Skip to main content

Posts

Showing posts from March, 2020

कविता गजल गीत

कविता   कोरोना युद्ध 1 अर्काको अब सास छैन करमा, फोक्सो भयो बन्द रे । आफ्नाको अब लास छैन घरमा, टीलो भयो बन्द रे । बाँच्नाको अब आश न्यून नरमा, के गर्नु के गर्नु के । बस्दैछौँ प्रहरी र वैद्य भरमा, हे राम हे राम हे । आयो उत्तरबाट यो समयमा, यो दुष्ट यो राक्षस । गर्दै नास समग्र विश्व जनको, खाँदैछ यो भक्षक । मायावी छ र रुप फेर्छ यसले, देखिन्न छामिन्न यो । फाल्दै अस्त्र र शस्त्र भित्र मुटुमा, यो युद्ध गर्दो भयो । आए डाक्टर, नर्स ती पुलिस नै, यो युद्ध लड्छौँ भनी । थर्मोमीटर, मास्क, लठ्ठी बटुली, द्यौता रहेछन् यिनी । द्यौता दानव युद्ध हुन्छ जहिले, लेख्छन् पुराना मुनि । यो व्याधी पनि भस्म हुन्छ सहजै, हामी बनौं संयमी । आँखा नाक र श्वासबाट चुहिने, यो रालको बीज हो । हेप्नै हुन्न र भन्न हुन्न अब लौ, यो मामुली चीज हो । जम्मा धेर भएर बाहिर गए, यो पापी झन् सर्दछ । एक्लै युद्ध गरे बसेर घरमा, पक्का छ, यो मर्दछ । मंसिरे निम्तो 2 निम्तो मंसिरको म गर्छु सबमा , कन्यार्थका देवमा , आफ्ना यी सब इस्टमित्र जति छन् , यी बन्धु बस्छन् जहाँ । हाम्रो आँगन शुद्...