मुर्ख श्री 1 यो मेरो मन हो कि यो त वन हो, धेरै छ कालो किन ? मेरो चित्त र भित्र यो हृदयमा, धेरै छ जालो किन ? छन् इन्द्रीय सबै कि श्यामल अझै, यो वुध्दि कालो किन ? यो अन्तस्करणै र श्री अगतिलो, आत्मा छ कालो कि न ? यो एकाक्षर मन्त्र सुन्छु धमिलो, कैवल्य कालो छ कि ? यी व्रह्माच्युतशंकरै बसिलिने, कूटस्थ कालो छ कि ? मेरो भक्ति र ज्ञानमार्ग, ऋतुजा, वैराग्य कालो छ कि ? मेरो सत्य दया र धर्म तप नै, नैराश्य कालो छ कि ? लज्जा धैर्य स्वभाव तेज जति छन्, निस्पट्ट काला भए । माया मोह र कर्मबन्धनहरू, ती मोति माला भए । यो कालो मनले र कृष्णपनले, श्री सुर्य के देख्छु म ? आफैँ दिन्छु उपाधि आज अब लौ, श्री मुर्ख श्री लेख्छु म । बुढो मन र तन्नेरी मन , तोटक छन्द 2 जब प्रात भयो अनि घुम्न गएँ , नव सूर्य जसै म त चुम्न गएँ । पदचाप सुनँे नजिकै वनमा , म त छक्क परेँ र गुने मनमा । पछि हेर्छु बसी कसिलो तनकी , गुण रूप धनी नवयौवनकी । तरुनी पनि घुम्न उसै पथमा , मसितै पछि आइपुगिन् वनमा । घनजङ्गलको...
Collection of English articles, Nepali essays, Nepali stories and other writings