कथा भित्रको कथा “ ए आमा ! एउटा कथा चाहियो । भन्दिनु प ¥ यो छिट्टै । ” लक्ष्मीले खाटमा सुती सुती आमालाई भनी । लक्ष्मीकी आमा घाँसको भारी बिसाएर , “ नाम्लो फुकाएर साहिँला मामालाई पठाइदे , पाठा फुकेर साग खालान् , भित्र पानी छ कि छैन हेर , हिजोको जस्तो राति धारामा जानु नपरोस् , झिक्रा भित्र लानू , अलिक फुर्ति गर । पुस माघका दिन छिट्टै जान्छन् । दिउँसोहुँदो नसुत । ” भन्दै तलतिर लागिन् । निकैबेर पछि लक्ष्मी दलानको खाटबट उठी र अल्छिलाग्दो पाराले ढुनमुन गर्न थाली आँगन वरिपरि । उसैको काम हेरिरहेँ धेरै बेरसम्म र कथा खोजी रहेँ उसैमा । जवान छे , राम्री छे १२ पास गरेकी छे , नेतृत्व क्षमता देखिन्छ , दाइसँगै बसेर क्रान्तिका कुरा गर्छे भन्ने पनि सुनेको थिएँ उसको बारेमा । बेलुका खाना खाइसकेर ओच्छ्यानमा पल्टिएपछि पनि लक्ष्मीले आमालाई भनी , “ तपाइँले भनेका कथा लेखेर पहिले म फस्ट...
Collection of English articles, Nepali essays, Nepali stories and other writings