प्रलय - दोलखा डायरी _ प्रलय , विशेष प्रकारको लय । प्रलय , लय र विलयको लय । नारकीय जीवन दर्शाउन र उदण्ड प्रवृत्तिका कार्यको नतिजादेखि मानवलाई तर्साउनकालागि केही पुस्तकहरु छपाइएका रहेछन् ती जसमा लुट्ने , ठग्ने , झुट बोल्ने जस्ता ब्यक्तिलाई मृत्यु पश्चात् कहाँ र कसरी सजाय दिन्छन् भन्नेबारे सचित्र वर्णन् गरिएका हुन्थे । कुनै बेला रहरले पढेको थिएँ अथवा डरले पढको र चित्रहरु हेरेको थिएँ । बैशाख बाह « दुईहजार बहत्तर । करिब पौने बाह « बजेदेखि नै म एउटा चट्याङ्ग लागेर सुकेको बुढो रुखमुनि उभिएको थिएँ । अरु कतिले पहिले पनि भन्थे , त्यतातिर धेरै नजानू , जतिबेला पनि त्यो रुख लड्न सक्छ । म सम्झिदै सम्झिदै भए पनि त्यहीमुनि थिएँ । उभिएर ठिक त्यसै मुनिको अर्को रुख आराले काट्दै गरेको हेरिरहेको थिएँ । अर्थात् माथ्लो कान्लामा सुकेर ढल्न लागेको रुख थियो र तल्लो कान्लामा आराले काट्दै ढाल्न तयार पारिएको रुख थियो । रुख ...
Collection of English articles, Nepali essays, Nepali stories and other writings