Skip to main content

Posts

Showing posts from May, 2025
  नेपाली संस्कारमा पर्यावरण चेतना  ब्रह्मा मुरारि त्रिपुरान्तकारी भानु शशी भूमि-सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतव : कुर्वन्तु सर्वे मम : सुप्रभातम् ।   मलाई मस्त निद्राबाट ब्युँझाउने श्लोक हो यो सानामा । आमाका मुखबाट प्रत्येक बिहान सुन्दा सुन्दा उसै कण्ठ भएको र बर्सौंसम्म अर्थ नबुझेको श्लोक हो यो । समाजका अरू मानिसका नजरमा मैले मेरी निरक्षर आमाभन्दा धेरै पढी सकेपछि पो बल्ल यसको अर्थ खुल्यो मलाई जसले यो भन्दो रहेछ कि त्रिदेवका अतिरिक्त अन्य ग्रहहरूले मेरो बिहानी राम्रो पारिदिऊन् ।   म साहित्यको उद्देश्य मनोरञ्जन मात्र होइन जीवनका लागि पनि हुनुपर्छ र समाजलाई पनि फाइदा पुग्नुपर्छ भन्ने व्यक्तिले जब आमाको यो मन्त्रचेतना पाएँ र जब मेरो साहित्यिक इतिहास-सचेतना पाएँ मलाई मेरै बुद्धिहीनताप्रति लाज लागेर आयो अनि म हुर्किएको साहित्यिक इतिहासप्रति गर्व । आफ्नो कल्याण तब हुन्छ जब आफू बसेको समाज, देश, भूगोल, ग्रह, छिमेकी ग्रह एवम् यी सबैको सम्पूर्णताको कल्याण हुन्छ । कति फराकिलो सोच ! कुर्वन्तु सर्वे मम : सुप्रभातम् । कति राम्रो पर्या-साहित्यिक दूरदृष्टि !...