Skip to main content

Posts

कथा भित्रको कथा (Nepali Story)

कथा भित्रको कथा         “ ए आमा ! एउटा कथा चाहियो । भन्दिनु प ¥ यो छिट्टै । ” लक्ष्मीले खाटमा सुती सुती आमालाई भनी ।         लक्ष्मीकी आमा घाँसको भारी बिसाएर , “ नाम्लो फुकाएर साहिँला मामालाई पठाइदे , पाठा फुकेर साग खालान् , भित्र पानी छ कि छैन हेर , हिजोको जस्तो राति धारामा जानु नपरोस् , झिक्रा भित्र लानू , अलिक फुर्ति गर । पुस माघका दिन छिट्टै जान्छन् । दिउँसोहुँदो नसुत । ” भन्दै तलतिर लागिन् ।         निकैबेर पछि लक्ष्मी दलानको खाटबट उठी र अल्छिलाग्दो पाराले ढुनमुन गर्न थाली आँगन वरिपरि ।         उसैको काम हेरिरहेँ धेरै बेरसम्म र कथा खोजी रहेँ उसैमा । जवान छे , राम्री छे १२ पास गरेकी छे , नेतृत्व क्षमता देखिन्छ , दाइसँगै बसेर क्रान्तिका कुरा गर्छे भन्ने पनि सुनेको थिएँ उसको बारेमा ।         बेलुका खाना खाइसकेर ओच्छ्यानमा पल्टिएपछि पनि लक्ष्मीले आमालाई भनी , “ तपाइँले भनेका कथा लेखेर पहिले म फस्ट...

अभिभावक शिक्षाको स्लाइडहरु

अभिभावक शिक्षाको स्लाइडहरु ः १) अनि म नमस्कार गर्नेछु र भन्नेछु नमस्कारको महत्त्व, हात जोड्नुको महत्त्व । २) अनि म कुनै अभिभावकलाई बत्ती बालेर कार्यक्रम उद्घाटन् गर्न अनुरोध गर्नेछु । शिक्षालाई उज्यालोसँग जोड्दै शिक्षक र अभिभावक मिले विद्यार्थीको भविष्य यस्तै उज्यालो हुने कुरा गर्नेछु । ३) अनि म भरखरै उद्घाटनको क्रममा बजाएको तालिको विषयमा गफ गर्नुेछु । ताली बजाउनुको महत्त्व, अक्कुप्रेशरको महत्त्व, ताराबाजी लै लै र अन्य हाम्रा घरायसी चलन संस्कृतिको महत्त्वका बारेमा गफ गर्नेछु, साथै ताली र हौसलाको सम्बन्धको बारेमा गफ गर्नेछु । ४) अनि म “मैले भरखरै एउटा मोवाइल भेटेको छु, तपाइँहरुको होला हेर्नुस् है” भन्नेछु । गोजी छामेपछि पाँच दस हजारको मोवाइलमा यति छिटो चासो र खोजी गर्नेले अमूल्य छोराछोरीको भविष्यको लागि गर्नुपर्ने चासोको वारेमा छलफल गर्नेछु, मोवाइल मेरै हो भन्छु । ५) अनि म किताबको बारेमा कुरा गर्नेछु । तपाइँको घरमा कतिओटा किताब होलान् ? तपाइँलाई मन पर्ने किताव कुन हो ? त्यो किताब घरमा छ ? किताब उपहार कहिल्यै लिनु वा दिनु भएको छ ? छोराछोरीका लागि पाठ्यपुस्तक वाहेक अरु के किताब ...

प्रान्जिला न्यौपाने

कोरोना भाइरस नेपालमा पनि धेरैलाई कोरोना आयो रे । हाँसी खुसी खेल्ने देश लकडाउन भयो रे । कोरोना र विश्वको भइराछ रे युद्ध । यही नि हुन सक्छ सुरुवाति तेस्रो विश्व युद्ध । कोरेना रोगले लाखँौ मान्छे मरे रे । कोहीकोही त निको भइ घर फर्के रे । विदेशमा कोरोनाको नाम सुनि सबै डराए रे । नेपालमा कोरोनाको नाम सुनि सबै हाँसे रे । फोहोर खानेकुरा नखाने अनि धुम्रपान नर्गने रे । घरमै बसी सचेत भई कोरोनासँग लड्ने रे । ज्वरो , खोकि र रुघा कोरोनाका लक्षण रे । यस्तो भएमा तुरुन्त हामी अस्पताल जाने रे । नेपालमा कोरोना आउन नदिने कि । कोरोनाबाट पिडित भई मर्ने कि । “ हामीहरुकै जिम्मा ” २०७६ चैत्र २२ प्रान्जिला न्यौपाने कोरोना भाइरस 2 कोरोना भाइरस आयो भनी घरमा । बाहिर निस्किनु प ¥ यो भने स्यानिटाइजर करमा । एउटा काहिँ नि छैन ठाउँ धुलो पस्न । हातको खोल्छन् पञ्जा जुत्ताको तुना कस्न । कोरोना भाइरस नाम सुनी सबै डराए । गाडिम...