आर्मी परीक्षा निश्पट्ट रात थियो । जङ्गलको बाटो थियो । त्यसमाथी झन सिमसिम पानी परिरहेको थियो । खोलो तर्न सक्ने कुरै थिएन । बाटाको भलबाट जोगिएर , लुकेर जानु पर्ने आपत परेको थियो हामी सबैलाई । नपु ¥ याई पनि भएको थिएन । त्यत्रो मेहनत परेको थियो हाम्रो । दिनभरको जङ्गलको ओह्रालो बाटो गएका थियौँ । बाटामा हिड्ने मान्छेबाट जोगिँदै , पाइतालाको चाल सुन्दै त्यहाँसम्म पुगेका थियौँ । फेरि त्यो जङ्गलमा ठूला र खतरा जङ्गली जनावर पनि हुन्छन् भन्ने सुनेका थियौँ । नगई पनि भएको थिएन । कहिलेसम्म हामीले चाहीँ हेपिएर , दमित भएर बस्नु ? कहिलेसम्म अरुले दिएको खानु ? यो हाम्रो लागि एक प्रकारको परीक्षा थियो । हाम्रातर्फबाट अलिकति गल्ति भए सबै भताभुङ्ग हुन्थ्यो । हाम्रो काम सफल हुँदैन थियो । मरेर , मरेर त्यहाँसम्म पुगेका थियौँ । खानु न पिउनु भएका थियौँ हामीहरु , रुनु न हाँस्नु भएका थियौँ । ऊ पक्कै त्यतै छ भन्ने पूर्ण संकेत हामीले पाएका थियौँ । जङ्गल काटेर पनि ...
Collection of English articles, Nepali essays, Nepali stories and other writings