Skip to main content

Posts

Showing posts from May, 2020

दिमागको बारेमा (१६८४ शब्द)

आउनुहोस् एकछिन दिमागको बारेमा (१६८४ शब्द) गफ गरौँ । गिदि, खोपडि, मगज भनेका दिमाग होइनन् । यी शरीरका एउटै अङ्गका विभिन्न नामहरू हुन् । सूर्य, घाम भनेजस्तै । सूर्य एउटा पिण्ड हो । सूर्यको काम भनेको ताप र प्रकाश दिनु हो । यसैगरि गिदि वा खोपडि वा मगजले गर्ने कामलाई दिमाग भनिन्छ । पानी, बोसो, मासु आदिको समग्र डल्लो दिमाग होइन । हुँदोहो त, त्यो डल्लो सडकतिरका सुस्त मनस्थितिका व्यक्तिमा पनि हुन्छ । तर काम गर्दैन । यो मांसपेशीले सोच्ने कार्य गर्दछ त्यसैले प्रायः यसैलाई दिमागको पर्याय मानिन्छ । अब म पनि यो गफभरि यसैलाई दिमाग भनेर गफ गर्दैछु । दिमागले सोच्ने काम गर्दछ । फेरि सोच्ने काम त मनले पनि गर्छ होइन र ? कि अरूले पनि सोच्छन् त ? अवश्य सोच्छन् । शरीरका अन्य अङ्गहरूले कसैको सहारा विना सोच्छन् र यिनीहरूको सोच न्यून स्तरको हुन्छ । मनले पनि सोच्छ तर मन नामक अङ्ग हाम्रो शरीरमा हुँदैन । दशओटा इन्द्रीयहरूले गर्न खोजेको सामूहिक सोच नै मन हो । मनले इन्द्रीयको सहारामा सोच्छ । आँखाले केही राम्रो देख्यो र छुने सोच बनायो, यो मनको सोच हो । मनले आफ्नो इच्छा पूरा गर्न इन्द्रीयहरूलाई अघि सार्छ...