Skip to main content

Posts

९ लघुकथाहरू

  लघुकथा १ : गिरफ्तार मावलबाट दाइ आउँदै हुनुहुन्छ भनेपछि सुनिता फुरुक्क भइन् । हिजो आमाले फोनमा गफ गर्दै गरेको त सुनेकी थिइन् । आमा भन्दै हुनुहुन्थ्यो , " ठिकै छ त ! बन्दाबन्दीभरि दाजु बहिनी सँगै बस्छन् , सँगै परीक्षाको तयारी गर्छन् , नजानेको कुरा छलफल गर्छन् । यतै पठाईदिनू छोरालाई ।" नभन्दै भोलिपल्ट दाइ आइपुगे र परिवारमा अर्कै रौनक थपियो । पढ्ने क्रममा सुनिताले एक दिन आफ्नो मोबाइल देखाउँदै दाइलाई सुनाइन् , " हेर्नु न दाइ ! यसले मलाई जहिले पनि केके मात्र भनिरहन्छ । कक्षामा पनि यस्तै गर्थ्यो , अहिले स्कुल बन्द भएर ढुक्क भएको छ ।" दाइले हौसला दियो , " त्यसलाई म ठिक पारिहाल्छु नि बहिनी ! तँ चिन्तै नगर न । बरु तेरा सर मिसहरू चिनाई दे मलाई , फेसबुकमा साथी त पक्कै होलान् ।" दाइले नयाँ फेसबुक अकाउन्ट खोलेर सुनिताबाट सूचना लिँदै उनका सर मिससँग गफ गर्दै पन्ध्र दिन सम्ममा त्यो केके भन्ने साथीलाई सोधपुछका लागि प्रहरीबाट गिरफ्तार गराउने सम्मको काम गरिसको कुरा सुनितालाई तब थाहा भयो जब प्रहरीहरू उनकै घरमा छानबिन गर्न आइपुगे । महिला प्रहरीले सोधे , " के ...