Skip to main content

Posts

Showing posts from June, 2020

मलामीहरूप्रति

मलामीहरूप्रति 65 उड्दो प्राण घनन्न बज्छ नभमा , यो शंख बज्दैछ झन् । मेरो लास यहाँ सरक्क खटमा , यी वाक्य झन् बन्द छन् । मेरो अन्तिम कालमा सँगसँगै , आयौ मलामी यहाँ । आफ्नै बन्धु र मित्र हो भनिकनै , अप्यौ { तिलानी ममा ।१। तिम्रो साथ नबिर्सिने क्षण भयो , आयौ मलाई लिन । आत्मा यो उनको महेश शिवको , फिर्ता उनैमा दिन । पानीमा , कुशमा र शुद्ध तिलमा , आत्मा छ यो आश्रित । तिम्रो हात तिलाञ्जली म पिउँला , श्रद्धा मिठो मिश्रित ।२। खाली पाउ र टोप छैन शिरमा , बोकेर ल्यायौ यहाँ । तिम्रो यो ममता दया र करुणा , सम्झन्छु सम्झिन्न म । जाऊ स्वर्ग भनी पवित्र मनले , आगो लागाई दिनू । बोकेका अब दाउरा यदि भए , मुर्दा जलाई दिनू ।३। आगो दन्दन गर्छ यो वदनमा ,   ती पीर तिम्रा जलून् । बुर्कीका वलले त खेतभरिमा , ती अन्न राम्रा फलून् । हिँड्दा जो पथमा खसाल्दछ टीलो , लक्ष्मी बनून् दाहिना । पानीले जसले पखाल्दछ चिता , आस्था बनोस् कञ्चन ।४। हे प्यारा सुन बन्धु मित्र जनहो ! फर्केर जाऊ घर । यो हो सत्य शरीर मर्छ सबको , संसार के पो छ र ! ईष्र्या , रोष , घृणा र कल्पष सबै , टि...