Skip to main content

Posts

Showing posts from October, 2020

200 poems

  मुर्ख श्री 1 यो मेरो मन हो कि यो त वन हो , धेरै छ कालो किन ? मेरो चित्त र भित्र यो हृदयमा , धेरै छ जालो किन ? छन् इन्द्रीय सबै कि श्यामल अझै , यो वुध्दि कालो किन ? यो अन्तस्करणै र श्री अगतिलो , आत्मा छ कालो कि न ?   यो एकाक्षर मन्त्र सुन्छु धमिलो , कैवल्य कालो छ कि ? यी व्रह्माच्युतशंकरै बसिलिने , कूटस्थ कालो छ कि ? मेरो भक्ति र ज्ञानमार्ग , ऋतुजा , वैराग्य कालो छ कि ? मेरो सत्य दया र धर्म तप नै , नैराश्य कालो छ कि ?   लज्जा धैर्य स्वभाव तेज जति छन् , निस्पट्ट काला भए । माया मोह र कर्मबन्धनहरू , ती मोति माला भए । यो कालो मनले र कृष्णपनले , श्री सुर्य के देख्छु म ? आफैँ दिन्छु उपाधि आज अब लौ , श्री मुर्ख श्री लेख्छु म ।     बुढो मन र तन्नेरी मन , तोटक छन्द 2   जब प्रात भयो अनि घुम्न गएँ , नव सूर्य जसै म त चुम्न गएँ । पदचाप सुनँे नजिकै वनमा , म त छक्क परेँ र गुने मनमा ।   पछि हेर्छु बसी कसिलो तनकी , गुण रूप धनी नवयौवनकी । तरुनी पनि घुम्न उसै पथमा , मसितै पछि ...