लेख, मनका कुरा, चिठीपत्र आत्माराम कोभोगो माननीय श्री पालिका प्रमुख ज्यूहरु, स्थानीय निकायका श्री शिक्षा प्रमुखज्यूहरु र स्थानीय शिक्षा विद्हरु, नमस्कार ! विद्यालयको एउटा कार्यक्रममा मन्तब्य राख्ने क्रममा जम्मा भएका सम्पूर्ण श्रोतालाई हाम्रो पालिकाको शैक्षिक सुधार गर्न राय सल्लाह योजना दिनुहोला भन्नुभएको थियो । त्यसपछि मेरो भेट भएन त्यसैले यही पत्र मार्फत् केही सल्लाह दिँदैछु । कतिपय सल्लाहहरु ससर्त र दीर्घकालीन पनि छन् । सर्वप्रथम त तपाईँ अबका पच्चीस तीस बर्षसम्म स्वस्थ भएर बाँच्नुहुन्छ भन्ने के आधार छ ? तपाईँ स्वच्छ हावामा जगिङ्ग गर्दै गरेको हामी देख्न सक्छौं ? मर्निङ वाकमा कतै कुध्दै गरेको भेट्न सक्छौँ ? तपाईँलाई बिहान कतै खेल खेलेको वा कसरत गरेको अबस्थामा देख्न सक्छौँ ? एकाध घण्टासम्म दैनिक ध्यान गर्नुहुन्छ ? महिनाको एकपटक जुनसुकै धर्मको भए पनि आफ्नो पालिकाभित्र सत्सङ सुन्नुहुन्छ ? यी कार्य गर्ने स्थान तपाईँको पालिकामा छन ? छैनन् भने बनाउन पहल गर्नुस् र आफू नै स्वस्थ जीवन बिताउन ...
Collection of English articles, Nepali essays, Nepali stories and other writings