Skip to main content

Posts

Showing posts from January, 2019

ड्रिङक्स (Nepali Story)

ड्रिङक्स           उनको समयको बहुचर्चित गीत सुन्दै , गहुँ काट्दै थिइन् सुनिता आफ्ना साथीहरूसँग । बाटाभन्दा अलिक तल नै थियो खेतको पाटो । बिहान भरिमा त्यो गहुँ काटीसकेर दश बजे भित्रमा विद्यालय पुगिसक्नु पर्ने थियो । लाइनमा बसेर सबैजनाका अगाडि उठबस गर्न उनलाई धेरै अप्ठ्यारो हुन्थ्यो । ढिलो पुग्नेलाई त्यही सजाय थियो विद्यालयले बनाएको ।           पल्लो गाउँका एकहुल केटाहरू ओह्रालो लागे खेत माथिबाट । फटाफट हिंड्दैथिए उनीहरू । सुनिता लगायत प्रायः सबैले एकछिन् तिनीहरूतिर नै हेरिरहे । गीत बजीरहेको थियो मोवाइलमा । देब्रे हातले गहुँका बाला छाम्दै थिए र आँखाहरू माथिको बाटामा नै थिए । प्रायः केटाहरू उनीहरूले चिनेका थिए । सबैभन्दा पछाडि नीलो जिन्समा सुनिताकै कक्षामा पढ्ने रोल नम्बर पचास थियो ।           महेश भन्दा पनि रोल नम्बर पचासले नै चिनिन्थ्...