Skip to main content

Posts

नयाँ म

  कथाकार – पवित्रा अधिकारी ठेगाना – अरुण गा पा , भोजपुर   नयाँ म   “ यही बाटो हो , सीधै जानू । जसलाई सोधे पनि बताइदिन्छन् । ” एक जना अधवैँसेले मलाई बाटो देखाउँदै भन्नुभयो । म उकालो चढिरहेँ ।      निकै माथि चौतारामा स्कुले उमेरका केटाकेटीहरू भेला भएर नाटक हो वा वक्तृत्वकला हो , अभ्यास गर्दै थिए । पाका उमेरका छ सात जना उनीहरूको क्रियाकलाप हेर्दै र सुन्दै थिए । म पनि थकाइ मार्न त्यहीँ बसेँ एकछिन् ।      केटो ठूलो स्वरमा करायो , “ आरामदायी कोठामा बसेर रुखको पोथ्रामा चढेर , एक घुट्की झोल पिएर सजिलो मृत्युवरण मन पराउनेहरू हो ! तिम्रो मृत्यु पछि अरुलाई शान्त हुन्छ , तिम्रो बदला पूरा हुन्छ , तिमीले दिएको माया सही हुन्छ , तिम्रा गल्तिहरु माफ हुन्छन् भन्ने तिमीहरूलाई मात्र लागेको हो । उनीहरूलाई त्यस्तो लाग्दैन । आफैँ नष्ट हुनु भनेको हार्नु हो । तिम्रो मृत्युमा न कसैको हार हुन्छ न कसैको जीत । यति याद गर कि , नैराश्यता सबैमा हुन्छ ; कसैमा अलिक धेरै र कसैमा अलिक थोरै । फरक यति मात्र हो । ”      उही उमेरकी अर्की...