ्नाले गुटुमुटु पारी आफ्नै काखमा सुताउँछु अनि पास भइहालें पर्सी तीन गतेदेखि ट्रेनिङ अब दुई दिन मात्र यहाँ बस्ने घर आउने बित्तिकै तिमीलाई भेट्न तिम्रो घर गएको थिएँ, तिमी रहिनछौ, अनि आज आएको आउँदाखेरि केटाहरूले जागीर भएको उपलक्षमा अलिकति भएपनि रमाइलो गर्नुप¥यो भने मैले पनि थोरै पिइहालें माइण्ड नगर है सुनिता सुनिता बोलिन्
ठिकै , उमेरमा कहिलेकाहीँ रमाइलो भइहाल्छ नि .
+++++++++++++++++±±±±±±±±±±±±±±±±±
          कप्तान काका पछि अफिसरमा बढुवा हुने पहिलो व्यक्ति थियो महेश त्यो गाउँको अरूहरू तल्लै पदमा सलाम ठोक्दै थिए गाउँतिर आर्मी भन्ने बित्तिकै कप्तान काका महेशको नै नाम लिइन्थ्यो गाउँलेले जब महेशको नाम लिन्थे, खुशी हुन्थिन् सुनिता पनि
          घरतिर आउँदा सुनितालाई नभेटी ड्युटी नै जाँदैन थियो महेश दुई चार गाउँलेलाई पनि थाहा थियो यो कुरा उनीहरू पनि थाहा पाउन् नै भनेजस्तो गरी भेटघाट गर्थे बेलाबेलामा महेश सुनिताको घरमा पनि बिस्तारै थाहा भयो यो कुरा
           विदामा घर आएको बेला सुनिताका परिवारले सोधपुछ गरे दुबैजनालाई कोही केही बोलेनन् महेशका बुबा आमासित कुरो मिलाए अरू दुई चार दिन विदा थप्न लगाए महेशलाई सकेसम्म छिटो लगन जुराउँदा रातिको जुरेछ
          विवाहको भोलिपल्ट बेलुका विशेष पाहुना बोलायो महेशले कप्तान काका पनि आए भर्खरै जागिरे भएका केटाहरू, उसको विवाहमा सहयोग गर्नेहरू, रोल नम्बर उनन्चासहरू पनि थिए खसी, कुखुराहरू देखाएरै घरमा ल्याइएको थियो बुबा आमाले नदेख्ने गरी एउटा विदेशी सीलप्याक पनि छोपेर राखिएको थियो कोठाभित्र रात पर्दै गयो मासु सकिनै लाग्यो दुलाहा दुलही पनि सँगै थिए अप्ठ्यारो मान्दै महेशले सुनितासँग अनुमति माग्यो हेर सुनिता, यी मेरा अति मिल्ने हितैषीहरू हुन् बुबा आमालाई नभनिदेऊ धेरै पनि छैन यति एक बोतल मात्र हो के गरौँ अब < सुनिता बोलिन्
आफ्नै घरमा नै हुनुहुन्छ क्यारे आफूहरूचाहीँ होहाल्ला नगर्नुस् बरु छिटो गर्नुस्, साथीहरूलाई घर जान अप्ठ्यारो पर्ला यति राति
+++++++++++++++++±±±±±±±±±±±±±±±±±

          सदरमुकाममा नै क्वाटर थियो महेशको सुनितालाई पनि उतै लग्यो हाकिम नै हाकिम बस्थे सबै क्वाटरमा हाकिम्नी, जर्नेल्नी साहेव्नीहरू रङ्गिन्थे प्रत्येक पार्टीमा कसैको बढुवाको पार्टी हुन्थ्यो, कसैको विदाइको कसैका भतिजाले जागिर पाउँथे कसैका सालाले पार्टी भने टुट्दैनथ्यो क्वाटरमा सुनिताले पनि मनग्गे मेजर्नीहरू जर्नेल्नीहरू चिनीसकेकी थिइन् ज्यू लगाउन पनि जानीसकेकी थिइन् स्योस्मा बानी परिसकेकी थिइन् पार्टीमा गफ हुन्थे महिला टोलीका प्रत्येकले आफ्ना श्रीमानको प्रशंसा गर्थे भन्थे
मेरो श्रीमान खानचाहीँ खाइसिन्छ तर किनेर कहिल्यै खाइसिन्न वाइनकै लागि भनेर एक रुपयाँ पनि खर्च गरेको थाहा छैन
मेरा श्रीमानलाई धेरै चाहीँ चाहिँदैन तर एक पेग नलगाई चाहीँ निद्रै आउँदैन फेरि थोरै मात्र हो सानामा खेतमा लडेर ढाड ठोकिएको थियो रे त्यसैले अलिकति नखाए बिहान उठ्नै गाह्रो हुन्छ रे
मेरो एक्लै बसेर पिउनु हुँदैन भन्नुहुन्छ साथीहरूसँग कहिलेकाहीँ सामान्य चल्छ, आजको जस्तो
मेरो श्रीमानको राम्रो बानी भनेको आफ्ना लेवलकासँग मात्र खानुहुन्छ आफूले नचिनेका आफूभन्दा तलकासँग बसेर कहिले खानुहुन्न
उहाँको स्वदेशी लोकल भनेपछि छुँदै नछुने बानी उपहार स्वरुप विदेशबाट ल्याइदिएका मात्र खाने हो
मेरो श्रीमानको मलाई मन पर्ने बानि भनेको उहाँ हार्ड ड्रिङ्स भनेपछि छुँदै छुनुहुन्न सफ्ट चाहीँ मज्जाले चल्छ
हाम्रा जस्तो सुकै होस, मासु छैन भने छुँदा पनि नछुने मासुसँग कहिलेकाहीँ खाँदा डाइट पनि पुग्दो रहेछ क्यार, सधैँ उस्तै देखिनु हुन्छ
मेराले खाएपछि सुतिहाल्नु पर्ने कसैलाई पनि थाहा नहुने आनन्द
मेरो उहाँ झन् बाहिर भनेपछि कहिल्यै नखाने पार्टी होस् कि सार्टी होस् बरु कहिलेकाहीँ घरमा नै ल्यायो, अरूले थाहा पनि पाउँदैनन् ढुक्क
मेरो श्रीमानले जति नै खानुहोस , लाग्ने भनेपछि फिटिक्कै होइन खाएको हो कि नखाएको हो पत्तै पाइँदैन
हाम्रो उहाँ यसो चाडबाड आउँदा मात्र साथीहरूसँग लिनुहुन्छ अरूबेला खासै त्यस्तो मातेको देखेकी छुइँन
मेरो श्रीमानको मलाई मन पर्ने बानि भनेको उहाँ जुठो, सुतक, श्राध् भनेपछि छुँदै छुनुहुन्न । अरूबेला चाहीँ चल्छ
मेरो श्रीमान चाहीँ यो नखाई कसैले केही काम नै गरिदिदैनन् भन्नुहुन्छ कामका लागि, साथीसँग मिल्नकालागि झरीमा चाहीँ बढी मन पराउनु हुन्छ अनि सुनिता जी, महेश सरको कुरै गरिसिएन सुनिता बोलिन्
उहाँको राम्रो बानी भनेको मेरो अनुमति नलिई कहिल्यै खाएको थाहा छैन त्यति गरे मलाई पुग्छ
++++++++++++++++++++++++++++++++++±±±±±±±±±±±±±±±±±

          साथीहरू हाकिमहरू खबर पाउने वित्तिकै अचम्ममा परे ड्युटीमा नपरेकाहरू भर्खरै निवृत्तिभरण पाएकाहरू सकेजति छिटो आर्मी अस्पतालमा पुगे इमर्जेन्सी वार्डमा भर्ना गरिएको रहेछ महेशलाई सुनिता विरामी नजिकै बसिरहेकी थिइन् परिचारिकाहरू वरिपरि घुमिरहेका थिए
          ज्वरो नाप्ने, रक्तचाप नाप्ने, पिसाब जाँच्ने, रगत परीक्षण गर्ने, मुख खोल्ने, आँखा च्यात्ने, सुई लगाउने सबै काम भईसक्यो तर महेशको होस फर्केन आइ सि यू मालगे महेशलाई सुनिता पनि पछि पछि लागिन् भ्यान्टिलेटरमा गयो महेश सुनिता त्यतै हिंडडुल गर्न थालिन्
          गाउँबाट आफन्त आइपुगे महेशका सुनिताका अस्पतालमा बढीजसोले सुनितालाई यही प्रश्न गर्थे कि, रक्सी धेरै खानुहुन्न थियो कसरी यस्तो रोग लाग्यो होला है ++++++++++++++++++++++++++++++++++<  सुनिता उत्तर दिन्थिन्
खासै धेरै खानुहुन्न थियो अरूले कति खान्छन् खै त्यति खाँदा उहाँलाई यस्तो नहुनु पर्ने
++++++++++++++++++++++++++++++++++±±±±±±±±±±±±±±±±±
+++++++++++++++++
                   आज महेशको तेह्रौँ पूण्य तीथि घरभरी सुनसान अनुहारको चहलपहल थियो काम छिट्टै सकियो सेता लुगाका कुरा गर्न थाले कति आफन्तहरू उपदान सञ्चयकोषको वारेमा कुरा गर्न थाले जागिरेहरू विमा रक्सीको वारे प्रश्न गर्दैथिए अलिक परकाहरू
          काममा जम्मा भएका एक हुल केटाहरू गफ गर्दै अलिक परको पसलतिर लागे त्यहीँको दृश्य हेर्दै गफिंदै गए जब पसलमा आएका अरू मान्छेहरू सामान किनेर गइसके, केटाहरूले साङ्केतिक भाषामा रक्सी मगाए चाउचाउलाई सित्तन बनाए साउजीले सम्झाउँदै भन्दैथिए धेरैबेर चाहीँ होइन है केटा हो मेरा रेगुलर ग्राहक आउँछन् अब
          छिटो छिटो खाइसकेर ती केटाहरु महेशकै घरतिर गए अरु नजिकै बसे कसैले मुख खोलीहाल्यो होइन हो केटा हो, आज एक दिन नखाए हुँदैनथ्यो तिमीहरुलाई  सबैलाई थाहा , महेशको काल यही बन्यो भनेर
          केटाहरु पनि के कम, भनीहाले हामी महेश दाइ जस्ता होइनौ नि, मरुञ्जेलसम्म खाने यति मुलाले यत्रो ज्यानलाई के असर गर्छ
             सुनिता पनि त्यहीँ थिइन् केटाहरूको कुरा सुनेपछि अलिक पछाडिबाटै बोलिन्
महेश सर रक्सीले बित्नु भएको होइन फेरि उहाँ तिमीहरू जस्तो जहिले पायो तहिले, लुकी लुकी तिमीहरुको जस्तो सस्तो रक्सी कहिले पनि खानुहुन्नथ्यो
+++++++++++++++++++++++++++++++++++++++++++++++++++±±±±±±±±±±±±±±±±±

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...